Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ अषाढ १, आईतबार
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

१४ घण्टा अघि
२

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

५ दिन अघि
३

“बच्छला सन्देश” पुस्तक विमोचन

५ दिन अघि
४

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

५ दिन अघि
५

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

५ दिन अघि
६

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

१ हफ्ता अघि
७

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

१ हफ्ता अघि
८

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

१ हफ्ता अघि
९

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ हफ्ता अघि
१०

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
११

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
१२

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो

४ हफ्ता अघि
३

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

३ हफ्ता अघि
४

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि
५

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

२ हफ्ता अघि
६

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
७

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

२ हफ्ता अघि
८

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

५ दिन अघि
९

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

४ हफ्ता अघि
१०

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

२ हफ्ता अघि
११

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

२ हफ्ता अघि
१२

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

२ हफ्ता अघि

विछोडपछिको रात

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७९ चैत्र २६, आईतबार (२ साल अघि)
  • ३५५ पटक पढिएको
विछोडपछिको रात

शरण रेग्मी

बेलुकाको पाँच बजेको छ । म एउटा घरको मटनमा रहेको ओछ्यानमा पल्टिरहेको छु । घरको अगाडी आगनबाट जान मिल्ने गरी बनाइएको त्यो कोठा बाहिरबाट जोकसैले अवलोकन गर्दा राम्रो लाग्थ्यो । सिरक, डसना, तकियो, तन्ना सफा र राम्रा थिए । भित्ता सिमेन्टेड थियो । जहाँ सगरमाथा र लुम्बिनीको पोष्टर टाँसिएको थियो । बीचमा एउटा सानो आँखीझ्याल थियो । उक्त झ्यालबाट बाहिरको दृश्य केही देख्न सकिन्थ्यो । त्यो कोठाको एउटा प्रवेश ढोकाबाट हिमालको दृश्य अवलोकन गर्न सकिन्थ्यो । घरको कोठा दक्षिण–पूर्व फर्किएको थियो । अलि तल लिखु खोला छङछङ गर्दै बगेको थियो । खोलोको दायाँबायाँ ठूला–ठूला खेतका फाँटहरु लमतन्न परेका देखिन्थ्यो । फाँटको केही माथि जंगल थियो । जंगल धेरै धना थियो । शिवपुरीको नामले चिनिने उक्त जंगल साह्रै सुन्दर थियो । प्रकृतिको अनुपम छटमा छटमा अवस्थित यो गाउँ सुन्दर थियो तर मेरो लागि यो एक मसानघाट सरह थियो ।

जन्मथलो र कर्मथलोलाई छोडेर आज म फेरी अर्कै ठाउँलाई कर्मथलो बनाउन जादैछु । सम्झन्छु मेरो स्थायीमा नाम ननिस्केको भएपनि हुन्थ्यो । नाम निस्केको थिएन भने त यहाँको यो उजाड ठाउँमा बस्नुपर्ने छ थिएन । १२ वर्षको अनवरत अध्ययन पश्चात् पाएको यो खुशी पनि मेरो लागि खुशी भएन । बाह्र वर्ष श्रीमती, आमा, बासँग सँगै बिताएको ती पलहरु आँखा अगाडी आउन थाले । बिछोड अघिको हिजोको रातभन्दा पनि आज मलाई पिडा बोध भइरहेको छ । हुन त यहाँको विद्यालयको प्र.अ. ले मलाई आफैँ नुवाकोट सदरमुकामसम्म जानुभई मैले कहिल्यै तिर्न नसक्ने गुन लगाइसक्नु भएको छ र आज मलाई जुनघरमा बासको बन्दोबस्त भइरहेको छ । यो पनि उहाँकै देन हो । प्र.अ. ले मलाई रोजाउनु भएको थियो । उहाँको आफ्नै घरमा बस्ने कि अभिभावकको घरमा भनेर । मैले एउटा थ्री क्लासमा बोर्डिङमा पढ्ने बाबुलाई गाइड गर्नुपर्ने र सम्पूर्ण बसोबासकोे जिम्मा लिने भनेकोले म यतातिर हानिएको हो । अन्य विद्यालयका शिक्षक साथीहरुले पनि आफ्नो घरमा जान र बस्न नभनेका होइनन् । साँच्चै म त स्वर्गका भगवानहरुसँग साक्षत्कार भएको र स्पर्गको एक टुक्रामा आफू रहेको जस्तो लाग्थ्यो । एउटा बुढा बा, बुढी आमा, दाइ, भाउजु र थ्रीमा पढ्ने एउटा सानो बच्चा मात्र उक्त घरमा बस्दै आउनुभएके रहेछ । ३० मिनेट अघिमात्र छिरेको मलाई उहाँहरुले राम्रो सेवासत्कार गर्नुभयो । खाजा खाएर म माथि आए थिएँ । म आखी झ्यालबाट दृश्य अवलोकन गर्दै थिए दुःखलाई भुल्न भनेर ।

आगमनमा १५–१६ वटाको गु्रपमा बाख्रँहरु मकै खाँदै थिए । अगाडीबाट रहेको गोठमा हेरे । दुइवटा ठूला भैसीहरु देखे । मनमनै विचार गरे । काठमाण्डौंमा घरभएको मालिकले पनि कामलाई कति प्यार गरेको ? देखिएका बाख्राहरु र भैसीलाई पाल्न त कठिन मेहनत बिना सम्भव थिएन । मनमनै मेहनती घरमा सदस्यहरुलाई तारिफ गरे । तल कुखुरा हो कि कालिज हो कराएको आवाज आयो । घरबेटी दाजुले कालिज काट्नुभएको रहेछ । जुनकुरा दाजुले मलाई सोधेपछि थाहा भयो । म कोठामा पस्ने ढोकामा बसेर सबै दुश्य हेरिरहेको छु । घरबेटी आमाले दुध दुहेर ल्याउनुभयो र आगनमा दुध पकाउन थाल्नुभयो । उता दाजु भने कालिजको मासु काट्न थाल्नुभयो र भन्नुभयो । सार! हजुरले कालिजको मासु खानुभाछैन होला भनेर कालिज ल्याआको ।

“हे होर दाई । धन्यवाद” म मुसुक्क मुस्कुराउन खोजे तर सकिन । दाजु भित्र वस्तुभयो र सायद मासु पकाउन थाल्नुभयो कि क्या हो । प्याजको गन्ध बाहिरसम्म आइपुग्यो । केही समयपछि मलाई घरबेटी बुबाले खाना खान बोलाउनुभयो । म तल झरेँ । मैले खाजा खाने समयमा भनेको थिए कि बाबुलाई म भोलिदेखि राम्रोँसँग हेरचाह र पठनपाठन गराउँछु भनेर । सायद उनीहरु ढुक्क थिए । कि अब त बाबुको पढाइ सुध्रन्छ भनेर ।

यो घरको परिवारको सदस्यले दिएको सेवा सत्कारले म दङ्ग परे । ज्वाइलाई जस्तै ठूलो सत्कार थियो । गरिब परिवारमा जन्मिएको मैले यत्तिको सत्कार आजको दिनसम्म कतै पाएको थिइन । कालिजको मासु, तील र गोलभेडाको अचार, काउलीको तरकारी, दुध, घ्यू आदि घ्यू बाहेक सबै मेरा लागि मनपर्ने चिजहरु थिए ।विछोडको पिडाले खाना खान मन थिएन । तैपनि मैले खाना खाएँ । घरबेटी आमाले कालिजको मासु थपिदिनुभयो । मैले पुग्यो भन्दा पनि थपिदिनु भएकाले भ्याउन साह्रै गाह्रो भयो । तैपनि मलाई त्यो भोजन मिठो लागेन । विद्यालयमा प्रवेश गरेदेखि घरमा धेरैपल्ट फोन गरे र घरपरिवारको फोन धेरै पटक रिसिभ गरे । मनमनै मैले खाना राम्रोसँग नखाएकोले होला घरबेटी आमाले भन्नुभयो । मास्टरसाप ! चिन्ता लिनुहुँदैन है । खै त मेरो छोरो पनि दश वर्ष हराको हो । इन्डिया गाको रे हामी सबैलाई छाडेर मर्दको छोरोले चिन्ता नलि है ?” पेट भोकै हुन्छ । लाज नमान है । मैले हुन्छ भनेर टाउँको हल्लाए ।साचेको थिए कि जतिसुकै नराम्रो ठाउँ र नराम्रो व्यवहार गरेपनि राम्रो छ भनेर ढाट्ने छु तर ढाट्नुपर्ने वातावरण सिर्जना भएन ।

बेलुकाको खाना पश्चात् नयाँ घरमा नयाँ सदस्यहरुसँग केहीसमय भलाकुसारी भयो । ओछ्यानमा पल्टन पुगे । घरबेटी दाजु मेरो कोठामा पुगेर केही समस्या भए राख्नु है मास्टर साप भन्नुभयो । तल झर्नुभयो । ओछ्यानमा पल्टदै बुढा बा, बुढी आमा, श्रीमती र छोराछोरीलाई एकैपल्ट सम्झिए । पच्चीसवर्ष अघि सहरमा पढ्न जाँदा पनि यत्तिको पिडा भएको थिएन । हिजो आमाले दिनुभएको अर्ती उपदेशहरु सम्झिए । श्रीमतीले बनाएका मिठा–मिठा परिकारहरु सम्झिए र नखाइकन छोडेको कुरा पनि नसम्झेको होइन । छोरा–छोरीसँग बिताएका पलहरु सम्झिएँ । श्रीमतीले आफ्नो भागबाट राम्रो–राम्रो चोक्टा मासु छानेर थपिदिएको पनि सम्झिएँ ।श्रीमतीले आफूले नखाई–नखाइकन मलाई मनपर्ने गोलभेडा र तिलको अचार थपिदिएको सम्झिए । छोराछोरीले हामीलाई छोडेर नजानु है बाबा भनेको कुरा सम्झिएँ । राती तीनपटक सम्म उठेर श्रीमती, छोरा, छोरीलाई एकमासले हेरको सम्झिएँ । श्रीमतीसँग बिताएका ती रमाइला कुराहरु सम्झिएँ । बाले छोरा मान्छे काँटर बन्नुहुँदैन, हक्की बन्नुपर्छ भन्नुभएको कुरा सम्झिएँ । आहाराको खोजीमा मात्र गएको हो । बाबु चिन्ता नगर भनेको कुरा सम्झिएँ । श्रीमतीसँग र छोराछोरीसँग सँगै बिताएका हरेक पलहरु एकपछि अर्को गर्दे आउन थाले । छोरोले “बाबा” भनेको शब्द कानमा गुञ्जियो । छोरीले गालामा आएर किस गरेको स्पर्श भयो । श्रीमतीले राम्रोसँग पढ्नुहोस् र चिन्ता नलिनुस् भनेको प्रेरणादायी शब्दहरु याद आयो ।

विश्व नै सानो गाउँ बनिसकेको आजको आवश्यकता चित्त बुझाउन हरहमेशा प्रयाश गरे तर सकिन । कता–कता छातीमा सय केजीको वजनले थिचेजस्तो भयो । सबै कुरा सम्झिएर एकमनले भोली नै यो स्थायी जागिरलाई लात हानेर घर फर्कने योजना बनाउन मन लाग्यो । तर मेरा इष्टमित्र, छरछिमेकी, आफन्तजनले के भन्लान् भन्न्े चिन्ता मनमा आयो । यदि जागिर छोडेर गएमा सबैले पागलको संज्ञा दिने कुरामा म सतर्क भने थिए । अर्को मनले फेरी सोच्यो कि एउटा परिवारको मायाले दुःखसित कमाएको यो परिस्थितिसँग खुशी मान्नुपर्छ । आज घाउ आलो छ केही दिनपछि घाउ त ठिक भइहाल्छ नि घाउमा खाटा बसेपछि त सबै कुरा ठीक भइहाल्छ होला नि । सुत्न खोज्छु, निन्द्रा आउदैन । घरी कोल्टे फेर्छु, घरी गीत बजाउने प्रयाश गर्छु, घरी उपन्यास पढ्ने प्रयाश गर्छु, घरी कथा पढ्न खोज्छु, मोबाइलमा प्याक तानेर घरी फेसबुक चलाउन खोज्छु तर सबै कार्यहरु शुरुमात्र गर्छु पूरा गर्न सक्दिन । सबै परिवारको सदस्यलाई सम्झिरहन्छु । आमाको माया आफ्नो ठाउँमा, श्रीमतीको माया आफ्नो ठाउँमा, बाको माया आफ्नो ठाउँमा, छोराछोरीको माया आफ्नो ठाउँमा ! मनमनै साचे कस्तो मायामा झल्केको रहेछ यो संसार ।

भ¥याङबाट घत्र्याङ–घुत्र्याङ गरेको आवाज आयो । म झसङ्ग भएँ । आतमा चिया बोकेर घरबेटी दाजु आउनुभयो र भन्नुभयो । “सर चिया खाने हैन ?” “हुन्छ दाई” मैले भने । वास्तवमा चिया पिउने मन ममा थिएन । परिवारको माया पिउने रहर थियो । मलाई बाहिरबाट चिसो बतासले मलाई स्पर्श गरिरहेको थियो । बाहिर कुकुर एक तमासले भुकिरहेको थियो । स्याल कराइरहेको थियो । सुत्नजाने बेलामा घरबेटी आमाले भन्नुभयो । “मर्दको छोराले चिन्ता लिदैन है मास्टर बाबु ।” आफ्नै परिवारको सदस्यले जस्तै माया दिइरहेको थिए यो घरमा तर पनि मलाई आजको यो रात बिताउन ठूलै युद्ध जितेजस्तै हुने भयो । चियाको घुट्कोसँग साचे । सरुवा गर्न मिलिहाल्छ नि । एउटा परिवारको मायाले आफ्नो र जहानको भविष्य डामाडोल पार्नु भएन भन्ने सोचेर चिया पिउन थाले बाहिर हेरे । चकमन्न रात थियो । श्रीमतीलाई फोन लगाएँ । उताबाट घुक्क–घुक्क रोएको आवाज आयो । मेरो १० वर्षकी छोरी भन्दै थिई । “ममि किन रुनुभएको हजुर?” मे भयो ममि? “के……ही भएको छैन …….. छोरी…।” श्रीमती छोरीलाई भुलाउने प्रयास गर्दै राम्रोसँग बोल्न थाली । चकमन्न अध्यारो रातभन्दा पनि मेरो अनुहार कालो भयो । मनउक्लो भयो । आँखाबाट अनायश आँशुका ठिक्काहरु गालामा झर्न थाले

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • netrabati dabong gaupalikama education

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

  • neelkantha nagrpalika

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

  • bachhala sandesh

    “बच्छला सन्देश” पुस्तक विमोचन

  • balkrishna adhikari

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

  • समाचार
  • १

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
    १४ घण्टा अघि

  • २

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    ५ दिन अघि

  • ३

    “बच्छला सन्देश” पुस्तक विमोचन
    ५ दिन अघि

  • ४

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    ५ दिन अघि

  • ५

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    ५ दिन अघि

  • ६

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    १ हफ्ता अघि

  • ७

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    १ हफ्ता अघि

  • ८

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    १ हफ्ता अघि

  • ९

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    १ हफ्ता अघि

  • १०

    नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution