Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ अषाढ १, आईतबार
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

७ घण्टा अघि
२

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

२३ घण्टा अघि
३

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

५ दिन अघि
४

“बच्छला सन्देश” पुस्तक विमोचन

५ दिन अघि
५

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

५ दिन अघि
६

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

६ दिन अघि
७

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

१ हफ्ता अघि
८

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

१ हफ्ता अघि
९

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

१ हफ्ता अघि
१०

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ हफ्ता अघि
११

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
१२

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो

४ हफ्ता अघि
३

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

३ हफ्ता अघि
४

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि
५

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

२ हफ्ता अघि
६

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
७

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

२ हफ्ता अघि
८

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

५ दिन अघि
९

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

४ हफ्ता अघि
१०

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

२ हफ्ता अघि
११

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

२ हफ्ता अघि
१२

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

२ हफ्ता अघि

नेपाल राष्ट्र र नेपाली जनताको सर्वोपरी हितमा जनयुद्ध

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७९ फागुन १, सोमबार (२ साल अघि)
  • ६१९ पटक पढिएको
नेपाल राष्ट्र र नेपाली जनताको सर्वोपरी हितमा जनयुद्ध

राजेन्द्र न्यौपाने ।
१०४ वर्षिय जहाँनीय राणा शासन कालमा आफ्नो खेतबारीमा काम गर्दा गर्दैको अवस्थामा राणाले बोलेपछि उसको भारी बोकेर उसैको गन्तव्यमा जानु पर्दथ्यो । राणाको बास कुनै गाउँको घरमा पर्यो र त्यस घरमा कन्या राम्री रहिछन् भने राणाको गलत नजरमा पर्नु पर्दथ्यो । त्यस घरको पूरुष राणाको भरिया बन्नु पर्दथ्यो । गाउँमा रहेका आर्थिक रुपले विपन्न समुदाय बोक्सी, छौडा लगायतका अन्धविश्वासका साधन बनाइने र विभिन्न प्रकारका यातना दिने गरिन्थ्यो । प्रजातन्त्र प्राप्तिका लागि तत्कालिन अवस्थामा राजा त्रिभुवन सहित नेपाली जनताले विद्रोह गरेर राणा शासनको अन्त्यभयो ।

केहीवर्ष राणाकै निगरानीमा शासन शैली सञ्चालन भएपनि २०१५ सालमा आम निर्वाचन भयो । यो निर्वाचन राणा र राजालाइ मन परेको थिएन त्यसैले २०१७ सालमा राजा महेन्द्रले शासन सत्ता आफ्नै हातमा लिए । त्यति बेला विकास निर्माणका केही पूर्वाधार खडा गरेको र विदेशी सामू नझुेको इतिहास रहेको छ । उनको मृत्युको सहि कारण अझै पत्ता लागेको छैन । भौतिक पूर्वाधारका क्षेत्रमा राजा महेन्द्रले गरेका निर्माणहरु अहिले सम्म प्रयोगमा रहेका छन् ।

पञ्चायती शासन व्यवस्थाका विरुद्ध काँग्रेस र कम्युनिष्टहरु आन्दोलनमा रहि रहे, २०४६ सालको जन आन्दोलनबाट २०४७ सालमा बहुदलको घोषणा भयो । बहुदलको घोषणा भएको कुरा राजपरिवार भित्र र विदेशी शक्तिलाइ मन परेको थिएन । २०४७ पछि शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा विकासको थालनी सुरु भयो । गाउँ गाउँमा विद्यालय र स्वास्थ्य चौकीहरु खुल्न थाले । जनताका आधारभूत आवश्यकताहरु ज्यूँ का त्यूँ रहे । शब्दमा प्रजातन्त्र भने पनि व्यवहारमा राणाहरुले गर्ने व्यवहार भन्दा फरक व्यवहार जनताले पाउन सकेनन् ।

२०५२ सालबाट जनयुद्धको घोषणा भइ २०६२ सम्म अधिकार जनतालाइ दिन खोज्ने र अधिकार दिन नखोज्ने वीच युद्ध भयो । युद्धमा राज्य पक्षबाट निर्मम ज्यादती भयो । जहाँनीय राणाशासन कालको भन्दा निक्कै कठोर यातना र पिडा नेपाली जनसमुदायले भोग्नु पर्यो । मुलुक शान्ति प्रक्रियाबाट आजको स्थान सम्म आइसकेकाले युद्धका नाममा भएका भयानक र अकल्पनीय घटनाहरुलाइ यहाँ सबै उल्लेख गर्न सकिएन ।

पछिल्लो समय २०६४ सालदेखि परिवर्तनका लागि जनताको अधिकार स्थापित गर्न लागि परेको नेकपा माओवादी केन्द्र सरकार र सत्तामा निरन्तर सहभागि रहेको छ । यस वीचमा जनताका धेरै अधिकारहरु स्थापित भएका छन् । ग्रामीण क्षेत्रमा स्थानीय सरकार स्थायी रुपमा जनताको सेवाका लागि रहेको छ । काठमाण्डौबाट मात्रै सम्पादन हुने कामहरु प्रदेशमा पुगेका छन् । नीतिगत रुपमा जनताका मागहरु सम्बोधन हुने गरी योजनाहरु आएका छन् ।

धेरै राम्रा कामहरु हुँदाहुँदै पनि परिवर्तनमा अवसर खोज्ने ढोँगीहरुको कमि भने माओवादी भित्र कम छ भन्न सकिदैन । विशेषगरी सत्तामा पुगेपछि क्रान्तिकारी नेताहरु पुरानै शैली र व्यवस्थामा भुल्ने गरेका छन् । भौतिक सेवा सुविधामा हराएका छन् । भए गरेका राम्रा कामहरुको समेत अभिलेखिकरण गर्न सकेका छैनन् । आफ्नो अवसरको लागि नेतृत्वलाइ गुहार गर्ने काममा सबै लागि परेका छन् तर नेतृत्वले गरेका असलकामको बारेमा नागरिक स्तरसम्म पुग्ने गरी बोल्न र लेख्न हिच्किचाउँछन् । शहिद वेपत्ता जनहरुलाई शब्दले सम्मान गर्दछन् तर तिनका परिवाजनका समस्यामा साथ दिनवा समस्या बुझ्न कहिल्यै अघि सर्दैनन् । ग्रामीण क्षेत्रमा हुने विकास निर्माणका योजनाबाट लाभ लिने मनसाय राख्दछन् र शहरका विभिन्न भागमा कँक्रिट महलको सपना देख्दछन् । सपना पूरा हुनेहरु झनै ठूला नेता हुने, मन्त्री हुने र अझै माथि पुग्ने योजनामा विभिन्न हतकण्डा अपनाउँछन् । शहरमा महल नहुनेहरु पिडामा छटपटिएर आफ्नो केही नभएको भन्दै क्रान्ति र आन्दोलन व्यर्थ रहेको भन्दै गुनासो गरिरहन्छन् ।भौतिक बस्तुलाईमात्र आफ्नो हो भन्ने ठान्नेहरु क्रान्तिकारी होइनन् । जनताले पाएको अधिकार र न्यायलाइ आफ्नो ठान्न सक्नुपर्दछ ।

साच्चै यो आन्दोलन लुकीछिपि धन बटुल्न, आफ्ना छोराछोरीलाइ थरीथरी ब्राण्डका रक्सीको पोखरीमा डुबुल्की लगाउन, विदेश सयर गराउन, आफ्नै नाममा सिँगो पृथ्वी नै प्लटिङ गर्न तर्फ अग्रसर हुन,नयाँ नयाँ श्रीमती बटुल्न, गलत कामको विरोध गर्ने असल कार्यकर्ताहरुको हत्या योजना तयार गर्न, शहिद वेपत्ता परिवारजनलाई हेयको भावना हेर्न, सत्ताको आडमा कर्मचारी सरुवा बढुवा गरी लाभ लिन गरिएको थिएन ।

तिमीहरु कार्यकर्ता हौ बाचुञ्जेल हाम्रो सेवा गर्नुपर्छ, तिमीहरुलाई नेता बनाएर हामीले झोला बोक्न मिल्दैन भन्दै आफै मात्रै नेता बन्न खोजिरहने प्रयोजनका लागि क्रान्तिको सुत्रपात भएको थिएन । कमरेडहरुले नमस्कार नगरेर सलाम गरेको यहाँहरुलाई सायद स्मरण होला । यहाँ उही १०४ वर्षे जहाँ नीय शासन व्यवस्थाका लागि जनयुद्ध गरिएको थिएन । हिजो आफ्नै काममा खटिएका किसानहरु राणाको निसानामा पर्दथ्ये आज प्रजातन्त्र, पञ्चायत, बहुदल, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र विभिन्न शब्दहरु सहितको शासन व्यवस्थामा पनि शैलि जहाँनीय शासन व्यवस्था भन्दा उच्चतहको सोच विचारको जनताले हेर्न पाएनन् । सुत्केरी महिलाको रक्तश्राव रोक्न इमर्जेन्सी उपचार कक्षमा हिडेका डाक्टर पुरानै व्यवस्था अनुसार कुटिएका छन् । उनीहरुको रोजि रोटी खोसिएको छ । सत्ताको मालिकहरुबाट हुने चरम दमन र शोषण कायमै राख्न जनयुद्ध भएको थिएन ।

आफूले र आफ्ना कार्यकर्ताले राज्यका धन लुट्न सके क्रान्तिको स्वाद मिठो हुने र नसके क्रान्ति आवश्यक छ भनेर मुख उद्य्याइरहने जुन स्वार्थपूर्ण दैनिकी छ, त्यसलाई नेताहरुले सुधार गर्न नसक्दा देशमा नयाँ राणाहरुको उदय भइरहेको छ । जनताले न्याय पाएका छैनन् । देश विदेशका शान्ति विरोधी पक्षले निरन्तर हमला गरिरहेका छन् । जनयुद्धबाट जनस्तरमा आएको व्यापक परिवर्तनलाइ आत्मसाथ गरी अघि बढ्नु आजको आवश्यकता रहन गएको छ । नेतालाई एक किलो स्याउ, एक बोत्तल रक्सी उपहार दिएको वा नयाँ श्रीमतीमिलाइ दिएको नाममा जुनसुकै हर्कत गर्न पछि नपर्नेहरु नेताको आशिर्वादले अब्बल क्रान्तिकारी बनिरहेका छन् । आफूलाई कम्युनिष्ट नेता भन्नेहरु उपहारको आशामा बस्नु भनेको विचार विहिन हुनु हो । यही विचार विहिन नेतृत्वका कारण नेता ठोस विचार लिएर अघि बढ्न सकिरहेका छैनन् ।

युद्धका कहाली लाग्दा समयहरु, शहिद, बेपत्ता, घाइते योद्धा, तिनका परिवार जनहरुलाई सम्झिएर, व्यवहारीक साथलिएर र दिएर अघि बढ्नु आजको आवश्यकता रहन गएको छ । जनयुद्ध उचित भएको र यसका नेतृत्व कर्ताहरुले मात्रै देशलाई अगाडि बढाउन सक्छन् भन्ने प्रमाण देशमा सबैले देखिरहेका समय त्यस भन्दातलका नेता तथा कार्यकर्ताहरु आफ्नै व्यक्ति गत स्वार्थ सिद्धका लुते धन्दामा लागेर समाजवादमा पुग्ने यात्रुहरुलाई हुल हुज्जतको भिडमा अल्मल्याइ राख्नु हुँदैन । स्वार्थमा रमाएका यस्ता नेतालाई लतारेर अघि बढ्नुपर्दछ । नेपाल राष्ट्र र नेपाली जनताको सर्वोपरी हितका पक्षमा सबै एक भएर जुट्नुपर्दछ ।
सन्दर्भ २८ औँ जनयुद्ध दिवस
लेखक प्रेस सेन्टर नेपालका पदाधिकारी हुन् ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • Binod Tamu Acstronomy Artical Thumbnail

    ज्योतिसशास्त्र के हो ? यसले हाम्रो जीवनमा प्रभाव पार्छ त ?

  • Rajesh koirala

    रोग के हो ? रोगको बर्गीकरण र रोग लाग्ने कारणहरु बारे जानकारी

  • Subas Khatiwada

    स्थानिय कच्चा पदार्थ प्रयोग गरी संन्तुलित दाना बनाउने तरिका

  • Sitaram koirala

    संकटमा संघियता

  • समाचार
  • १

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला
    ७ घण्टा अघि

  • २

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
    २३ घण्टा अघि

  • ३

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    ५ दिन अघि

  • ४

    “बच्छला सन्देश” पुस्तक विमोचन
    ५ दिन अघि

  • ५

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    ५ दिन अघि

  • ६

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    ६ दिन अघि

  • ७

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    १ हफ्ता अघि

  • ८

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    १ हफ्ता अघि

  • ९

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    १ हफ्ता अघि

  • १०

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution