Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ अषाढ १, आईतबार
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

१४ घण्टा अघि
२

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

५ दिन अघि
३

“बच्छला सन्देश” पुस्तक विमोचन

५ दिन अघि
४

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

५ दिन अघि
५

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

५ दिन अघि
६

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

१ हफ्ता अघि
७

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

१ हफ्ता अघि
८

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

१ हफ्ता अघि
९

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ हफ्ता अघि
१०

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
११

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
१२

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो

४ हफ्ता अघि
३

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

३ हफ्ता अघि
४

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि
५

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

२ हफ्ता अघि
६

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
७

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

२ हफ्ता अघि
८

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

५ दिन अघि
९

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

४ हफ्ता अघि
१०

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

२ हफ्ता अघि
११

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

२ हफ्ता अघि
१२

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

२ हफ्ता अघि

स्थानीय तहमा भूमिकाविहीन बनाईएका दलित कार्यपालिका सदस्य

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७९ चैत्र २७, सोमबार (२ साल अघि)
  • ४४९ पटक पढिएको
स्थानीय तहमा भूमिकाविहीन बनाईएका दलित कार्यपालिका सदस्य

श्यामबहादुर मगराती
नगर कार्यपालिका र गाउँ कार्यपालिका स्थानीय सरकारको एक महत्वपूर्ण संसद हो । यसलाई आफ्नो स्थानीय तहका नागरिकहरुका समस्याहरुको समाधानको लागि आवश्यक नीति, नियम तर्जुमा गर्ने र कार्यान्वयन गर्ने थलोको रुपमा पनि चिन्न सकिन्छ । स्थानीय सरकारको कामको प्रभावकारिता मापन गर्ने आधार नै स्थानीय तहको कार्यपालिकाले बनाउने नीति र नियम हुन् । त्यसैले आफ्नो स्थानीय तह कस्तो बनाउने भन्ने सम्बन्धमा कार्यपालिका सदस्यहरुको क्षमता र खुवीमा निर्भर रहन्छ । नीतिगत रुपमा कार्यपालिका सदस्यहरुको भुमिका स्पष्ट भए ता पनि व्यवहारिक रुपमा उनीहरुको भुमिका प्रतिबन्धित गरिएको छ । जसका कारण कार्यपालिका सदस्यहरुको भूमिकामाथि प्रश्न चिह्न खडा भएको छ । कार्यपालिकाका सदस्यहरुले कार्यपालिकाको बैठक, नगर सभा तथा गाउँ सभामा आफ्ना समस्याहरु राख्न पाउँदैनन् । राख्न पाईहाले पनि त्यसको कुनै सुनुवाई नै हुँदैन । अझ दलित समुदायबाट प्रतिनिधित्व गर्ने कार्यपालिकाका सदस्यहरु त पूरै कुहिरोको काग जस्तै भएका छन् । नीतिगत रुपमा उनीहरुको भुमिका र जिम्मेवारी स्पष्ट उल्लेख छ । तर कार्यान्वयनमा भुमिकाविहीन र जिम्मेवारविहीन बनाईएको छ । सरसर्ती हेर्दा दलित समुदायबाट कार्यपालिका सदस्यको रुपमा प्रतिनिधित्व गर्नेहरु अहिलेसम्म दर्शक, ताली बजाउने, हस्ताक्षर गरेर कोरम पु¥याउन मात्र प्रयोग भएको देखिन्छ ।

दलित समुदायबाट कार्यपालिका सदस्यमा प्रतिनिधित्व गरिनु न कसैको रहर हो न त दलित उनीहरुको हक र अधिकारप्रतिको सम्मान नै हो । कानुनले व्यवस्था गरेको कारण कार्यपालिकामा दलित समुदायको प्रतिनिधित्व अनिवार्य रुपमा गराउने व्यवस्था छ । नेपालको संविधान, २०७२ को धारा २२२ अनुसार “गाउँ सभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले पन्ध्र दिनभित्र गाउँ सभाका सदस्यहरुले आफूहरु मध्येबाट निर्वाचित गरेका चार जना महिला सदस्यहरु र दलित वा अल्पसंख्यक समुदायबाट गाउँ सभाले निर्वाचित गरेका दुई जना सदस्यहरु समेत गाउँ कार्यपालिकाको सदस्य हुनेछन् । त्यसैगरी नगर सभामा सदस्यहरुले आफूहरु मध्येबाट निर्वाचित पाँच जना महिला सदस्यहरु र दलित वा अल्पसंख्यक समुदायबाट नगर सभाले निर्वाचित गरेका तीन जना सदस्यहरु समेत नगर कार्यपालिकाको सदस्य हुनेछन्,” भन्ने कुरा उल्लेख गरिएको छ । राज्यका सबै निकायलाई समावेशी बनाउने संविधानको मर्म अनुरुप यी व्यवस्था भएको हो । त्यसैले निर्वाचनबाट जितेर आउन नसक्ने समुदायलाई आफ्नो स्थानीय ठाउँको नीति र नियम तर्जुमा गर्ने ठाउँको प्रतिनिधित्व संविधानले सुनिश्चित गरेको छ । यस अर्थमा दलित समुदायलाई स्थानीय सरकारको नीति निर्माणका लागि कार्यपालिका सदस्यमा सहभागी गराउने कुरा कसैको दया मायाको विषय होईन । तर अहिले दलित समुदायबाट प्रतिनिधित्व गरिरहेका कार्यपालिका सदस्यहरुको अनुभवबाट भने संविधानको मर्म आत्मसात गर्न सकेको छैन भन्ने सवाल बनेको छ । यसरी दलित समुदायलाई कार्यपालिका सदस्यमा प्रतिनिधित्व गराईनुले समानताको पक्ष त केही हदसम्म समेटिएको पाईन्छ । तर समताको पाटो भने पूरै ओझेलमा परेको छ ।

स्थानीय तहहरुले दलित समुदायबाट प्रतिनिधित्व भएका कार्यपालिका सदस्यहरुको क्षमता विकासको नाममा धेरै तालिम, गोष्ठी र सेमिनार मात्र संचालन गरेको पाईन्छ । यसरी क्षमता विकासको नाममा तालिम, गोष्ठी र सेमिनार मात्र गरिरहँदा दलित समुदायका वास्तविक सवालहरु सम्बोधन हुन सकेको छैन । उनीहरुको क्षमता विकास पनि कति हदसम्म गर्ने हो भन्ने स्थानीय तहहरुसँग कुनै सीमा नै छैन । दलित लक्षित योजना माग गर्दा स्थानीय तहहरुबाट प्रायः बजेट नै छैन भन्ने उत्तर आउने गरेको दलित समुदायबाट प्रतिनिधित्व गरेका कार्यपालिका सदस्यहरुको गुनासो छ । अरु समुदायको लागि चाहिं जे गर्न पनि जति पनि बजेट हुने तर दलित समुदायको निम्ति बजेट नहुने ? यस्तो अवस्थामा स्थानीय तहबाट कसरी दलित समुदायको उत्थान हुन सक्छ ? अब स्थानीय तहहरुको दलित समुदायप्रतिको एजेण्डा के हो त ? दलित समुदायबाट कार्यपालिका सदस्यमा प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्यहरु दलित समुदायमा उदारता देखाउन नसक्दा उनीहरु दलित समुदायबाट आलोचित भएका छन् भने मानसिक रुपमा विछिप्त पनि भएका छन् ।

(लेखक : दलित सेवा संघ जिल्ला शाखा धादिङका अध्यक्ष हुनुहुन्छ ।)

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • netrabati dabong gaupalikama education

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

  • neelkantha nagrpalika

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

  • bachhala sandesh

    “बच्छला सन्देश” पुस्तक विमोचन

  • balkrishna adhikari

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

  • समाचार
  • १

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
    १४ घण्टा अघि

  • २

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    ५ दिन अघि

  • ३

    “बच्छला सन्देश” पुस्तक विमोचन
    ५ दिन अघि

  • ४

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    ५ दिन अघि

  • ५

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    ५ दिन अघि

  • ६

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    १ हफ्ता अघि

  • ७

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    १ हफ्ता अघि

  • ८

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    १ हफ्ता अघि

  • ९

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    १ हफ्ता अघि

  • १०

    नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution