काठमाडौँ,१३ भाद्र ।
नेपाली क्रिकेट टिमको टी २० वरीयता खस्किएको छ । आइसिसीले सोमबार जारी गरेको वरीयतामा नेपाल एक स्थान खस्किएको हो ।
यसअघि १४औं स्थानमा रहेको नेपाल हाल १५औं स्थानमा पुगेको छ । वरीयता खस्किएसंगै सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टी २० विश्वकपमा सोझै छनोट हुने सम्भावन पनि कमजोर बनेको छ । यसमा १२ टिम सोझै प्रतियोगिता छनोट हुनेछन् ।
हाल नेपाली राष्ट्रिय टिम टी २० र एकदिवसीय शृंखलाका लागि केन्या भ्रमणमा रहेको छ । नेपालले केन्यासँग पाँच टी २० खेलको शृंखला खेल्ने तालिका छ । शृंखलामा नेपाल २–१ ले अघि छ ।
नेपालले पहिलो खेलमा केन्यालाई पाँच विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा १८ रनले पराजित भएको नेपालले तेस्रो खेलमा चार विकेटको जित निकालेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |