Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ अषाढ १, आईतबार
Logo Logo
कर्णाली
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

१५ घण्टा अघि
२

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

५ दिन अघि
३

“बच्छला सन्देश” पुस्तक विमोचन

५ दिन अघि
४

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

५ दिन अघि
५

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

५ दिन अघि
६

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

१ हफ्ता अघि
७

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

१ हफ्ता अघि
८

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

१ हफ्ता अघि
९

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ हफ्ता अघि
१०

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
११

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
१२

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो

४ हफ्ता अघि
३

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

३ हफ्ता अघि
४

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि
५

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

२ हफ्ता अघि
६

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
७

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

२ हफ्ता अघि
८

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

५ दिन अघि
९

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

४ हफ्ता अघि
१०

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

२ हफ्ता अघि
११

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

२ हफ्ता अघि
१२

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

२ हफ्ता अघि

नवौँ राष्ट्रिय खेलकुद : चार दशकपछि पोखरामा बृहत् प्रतियोगिता हुँदै

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७९ भाद्र १५, बुधबार (२ साल अघि)
  • ७७८ पटक पढिएको
नवौँ राष्ट्रिय खेलकुद : चार दशकपछि पोखरामा बृहत् प्रतियोगिता हुँदै

काठमाडौँ, १५ भदौ ।
मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालको खेलकुदको इतिहासमा पोखरामा चार दशकपछि दोस्रोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो । यसअघि २०४० चैत १२ देखि २० गतेसम्म पोखरामा ‘दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता’ आयोजना गरिएको थियो ।

प्रतियोगिता आयोजक कार्यकारिणी समितिका सदस्यसचिव फणिन्द्र पौडेलका अनुसार प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र गैरआवासीय नेपाली सङ्घ (एनआरएन) का खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । प्रत्येक टोलीबाट कम्तीमा तीन सय ३५ महिला र तीन सय ७४ पुरुष खेलाडीको सहभागिता रहने छ ।

३६ खेल खेलाइने

नवौँ राष्ट्रिय खेलकुदमा फुटबल, क्रिकेट, टेनिस, एथलेक्टिस, भारत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबलटेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खोखो, कराँते, जिम्न्याष्टिक, पौडी र कबड्डी खेल समावेश गरिएको छ । यस्तै हयाण्डबल, जुडो, कुस्ती, फुटबल, कराते, सफ्टटेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, आइटिएफ तेक्वान्दो, सेपाताक्रोे, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन र प्याराग्लाइडिङ पनि प्रतियोगितामा समेटिएका छन् ।

प्रतियोगिता धेरैभन्दा धेरै खेलाडीबीच प्रतिस्पर्धा होस् भन्ने हेतुले खेलाडी तयार गर्न प्रत्येक प्रदेशलाई रु ४९ लाखका दरले रकम उपलब्ध गराएको युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार प्रतियोगिता भव्य र सभ्यरूपमा सम्पन्न गर्न गण्डकी प्रदेश सरकारले हरतवरले सहयोग पु¥याउने ऐक्यबद्धतासहित प्रतिबद्धता जनाइसकेको छ ।

प्रतियोगिताअन्तर्गत १८ विधाका खेल पोखरामा हुनेछन् भने केही खेल गण्डकी प्रदेश मातहतका अरु जिल्लामा सञ्चालन गरिनेछन् । खेलाडी, प्रशिक्षक, आयोजक समिति, निर्णायकमण्डलसहित करिब १२ हजार पाँच सय जना प्रत्यक्ष सहभागी हुने उक्त प्रतियोगिता खेल उत्सवका रूपमा रहने रेग्मी बताउनुहुन्छ ।

दश लाख रुपैयाँकोे ‘रनिङ ट्रफी’

राष्ट्रिय खेलकुद प्रतियोगितामा नयाँ सुरुआतका रूपमा यसपटकदेखि सुन र चाँदीजडित करिब रु १० लाख लागतमा तयार गरिने ‘रनिङ ट्रफी’को व्यवस्था गरिएको छ । तीनपटक लगातार प्रतियोगिता जित्ने टोलीलाई उक्त ट्रफी प्रदान गरिनेछ । विश्वका अन्य मुलुकमा पनि यस्तो अभ्यास रहेको सचिव रेग्मीले बताउनुभयो । प्रतियोगिताअन्तर्गत व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण पदक जित्नेलाई रु २५ हजार तथा सामूहिकतर्फका स्वर्ण पदकधारीलाई रु १५ हजार नगद पुरस्कार प्रदान गरिने सचिव रेग्मी बताउनुहुन्छ ।

साठी करोड खर्च हुने अनुमान

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तीन सय ९३ स्वर्ण, तीन सय ९३ रजत र छ सय कास्य पदक यसअघि नै तय भइसकेको छ । प्रतियोगिताका सिलसिलामा चार सय आठ प्रतिस्पर्धा हुनेछन् । प्रतियोगिताका लागि लोगो, मस्कट र नारा छनोट भइसकेको छ । प्रतियोगिता सम्पन्न गर्न करिब रु ६० करोड बजेटको सुनिश्चिता भएको छ ।

प्रतियोगिता सञ्चालनका लागि आवश्यक पर्ने निर्देशिका स्वीकृत, मूल आयोजक समिति र अरु १३ विषयगत उपसमिति गठन तथा कार्यकारी समितिको सचिवालय स्थापनाको काम यसअघि नै सम्पन्न भइसकेको सचिव रेग्मीले बताउनुभयो । प्रतियोगिताका सन्दर्भमा खेलसामग्री, पोशाक, किट ब्यागलगायत खरिदका लागि लागत अनुमान कमिटी गठनमात्र होइन, खरिदका लागि बोलपत्र आह्वान पनि भइसकेको छ । प्रचार–प्रसारको काम पनि यसअघि नै प्रारम्भ गरिसकिएको छ । अहिले खेलस्थलको अनुमगन र निरीक्षण गरी अन्तिम टुङ्गो लगाउने कार्य भइरहेको छ ।

राष्ट्रिय ट्रफी, विजेता ट्रफी र मेडलको नमूना तयार गरी खरिद प्रक्रियासमेत अघि बढिसकेको आयोजक समितिले जानकारी दिएको छ । नेपालको साहसिक खेलका रूपमा ठूलो सम्भावना बोकेको क्यानोइङ तथा नेपालको परम्परागत छेलोलाई प्रदर्शनी खेलका रूपमा राखिएको छ । ‘स्वास्थ्यका लागि खेल’ भन्ने नारालाई सार्थकता प्रदान गर्न यस्ता राष्ट्रिय प्रतियोगिताले थप हौसला प्रदान गर्ने सचिव रेग्मी बताउनुहुन्छ ।

निजी क्षेत्रका तर्फबाट पनि प्रतियोगितामा योगदान होस् भन्ने उद्देश्यले प्रायोजकका रूपमा उहाँहरूलाई समावेश गर्ने तयारी भइरहेको युुवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले बताउनुभयो । उहाँले भन्नुभयो, “पोखरामा प्रतियोगिता आयोजना गर्ने सन्दर्भमा प्रदेश सरकार र स्थानीय सरकार अत्यन्तै उत्साहित छन् । बजेटको सुनिश्चिता भइसकेको छ ।”

सहभागिता, समन्वय र सहजीकरण गर्न आह्वान

प्रतियोगितालाई सफल तुल्याउने सिलसिलामा सहभागिता, समन्वय र सहजीकरणका लागि आयोजक समितिले सातै प्रदेश सरकारलाई पत्रचार गरिसकेको छ । सातै प्रदेशका मुख्यमन्त्री, खेलकुद मन्त्रालका पदाधिकारी र प्रमुख सचिवलाई भेटेर अधिकभन्दा अधिक खेलाडी सहभागी गराई खेलक्षेत्रको प्रतिस्पर्धाको स्तरवृद्धिमा सहयोग पु¥याउन अनुरोध गरिने सचिव रेग्मीले बताउनुभयो । प्रतियोगिताअन्तर्गत अधिकांश खेलमा महिला र पुरुषको समान सहभागिता रहनेछ ।

विगतमा सङ्घीय संरचनाको ढाँचामा हुँदै आएको राष्ट्रिय खेलकुद प्रतियोगिता यसपटक भने प्रादेशिक संरचनामा पहिलोपटक हुन लागेको सचिव रेग्मीले बताउनुहुन्छ । यसपटक गण्डकी प्रदेश खेलकुद परिषद्लाई सहआयोजकका रूपमा अघि सारिएको छ । सातै प्रदेशका खेलकुदमन्त्री रहने गरी समन्वय समिति गठन गरिएको छ ।

कोरोना सङ्क्रमण, पर्यटक आगमनको याम (सिजन) तथा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखैमा प्रतियोगिता हुन लागेकाले खेलाडी व्यवस्थापन लगायतमा केही चुनौती आउनसक्ने पूर्वानुमान गरी पर्याप्त होसियारी अपनाइएको आयोजक समितिले जनाएको छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिताको इतिहास

पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता २०३८ भदौ २७ देखि असोज ४ गतेसम्म काठमाडौँमा भएको थियो । उक्त प्रतियोगितामा बागमती अञ्चल विजयी भएको थियो । उक्त प्रतियोगितामा दुई सय २३ महिलासहित एक हजार चार सय ४३ खेलाडीले १६ खेलमा दुई सय २६ पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।

विसं २०४० चैत १२ देखि २० गतेसम्म पोखरामा आयोजना भएको दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा १९ खेल विधामा तीन सय ७० पदकका लागि पाँच सय ३९ महिलासहित दुई हजार ५७ खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । विसं २०४२ फागुन २३ देखि चैत १ गतेसम्म वीरगञ्जमा भएको तेस्रो राष्ट्रिय खेलकुदमा सात सय ३८ महिलासहित दुई हजार सात सय ७५ खेलाडी २१ खेल विधामार्फत तीन सय ७० पदका लागि प्रतिस्पर्धा गरेको इतिहास छ ।

बाँकेको नेपालगञ्जमा २०५५ चैत ८ देखि १४ गतेसम्म पाँच विकास क्षेत्र, नेपाली सेना र नेपाल प्रहरीको टोलीले १२ खेल विधामार्फत चार सय ६९ पदकका लागि प्रतिस्पर्धा गरेकामा मध्यमाञ्चल विजयी भएको थियो । उक्त चौथो राष्ट्रिय खेलकुद प्रतियोगितामा एक हजार छ सय ६२ खेलाडीबीच पदकका लागि भिडन्त भएको थियो ।

काठमाडौँमा २०६५ चैत २४ देखि ३० गतेसम्म भएको पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पाँच विकास क्षेत्र, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र तत्कालिन जनमुक्ति सेनाबीच प्रतिस्पर्धा भएकामा मध्यमाञ्चल विजयी भएको थियो । प्रतियोगितामा छ सय ४६ पदक र १३ खेल विधा कायम गरिएको थियो ।

यस्तै सुदूरपश्चिमको कैलाली, कञ्चनपुर र डडेल्धुरामा २०६८ चैत २४ देखि २८ गतेसम्म भएको छैटौँ राष्ट्रिय प्रतियोगितामा पाँच विकास क्षेत्र, नेपाली सेना, एपिएफ, त्रिभुवन विश्वविद्यालय र तत्कालिन जनमुक्ति सेनाका एक हजार तीन सय ९४ महिलासहित तीन हजार छ सय २८ खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । उक्त प्रतियोगितामा मध्यमाञ्चल विजयी भयो । प्रतियोगितामा ३६ खेल विधा र एक हजार तीन सय ८६ पदक कायम गरिएको युवा तथा खेलकुद मन्त्रालयको तथ्याङ्ककमा उल्लेख छ ।

यसैगरी पूर्वाञ्चल विकास क्षेत्रको झापा, मोरङ, सुनसरीलगायत जिल्लामा २०७३ पुस ८ देखि १५ गतेसम्म भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३१ खेल विधाका लागि नौ सय दुई पदक कायम गरिएको थियो । प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय टिमका एक हजार छ सय ६९ महिलासहित तीन हजार नौ सय ७२ खेलाडीबीच प्रतिस्पर्धा भएको हो ।

आठाँै राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ वैशाख ५ देखि ११ गतेसम्म बाँके, बर्दिया, दाङलगायत जिल्लामा सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा दुई हजार चार सय नौ महिला खेलाडीसहित पाँच हजार तीन सय पाँच खेलाडीले ३५ खेल विधामार्फत एक हजार एक सय ५८ पदकका लागि प्रतिस्पर्धा गरेका थिए । घुम्न अत्यन्तै अनुकूल मौसम र वातावरणमा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले पोखराको पर्यटन प्रवद्र्धन गर्न थप योगदान पु¥याउने विश्वास गरिएको छ ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
कर्णाली सम्बन्धि थप
  • netrabati dabong gaupalikama education

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

  • neelkantha nagrpalika

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

  • bachhala sandesh

    “बच्छला सन्देश” पुस्तक विमोचन

  • balkrishna adhikari

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

  • समाचार
  • १

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
    १५ घण्टा अघि

  • २

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    ५ दिन अघि

  • ३

    “बच्छला सन्देश” पुस्तक विमोचन
    ५ दिन अघि

  • ४

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    ५ दिन अघि

  • ५

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    ५ दिन अघि

  • ६

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    १ हफ्ता अघि

  • ७

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    १ हफ्ता अघि

  • ८

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    १ हफ्ता अघि

  • ९

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    १ हफ्ता अघि

  • १०

    नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution