बर्दिया ०३ असोज ।
बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–८ दुधा बस्ने ३३ वर्षीय सनिराम थारुको आइतबार मृत्यु भएको छ । आफ्नै घरमा मन्दिर बनाउने क्रममा विद्युतको तारबाट करेन्ट लागेर अशक्त भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी, बर्दियाको गुलरिया नगरपालिका–९ मथुरा बस्ने इस्तियाक धोबीकी छोरी ९ वर्षीया खुस्बु धोबीको करेन्ट लागेर आइतबार मृत्यु भएको छ । आफ्नै घरमा खेल्ने क्रममा करेन्ट लागेर अशक्त भएकी उनको उपचारको लागि बर्दिया अस्पताल गुलरियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |