Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ अषाढ १, आईतबार
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

२0 घण्टा अघि
२

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

१ दिन अघि
३

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

६ दिन अघि
४

“बच्छला सन्देश” पुस्तक विमोचन

६ दिन अघि
५

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
६

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

६ दिन अघि
७

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

१ हफ्ता अघि
८

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

१ हफ्ता अघि
९

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

१ हफ्ता अघि
१०

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ हफ्ता अघि
११

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
१२

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो

१ महिना अघि
३

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

३ हफ्ता अघि
४

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि
५

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

२ हफ्ता अघि
६

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
७

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

२ हफ्ता अघि
८

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
९

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

४ हफ्ता अघि
१०

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

२ हफ्ता अघि
११

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

२ हफ्ता अघि
१२

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

२ हफ्ता अघि

विद्यार्थीको सारथी बन्दै विद्यालय नर्स कार्यक्रम

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०८० जेष्ठ २९, सोमबार (२ साल अघि)
  • ७९५ पटक पढिएको
विद्यार्थीको सारथी बन्दै विद्यालय नर्स कार्यक्रम

सिता सापकोटा ‘सितल’
धादिङ, २९ जेठ ।
‘म महिनावारी हुँदा १२ वर्षकी थिए । स्कुलमै भएको बेला एक्कासी पेट दुख्यो । तल्लो पेट असाध्यै दुख्यो, पिसाव लागेजस्तो भयो । सौचालय जाँदा पिसावसँगै रगत देखेँ । बेस्सरी आत्तिएँ, साथीलाई सुनाएँ । साथीले मिसलाई सोधेछ । मिसले महिनावारी भएको हो नडराउ भनेपछि केही शान्त भएँ । साथीले घर पु¥याइदियो । नीलकण्ठ नगरपालिका–३ स्थित नीलकण्ठ मावि, कक्षा ८ मा अध्ययनरत प्रशंसा गुरुङ भन्छिन्–‘दुई वर्ष अगाडिको त्यो घटना मेरो लागि जिन्दगीकै अविश्मरणीय छ ।’
‘त्यतिबेलासम्म ‘प्याड के हो’ थाहा थिएन । मिसले पनि भन्नुभएन । विद्यालयमै प्याड र दुखाई कम गर्ने औषधी पाएको भए सायद मैले त्यत्ति पीडा सहनु पर्दैन थियो होला’, प्रशंसाको त्यतिबेलाको पीडा अहिले पनि अनुहारमा पनि छर्लङ्गै देखिन्छ । तर, त्यतिबेला प्रशंसाले भोगेको जस्तो पीडा अहिले अरुले भोग्नु परेको छैन ।
सरकारले ल्याएको एक विद्यालय एक नर्स कार्यक्रम विद्यालयमा सुरुभएसँगै महिनावारी भएको बेला होस् या अन्यकुनै समस्या हँुदा विद्यालयमै पाउने उपचारले सबै खुसी छन् । विद्यालय आएको बेला महिनावारी भयो भने कक्षा छोडेर घर फर्किनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

अहिले नीलकण्ठ माविमा औषधी उपचार गर्ने छुट्टै कोठा छ । एकजना नर्स छ । महिनावारी हुँदा लगाउने प्याड विद्यालयले फ्रि मै उपलब्ध गराउँछ । ‘विद्यालयमा नर्स नहुँदा कति पटक पढाई छोडेर घर जानुपथ्र्याे, साथीहरु पनि त्यसैगरी हिड्थे, तर अहिले भने त्यो समस्या छैन’, प्रशंसाले खुसी सुनाइन् ।

विद्यार्थीहरुले घरमा भन्दा विद्यालयमा सुरक्षित भएको महसुस गर्न थालेका छन् । सामान्य रुघाखोकी लाग्दा समेत कक्षा छोडेर अस्पताल वा घर जानुपर्ने समस्या हडेको कक्षा ८ का आयुष भट्ट बताउँछन् । ‘अतिरिक्त क्रियाकलाप गर्दा कहिलेकाँही चोट लाग्छ, टाउको दुख्छ, मौसमी रुघाखोकी लाग्छ त्यतिबेला घरमा बरु औषधी हुँदैन, विद्यालयमै आएर औषधी खाने गरेका छौं’, आयुष भन्छन्–‘घर भन्दा अहिले त हामीलाई विद्यालय नै सुरक्षित लाग्न थालेको छ ।’

आर्थिक वर्ष २०७५/०७६ देखि बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले एक विद्यालय एक नर्स कार्यक्रम ल्यायो । त्यहि कार्यक्रम अन्तर्गत नीलकण्ठ माविले पनि यो कार्यक्रम सुरु ग¥यो । धादिङका ४९ वटा विद्यालयमा यो कार्यक्रम लागु छ ।
कार्यक्रमबाट विद्यार्थी मात्र होइन शिक्षकहरु पनि सन्तुष्ट छन् । विद्यार्थीको स्वास्थ्य समस्यामा सुधार भई नियमित पठनपाठनमा पनि राम्रो सुधार आएको नीलकण्ठ माध्यमिक विद्यालयकी सामाजिक शिक्षिका नानीमाया कार्की बताछिन् ।

बालबालिकालाई मनोसामाजिक समस्या देखिन्थ्यो । रुघाखोकी, मौसमी फ््लु जस्ता समस्याले निकै सताउँथ्यो । कति विद्यार्थी विरामी परेको थाहा नै नभएर विद्यालय छुट्ने गरेको थियो । अहिले त्यस्ता सबै समस्या समाधान भएको कार्की बताउछिन् । उनी भन्छिन्– ‘अहिले विद्यालयमै विद्यार्थीको उपचार हुन्छ, केही समय नर्सको रेखदेखमा उपचारपछि उनीहरू पुनः कक्षाकोठामा फर्कन्छन् । अहिले जटिल समस्या देखिएका बालबालिकालाई मात्र घर पठाउने गरेका छौँ ।’

विद्यालयमा गर्मीका कारण बेहोस हुने, खेल्दा चोटपटक लाग्ने, महिनावारी, टाउको दुख्ने, मौसमी रुघाखोकी आदिको उपचार हुँदै आएको बालमन्दिर विद्यालयका नर्स अनिता गुरुङले बताइन् । ‘अहिले सामान्य समस्यामा उपचार र स्वास्थ्य सम्बन्धी सबैलाई जान्नुपर्ने ज्ञान दिँदै आएकी छु, उनी भन्छिन्–‘किशोरीलाई भने महिनावारीको समयमा धेरै नै सहज भएको छ, दिवा खाजामा हामीले ‘जंक फुड’ को प्रयोगमा नियन्त्रण गरेका छौँ ।’

विद्यालयले छुट्टै मेडिकल रुम पनि बनाएको छ । नर्सले प्राथमिक उपचार सँगसँगै महिनावारी विशेष शिक्षा, विद्यार्थीको पौष्टिक खाना, बालबालिकाको वृद्धि विकासलगायतमा पनि ध्यान दिएकी छन् । नर्सले महिनावारीका बेला छात्राहरू लजाउने तथा प्याड प्रयोग गर्न अप्ठ्यारो मान्ने समस्या पनि समाधान गर्दै आएकी छन् । किशोरीलाई प्याडको आवश्यकता र यौन स्वास्थ्यबारे सिकाउने तथा महिनावारी भएका बेला सेनेटरी प्याड निःशुल्क प्रदान गर्दै आएको नर्स गुरुङले जानकारी दिइन् । “विद्यार्थीलाई यौन तथा प्रजनन शिक्षा, पौष्टिक खानेकुरा र स्वास्थ्य रहन अपनाउनुपर्ने शिक्षा पनि दिंँदै आएकी छु”, उनले भनिन् ।

कार्यक्रम अन्तर्गत यौनजन्य हिंसा न्यूनीकरण, शारीरिक तथा मानसिक स्वास्थ्य शिक्षा, धूमपान, मद्यपान र सूर्तीजन्य पदार्थको प्रयोग न्यूनीकरणका लागि अभिभावक तथा समुदायलाई स्वास्थ्य शिक्षा प्रदान पनि गर्दै आएकी छन् । समय समयमा बालबालिकाको स्वास्थ्य जाँच, रक्तचाप जाँच, स्वास्थ्य शिक्षालगायत कार्यका लागि नर्स राखिएको जनाइएको छ ।

नेत्रावती डबजोङ गाउँपालिकास्थित निरञ्जना माध्यमिक विद्यालयका प्रधानध्यापक विकास थापा मगरले ग्रामीण भेगका विद्यालयमा नर्स कार्यक्रम निकै प्रभावकारी भएको बताउँछन् ।

आगामी आ.व.मा धादिङका १३ वटै स्थानीय तहमा रहेका सामुदायिक विद्यालयमा नर्स कार्यक्रम थप हुने शिक्षा विकास तथा समन्वय एकाइ धादिङका निमित एकाइ प्रमुख कृष्णकुमार श्रेष्ठले बताए । “विद्यालयका विद्यार्थीमा देखापरेका स्वास्थ्यसम्बन्धी समस्या समाधान गर्न नर्स विद्यालय कार्यक्रमको भूमिका निकै महत्त्वपूर्ण हुन्छ”, उनले भने ।

धादिङ जिल्लाभर ५ सय ३८ सामुदायिक र ४८ संस्थागत विद्यालय छन् । हालसम्म एक विद्यालय एक नर्स कार्यक्रम बागमती प्रदेशका ५ सय १९ विद्यालयमा सञ्चालन भइरहेको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा रवीन भुसालले जानकारी दिए ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • rojagar mela

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

  • netrabati dabong gaupalikama education

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

  • neelkantha nagrpalika

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

  • bachhala sandesh

    “बच्छला सन्देश” पुस्तक विमोचन

  • समाचार
  • १

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला
    २0 घण्टा अघि

  • २

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
    १ दिन अघि

  • ३

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    ६ दिन अघि

  • ४

    “बच्छला सन्देश” पुस्तक विमोचन
    ६ दिन अघि

  • ५

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    ६ दिन अघि

  • ६

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    ६ दिन अघि

  • ७

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    १ हफ्ता अघि

  • ८

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    १ हफ्ता अघि

  • ९

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    १ हफ्ता अघि

  • १०

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution