धादिङ,३२ असार।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ को वडा कार्यालयमा कुमाल समुदायले ताला लगाएका छन् । बजेट विनियोजनमा असन्तुष्टि जनाउदै शनिबार कुमाल समुदायले ताला लगाएका हुन् ।
कुमाल संग्राहलय निर्माणको लागि बजेट नछुट्याइएको, खानेपानी आयोजना निर्माणमा वेवास्ता गरि वडा अध्यक्षले कुमाल समुदायको मागलाई वेवास्ता गरेका कारण वडा कार्यालयमा ताला लगाएको कुमाल समाजका केन्द्रिय महासचिव ठाकुर कुमालले बताउनुभयो ।
वडामा आएको बजेटको विषयमा कुमाल समुदायलाई नसमेटि एकलौटी ढंगले बजेट विनियोजन भएकाले समुदायको नेतृत्व गर्दै ताला लगाइएको उहाँको भनाई छ । माग सम्बोधन नभएसम्म ताला नखोल्ने पनि उहाँले बताउनुभयो ।
यता वडा अध्यक्ष प्रकाश श्रेष्ठले भने कुमाल समुदायले उठाएका मागहरु सम्बोधन हुने बताउनुभएको छ । उहाँले योजनाहरु नगरपालिकाको रातो किताबमा नआउँदै ताला लगाउनुभएकाले छलफलबाट समस्याको समाधान गर्ने वडा अध्यक्ष श्रेष्ठको भनाई छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |