काठमाडौँ,३० भाद्र ।
अर्थ मन्त्रालयले आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि हालसम्म १८ अर्ब रुपैयाँ दिनेगरी स्रोत सुनिश्चित गरेको छ ।
जसअन्तर्गत निर्वाचन आयोगलाई १० अर्ब रुपैयाँ दिइनेछ भने सोही रकमभित्र रहेर कार्य सुरु गर्न अर्थले आयोगलाई भनेको छ ।तर, आयोगले भने ११ अर्ब रुपैयाँभन्दा बढी रकम अर्थ मन्त्रालयसँग मागेको थियो । यता सुरक्षा निकायलाई पनि अर्थले १ अर्ब १२ करोड रुपैयाँ सवारी साधन खरिदका लागि दिने गरी खरिद प्रक्रिया अगाडि बढाउन भनिसकेको छ ।
यस्तै, निर्वाचन प्रयोजनका अन्य कार्यका लागि ७ अर्ब ६७ करोड रुपैयाँ दिने अर्थमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिुनयभो । मन्त्रालयले सबैले मागे जति रकम भन्दा पनि कति खर्च लाग्छ सो आधारमा स्रोत सुनिश्चित गरिएको जनाएको छ ।
आगामी मङ्सिर ४ गते केन्द्र र प्रदेशको निर्वाचन हुँदैछ । आगामी निर्वाचनका लागि विभिन्न निकायले आफ्ना आफ्नै तरिकाले तयारी गरिरहेका छन् भने यता दलका नेता तथा कार्यकर्ताहरु पनि उम्मेदवारका लागि सिफारिस भइरहेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |