काठमाडौं, १३ जेठ ।
हालसम्म मतगणना सम्पन्न भएका पालिकाहरुमा १४ हजार ४०७ जना महिला उम्मेदवार विजयी भएका छन् ।
आयोगका अनुसार कूल विजयी उम्मेदवारमध्ये महिलाको संख्या ४१.२१ प्रतिशत रहेको छ । हालसम्म देशभर पालिकाको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा ३४ हजार ९५३ जना उम्मेदवार विजयी बनिसकेका छन् । अब २६८ जनप्रतिनिधि निर्वाचित हुन बाँकी रहेको छ ।
आयोगले गत वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा एकसाथ निर्वाचन गरेको थियो । निर्वाचन ३५ हजार २२१ जनप्रतिनिधिको लागि भएको थियो । निर्वाचनमा देशभर १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए ।
आयोगका अनुसार नेपाली कांग्रेसबाट ५ हजार ५४८, नेकपा एमालेबाट ५ हजार २६, नेकपा (माओवादी केन्द्र)बाट २ हजार ७९, जनता समाजवादी पार्टी (जसपा), नेपालबाट ६४३, नेकपा (एकीकृत समाजवादी)बाट ४०६, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालबाट २५०, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ११६ र राष्ट्रिय जनमोर्चाबाट ६४ जना महिला उम्मेदवार विजयी बनेका छन् ।
बाँकी विजयी हुने महिलाहरु अन्य दल र स्वतन्त्र रुपमा उम्मेदवारी दिनेहरु छन् ।
प्रदेशक १ बाट २ हजार ४५५, मधेस प्रदेशबाट २ हजार ७७०, बागमति प्रदेशबाट २ हजार ३४७, गण्डकी प्रदेशबाट १ हजार ६२२, लुम्बिनी प्रदेशमा २ हजार १२४, कर्णाली प्रदेशमा १ हजार ५२४ र सुदूरपश्चिम प्रदेशममा १ हजार ५६० जना महिला उम्मेदवार विजयी बनेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |