काठमाडौं, १३ जेठ ।
लोकतन्त्रवादी पत्रकारहरूको साझा संस्था नेपाल प्रेस युनियन विभाजनको संघारमा पुगेको छ ।
जेठ १३ र १४ गते हेटौंडामा गर्ने भनिएको नवौं महाधिवेशनको मिति भदौमा सारिएपछि असन्तुष्ट भएको एउटा खेमाले शुक्रबार बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा विशेष भेला आयोजना गरेको थियो । भेलाले युनियनको नवौं महाधिवेशन २८ र २९ जेठमा काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
भेलाले नवौं महाधिवेशन सम्पन्न गर्न उपमहासचिव सलोजा दाहालको संयोजकत्वमा केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरु सम्मिलित महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरेको छ ।
प्रेस युनियनको विधान संशोधनका लागि सचिव खिला कार्कीको संयोजकत्वमा विधान संशोधन समिति गठन गर्ने, केन्द्रीय सदस्य दिलीप पौडेलको संयोजकत्वमा आर्थिक समिति र केन्द्रीय सदस्य रमेश वाग्लेको संयोजकत्वमा सांगठनिक समिति गठन गर्ने निर्णय भएको प्रेस युनियन काठमाडौंका पूर्वअध्यक्ष नकुल अर्यालले जानकारी दिए ।
यस्तै, युनियनको केन्द्रीय समितिले शुक्रबार केन्द्रीय कार्यालय थापागाउँमा युनियन स्थापना दिवस मनाउने भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |