काठमाडौं, १२ जेठ ।
एमाले अध्यक्ष केपी ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको तेल मात्र तारेको जस्तो रहेको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै ओलीले नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरीजस्तो रहेको टिप्पणी गरेका हुन् ।
‘नीति तथा कार्यक्रम वर्णमालाका अक्षरहरू भित्र रहेर हेर्दा व्याकरणीय र वाक्य अशुद्धता, संगति नमिल्नु, चास्नीमा नडुबाएको तेलमात्र तारेको जेरी जस्तो, खल्लो, झुल्टिएको, चास्नीमा हाल्न नभ्याएको, अर्थ ननिस्कने छ,’ उनले भने, प्रस्थान विन्दु के हो ? आदि के हो, मध्य के हो ? थाहा छैन ।’
सरकार नै जेरी जस्तो रहेको भन्दै उनले भने, ‘सरकारकै नीति छैन । जेरीजस्तो गुजुल्टिएको, गन्तव्य नभएको । कुनै नीति छैन कहाँ पुग्ने ।’ सरकारको नै नीति र गन्तव्य नै नभएको उनको आरोप छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |