धादिङ,१२ भाद्र।
मार्पाक प्रिमियर लिग–२०७९ फुटसल प्रतियोगितामा टिम थला च्याम्पियन बनेको छ । काठमाण्डौ स्थित फ्रेन्डस स्टार फुटसल भत्केपुलमा सम्पन्न भएको धादिङको नेत्रावती डवजोङ गाउँपालिका स्थित साबिक मार्पाक गाविस स्तरिय फुटसल प्रतियोगिताको तेस्रो संस्करणको उपाधी टिम थलाले जितेकोे हो । प्रतियोगितामा टिम मार्पाक उपबिजेता बन्न सफल भयो । फाईनल खेलमा टिम थलाले टिम मार्पाकलाई ३–० गोलले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो ।
जम्मा ८ टिम सहभागी लिगमा ए र बि गरि २ पोल बनाईएको थियो ।आ–आफ्नो पोलबाट समूह उपबिजेता बन्दै सेमिफाईनल पुगेका टिम भेट्रान्स र टिम खानी गाउँ सेमिफाईनलमै रोकिए ।
पहिलो सेमिफाईनलमा टिम थलाले टिम भेट्रान्सलाई १–० ले पराजित गर्दै फाईनल प्रवेश गरेको थियो भने दोस्रो सेमिफाईनलमा टिम मार्पाक र टिम खानीगाउ निर्धारित समयमा २–२ को बराबरी भएपछि मार्पाकले पेनाल्टीबाट २–० गोल गर्दै टिम थला संगको फाईनल भेट पक्का गरेको थियो ।
लिगको उत्कृष्ट गोलकिपर टिम भेट्रान्सका मनोज फ्युवा, उत्कृष्ठ फरवार्ड टिम मार्पाकका भिमसेन अधिकारी र उत्कष्ठ डिफेन्स टिम थलाका सुरज गुरुङ्ग बन्न सफल भए । लिगको च्याम्पियन टिम थलाले च्याम्पियन ट्रफी, नगद पुरस्कार तथा मेडल प्राप्त गर्याे भने उपबिजेता टिम मार्पाकले पनि नगद पुरस्कार प्राप्त गर्याे ।
पुरस्कार बितरण कार्यक्रममा लिग संचालनको लागि महत्वपुर्ण भुमिका निर्बाह गरेका टिम थलाका मेनेजर जंग बहादुर गुरुङ्गलाई मायाको चिनो प्रदान गरिएको थियो भने रेफ्रिहरु आशिष् भुजेल र सुनिल चौधरीलाई पनि मायाको चिनो र नगद उपहार प्रदान गरिएको थियो ।
मार्पाक भेट्रान्स फुटसल टिमको ब्यबस्थापन तथा नेत्रावती डबजोङ्ग गाउपालिका वडा नं.१ को प्रायोजक साथै मार्पाक सामुदायिक क्लब,मार्पाकको सहयोगमा शनिबार देखी प्रतियोगिता सुरु भएको थियो ।लिगमा साबिक मार्पाकका टिम मार्पाक, टिम भेट्रान्स, टिम थला, टिम सि.सि.एम., टिम खानीगाउ, टिम बोराङ्ग, टिम ईन्द्रजंग र टिम निमार्चाेक गरि ८ वटा टिमले सहभागिता जनाएका थिए ।
चौथो सस्करणको मार्पाक प्रिमियर लिग अशोज महिनामा दशै अगाडी गर्ने तयारी रहेको लिगका संयोजक फणिन्द्र गुरुङ्गले जानकारी दिनुभयो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |