धादिङ,१३ भाद्र ।
धादिङको गजुरी गाउँपालिका–२ स्थित गलौंदी खेल मैदानमा आयोजित सेभेन ए साईड फुटबलको उपाधी घाटबेसी युवा क्लवले जितेको छ ।
आइतबार भएको फाइनल खेलमा अरुणोदय युवा क्लवलाई ३–२ को गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी घाटबेसीले जितेको हो।
घाटबेसीको जितका लागि खेलाडी सुमन डंगोेलले २ गोल र रन्जन पुनले १ गोल गरे ।
उप विजेता बनेको अरुणोदय युवा क्लवका संजय श्रेष्ठ र संजिव तामाङले १–१ गोल गरे । बिजेता बनेको घाटबेसीले नगद ३० हजार, शिल्ड, मेडल र प्रमाण पत्र पाएको छ भने उप विजेता बनेको अरुणोदय युवा क्लवले १५ हजार नगद शिल्ड, मेडल र प्रमाण पत्र पाएको छ ।
सेमिफाईनलमा सघर्षशिल युवा क्लवलाई हराउँदै घाटबेसी युवा क्लव फाईनल प्रवेश गरेको थियो भने गलौंदी युवा क्लवलाई हराउदै अरुणोदय युवा क्लव फाईनल पुगेको थियो ।प्रतियोगिताको उत्कृष्ट खेलाडी अरुणोदयका संजिव तामाङ र सर्वाधिक गोलकर्ता घाटबेशीका सुमन डंगोेल घोषित भए ।
विजेता टिम र खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गर्नुभएको थियो । बिहिबारदेखी सुरु भएको प्रतियोगितामा १५ टिमले भाग लिएका थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |