काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विज्ञान प्रविधिले देशलाई समाजवादतिर लैजाने बताउनु भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालयमा १० औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विज्ञान प्रविधिलाई आत्मसाथ गर्दै अघि बढ्नु पर्ने बताउनु भयो ।
उहाँले विज्ञान प्रविधिलाई जसले राम्रोसँग आत्मसाथ गर्न सकेका राष्ट्र विकसित भएको बताउनु हुँदै विज्ञान प्रविधिलाई आत्मसाथ नगर्ने राष्ट्रको विकास हुन नसक्ने उहाँको दाबी रहेको थियो । उहाँले बोल्दै भन्नुभयो, ‘विज्ञान प्रविधिले समाजवादतिर लैजान्छ । यसलाई आत्मसाथ गर्नु मुख्य विषय हो ।’
उहाँले क्रान्तिको, परिवर्तनको, स्वतन्त्रताको, मानव जातीको उन्मुक्तिको अभियान सुरु भएको पनि बताउनु भयो । उहाँले अहिलेको संविधानले पनि विज्ञान प्रविधिलाई समाजवादको उदेश्यमा अघि बढाउने गरी आत्मसाथ गरेका बताउनुभयो ।
उहाँले दक्षिण एसियामा धर्मशास्त्रले सन्तोष लिन सिकाउने र भौतिकवादी विज्ञानले असन्तुष्ट हुनु भएको यो किन कसरी भयो भनेर खोजी हुने बताउनु भयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |