काठमाडौं, १० जेठ ।
चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले करिव ३७ अर्ब रुपैयाँको मोबाइल फोन आयात गरेको छ ।
अघिल्लो एक वर्षमा नेपाल भित्रिएकोभन्दा बढी रकमको मोबाइल फोन चालु आर्थिक वर्षको पहिलो १० महिनामै भित्रिएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो दश महिनामा नेपालले ३६ अर्ब ९४ करोड १५ लाख २९ हजार रुपैयाँको मोबाइल फोन आयात गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा विभिन्न देशबाट नेपालले ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँको मोबाइल फोन आयात गरेको थियो । विभागका अनुसार पछिल्लो दश महिनामा नेपालमा ५३ लाख ६५ हजार ११५ थान मोबाइल भित्रिएका छन् ।
नेपालमा सबैभन्दा बढी मोबाइल फोन चीन, भारत र भियतनामबाट आउने गरेको छ । चालु आर्थिक वर्षको पहिलो दश महिनामा चीनबाट २२ अर्ब १९ लाख ६० हजार रुपैयाँ, भारतबाट १२ अर्ब ५२ करोड २१ लाख ६७ हजार रुपैयाँ, भियतनामबाट १ अर्ब ६१ करोड ४६ लाख ९५ हजार रुपैयाँ, युनाईटड अरब इमिरेट्सबाट २७ करोड २८ लाख ७७ हजार रुपैयाँ र अमेरिकाबाट १४ करोड २५ लाख ७४ हजार रपैयाँको मोबाइल नेपाल भित्रिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |