धादिङ,२९ भाद्र ।
सरकारले देशको आवश्यकता महसुस गरेर बूढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउनुपर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष एवं संघीय साँसद डिपी अर्यालले जोड दिनुभएको छ ।
शुक्रबार गृह जिल्ला धादिङ आइपुग्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टिका उपाध्यक्ष एवं सङ्घीय सांसद अर्यालले पत्रकार भेटघाटमा सरकारले देशको आवश्यकताको आयोजनाका सम्बन्धमा निर्णय गरेर अघि बढ्न नसक्दा बूढीगण्डकीको कामले गति लिन नसकेको बताउनु भएको हो ।
उहाँले सरकारले देशका लागि आवश्यक आयोजना हो भनेर प्राथमिकतामा राखे तुरुन्तै उक्त आयोजना सुरु हुने बताउनुभयो ।
सांसद अर्यालले भन्नुभयो, “सरकारले चासो र ग्यारेन्टी लिन प¥यो, अनि पो जनता ढुक्क हुन्छौँ । लगानी गर्ने वातावरण बन्छ अनि जनताकै पैसाले बूढीगण्डकी आयोजना बन्छ । विदेशी लगानी पनि चाहिँदैन । ”
मुआब्जा वितरण, कार्यालय स्थापना र व्यवस्थापनका नाममा भ्रष्टाचार भइरहेको उल्लेख गर्दै उहाँले समय गुजँ्रदै जाँदा आयोजना बनाउन महँगो बन्ने सङ्केत देखिएकोे बताउनुभयो ।
“बूढीगण्डकी लगायत ठूला आयोजना बन्नु भनेको देश समृद्धितर्फ लाग्नु हो। तर भाषणमै सीमित हुनुभन्दा काम गरे पो देश समृद्ध हुन्छ । त्यसैले रोकिएका मुआब्जा दिएर काम अघि बढाउनुपर्छ,” सांसद अर्यालले भन्नुभयो ।
धादिङ र गोरखाको मात्रै नभएर देशकै मुहार फेर्ने आयोजना निर्माणमा सबै मिलेर अघि बढ्न जरुरी रहेको उहाँको भनाइ छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |