Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ अषाढ २, सोमबार
Logo Logo
अर्थ/ब्यापार
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नेत्रावतीमा विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसन र साइबर क्राईम सम्बन्धी अभिमुखीकरण

६ घण्टा अघि
२

धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

१ दिन अघि
३

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

२ दिन अघि
४

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

६ दिन अघि
५

“बच्छला सन्देश” पुस्तक विमोचन

१ हफ्ता अघि
६

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

१ हफ्ता अघि
७

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

१ हफ्ता अघि
८

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

१ हफ्ता अघि
९

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

१ हफ्ता अघि
१०

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

१ हफ्ता अघि
११

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ हफ्ता अघि
१२

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

२ हफ्ता अघि
२

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

३ हफ्ता अघि
३

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि
४

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

२ हफ्ता अघि
५

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
६

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

२ हफ्ता अघि
७

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

१ हफ्ता अघि
८

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

२ हफ्ता अघि
९

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

४ हफ्ता अघि
१०

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

२ हफ्ता अघि
११

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

२ हफ्ता अघि
१२

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

६ दिन अघि

वित्त नीति कसिलो र मौद्रिक नीति खुकुलो बनाउन सुझाव

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०८० बैशाख २३, शनिबार (२ साल अघि)
  • २९४ पटक पढिएको
वित्त नीति कसिलो र मौद्रिक नीति खुकुलो बनाउन सुझाव

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तयारीका लागि पूर्वअर्थमन्त्रीहरूसँग छलफल गर्नुभएको छ । पूर्वअर्थमन्त्री डा प्रकाशचन्द्र लोहनी, ज्ञानेन्द्रबहादुर कार्की, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र डा युवराज खतिवडासँग आगामी आर्थिक वर्षको बजेटबारे सुझाव लिनुभएको हो ।

शुक्रबार भएको छलफलमा पूर्वअर्थमन्त्रीहरूले व्यावहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र अनावश्यक दायित्व थपिने गरी नयाँ आयोजना थप नगर्न सुझाव दिनुभएको छ । त्यस्तै अहिलेको अर्थतन्त्र सुधारका लागि वित्त नीति कसिलो र मौद्रिक नीति केही खुकुलो बनाउनुपर्ने सुझाव पूर्वअर्थमन्त्रीहरूले दिनुभएको छ ।

निजी क्षेत्रलगायत सबैतिर निराशाको अवस्था रहेकाले तत्कालको प्रयास आत्मविश्सास जगाउनु रहेको सुझाव पनि उहाँहरूबाट आएको छ । सामाजिक सुरक्षाका विषयमा सबै राजनीतिक दलमा समान धारणा बन्नुपर्ने विषयमा पनि पूर्वअर्थमन्त्रीहरूले जोड दिनुभएको छ ।

पूर्वअर्थमन्त्री डा प्रकाशचन्द्र लोहनीले अहिलेको समस्या आर्थिकरूपमा मात्र नभई राजनीतिकरूपमा शासन शैलीमै समस्या रहेकाले त्यसमा सुधार आवश्यक रहेको बताउनुभयो । “देशको शासन गर्ने पात्र, शासकीय पद्धति र प्रक्रियामा परिवर्तन गर्न जरुरी छ । फजुल खर्च कटौतीका लागि थुप्रै अध्ययन भएका छन्, त्यस्ता अध्ययनका सुझाव कार्यान्वयन गरिनुपर्छ”, उहाँले भन्नुभयो, “साधारण खर्च कम गर्ने, निजी क्षेत्रको मनोबल उठाएर जाने र सँगसँगै शासकीय चरित्रमा पनि सुधार गर्दै जानु आवश्यक छ ।”

पूर्वअर्थमन्त्री डा ज्ञानेन्द्रबहादुर कार्कीले सुस्ताएको अर्थतन्त्रमा आशा जगाउने गरी यथार्थपरक बजेट ल्याइनुपर्नेमा जोड दिनुभयो । “सबै क्षेत्रमा आशा जगाउने गरी यथार्थपरक बजेट आउनुप¥यो । राष्ट्रिय पुँजी निर्माण गर्न ८० प्रतिशत योगदान रहेको निजी क्षेत्रको मनोबल बढाउन आवश्यक छ”, उहाँले भन्नुभयो, “कृषि, ऊर्जा र पर्यटन क्षेत्र बजेटको प्राथमिकतामा पर्नुपर्छ । वैदेशिक रोजगारीमा गएका श्रमिकको सुरक्षाबारे पनि सोच्नुपर्ने बेला भएको छ ।” अहिले धेरै नेपाली कामदार विदेशको जेलमा रहेको विषयलाई सरकारले गम्भीररूपमा लिनुपर्ने उहाँको भनाइ थियो ।

त्यसैगरी पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सार्वजनिक ऋण प्रयोगमा सरकारले संयमता अपनाउन आवश्यक रहेको बताउनुभयो । सरकारले महँगोमा ऋण लिएर त्यसको उपयोग पुँजी निर्माणमा गर्न नसक्ने हो भने थप समस्या सिर्जना हुने उहाँको भनाइ छ । बहुवर्षीय आयोजनालाई अनावश्यक स्रोत सुनिश्चितता दिन नहुने, आयोजनाको प्राथमिकताका आधारमा कार्यान्वयनमा लैजानुपर्ने, सामाजिक सुरक्षामा एकरुपता कायम गर्नुपर्नेलगायतका सुझाव अर्थमन्त्री महतलाई दिएको पाण्डेले राससलाई बताउनुभयो ।

“बहुवर्षीय ठेक्काको मात्रै रु चार खर्ब बराबरको स्रोत सुनिश्चितता भएको छ । चालु खर्चलाई घटाउन भवन निर्माण, सवारी खरिदजस्ता क्षेत्रमा कार्यविधि बनाएर जान सकिन्छ । प्रदेश र स्थानीय तहले यसमा कति खर्च गर्न पाउने भन्ने यकिन गरिनुपर्छ”, उहाँले भन्नुभयो, “सामाजिक सुरक्षालाई एउटै बास्केटमा हाल्न जरुरी छ ।

रोजगारीका क्षेत्रलाई पनि एउटै निकाय मातहत ल्याउन सकिन्छ ।” अहिले वित्त नीति कडा बनाएर मौद्रिक नीति केही खुकुलो बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो । त्यस्तै कर प्रणालीलाई प्रविधिमैत्री बनाउन र करका दर निर्धारणमा बाह्य व्यक्तिको संलग्नता रोकिनुपर्ने पाण्डेको धारणा छ ।

उहाँले भन्नुभयो, “करका दरमा ‘म्यानुपुलेसन’ नहोस् भनेर सजग हुन सुझाव दिएका छौँ । कर प्रणालीलाई सफ्टवेयर बनाएर भ्याट सरकारी खातामा जाने विषयलाई पनि प्राथमिकतामा राखिनुपर्छ । कर प्रणाली चुस्त बनाउन प्रविधिको प्रयोग बढाउन आवश्यक छ । त्यस्तै उत्पादनमा मात्रै अनुदानको व्यवस्था कार्यान्वयनमा ल्याइनुपर्छ ।”

यस्तै पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले अहिले ठूलो आकारको बजेट ल्याउन नसकिने भएकाले नयाँ योजना तथा कार्यक्रम बजेटमा हाल्नेभन्दा पनि पुराना कार्यक्रमलाई सक्ने गरी बजेट व्यवस्थापन गरिनुपर्ने बताउनुभयो ।

“बजेटको अङ्कको आकार बढाउने ठाउँ छैन । तोकिएको सिलिङ वरिपरि नै बजेट आउनुपर्छ । नयाँ कार्यक्रम नल्याउने र अधुरा कार्यक्रम सम्पन्न गर्ने नीति लिनुपर्छ”, उहाँले भन्नुभयो, “तीनवटै तहका सरकारमा मितव्ययितालाई पहिलो प्राथमिकता दिइनुपर्छ । बहुवर्षीय ठेक्कालाई स्रोत सुनिश्चिता दिनु हुँदैन ।”

सामाजिक सुरक्षाको दायित्व बढ्दै गएको तर स्रोत अपुग रहेको अवस्थामा सबै दलले यसबारे समान धारणा बनाउनुपर्ने र राष्ट्रिय सहमति जुटाउनुपर्ने खतिवडाको भनाइ छ । बजेटमा विचलन नहोस् भन्नेबारे पनि सरकारलाई सुझाव दिएको उहाँले बताउनुभयो । ‘‘बजेटमा विचलन नहोस्, करका प्रस्ताव तलमाथि नहोस् । पहिलो त्रैमासिकमै रकमान्तर गर्ने काम रोकियोस्”, डा खतिवडाले भन्नुभयो, “राज्यले भार बोक्न नसक्ने अवस्थाका आयोजनामा निजी क्षेत्रको सहयोग लिन सकिन्छ । अहिले मौद्रिक नीति खुकुलो गर्न सकिन्छ ।

तर वित्त नीति कसिलो हुनुपर्छ ।” पूर्व अर्थमन्त्रीहरूसँग सुझाव लिएपछि अर्थमन्त्री डा महतले लक्ष्यको तुलनामा कम राजस्व उठेको अवस्थामा खर्च कटौती गर्ने, प्राथमिकता प्राप्त आयोजनालाई मात्र बजेट छुट्याउने र निजी क्षेत्रको आत्मविश्वास बढाउन आफू लागिपरेको बताउनुभयो । साथै उहाँले प्रतिफल नदिने आयोजनामा लगानी नगर्ने र तोकिएको समयमै सम्पन्न हुने, कार्यान्वयन तुरुन्तै गर्न सकिने पूर्वाधार आयोजनालाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो ।

छलफलका क्रममा अर्थमन्त्री डा महतले अहिलेको जटिल अवस्थालाई सम्बोधन गर्ने गरी बजेट तयार गर्न आफू प्रयासरत रहेको र यसका लागि सबैबाट सहयोग मिल्ने आशा व्यक्त गर्नुभयो । रासस

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ/ब्यापार सम्बन्धि थप
  • hamal sir

    नेत्रावतीमा विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसन र साइबर क्राईम सम्बन्धी अभिमुखीकरण

  • rojagar mela

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

  • netrabati dabong gaupalikama education

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

  • neelkantha nagrpalika

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

  • समाचार
  • १

    नेत्रावतीमा विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसन र साइबर क्राईम सम्बन्धी अभिमुखीकरण
    ६ घण्टा अघि

  • २

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला
    १ दिन अघि

  • ३

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
    २ दिन अघि

  • ४

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    ६ दिन अघि

  • ५

    “बच्छला सन्देश” पुस्तक विमोचन
    १ हफ्ता अघि

  • ६

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    १ हफ्ता अघि

  • ७

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    १ हफ्ता अघि

  • ८

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    १ हफ्ता अघि

  • ९

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    १ हफ्ता अघि

  • १०

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution