काठमाडौं, १० जेठ।
राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचनले लोकतन्त्रलाई जगैदेखि बलियो बनाएको बताएकी छिन् ।
आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले लोकतन्त्रको आधार स्तम्भ रहेको स्थानीय तह निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न भएको बताइन् ।
उनले सरकार र निर्वाचन आयोगलाई धन्यवादसमेत ज्ञापन गरेकी छिन् ।
निर्वाचन सफलतापूर्वक सम्पन्न भएको पृष्ठभूमिमा संसद्को दुवै सदनलाई सम्बोधन गर्न पाउँदा उनले खुसीसमेत प्रकट गरेकी छिन् ।
निर्वाचनमा जनताको उत्साहपूर्ण सहभागिता भएको र सबै दल सहभागी भएको भन्दै हुनुलाई सकारात्मक भएको बताइन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |