इसेवाले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा १५ वटा विभिन्न अफर सार्वजनिक गरेको छ। यो अफर माघ ११ गतेदेखि माघ २५ गतेसम्म सञ्चालनमा रहने कम्पनीको भनाइ छ।
इसेवाले १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना सम्पूर्ण ग्राहकवर्ग, एजेन्ट सञ्जाल तथा मर्चेन्टहरू प्रति कृतज्ञता जाहेर गर्दै १५ दिनमा १५ विभिन्न आकर्षक अफरहरू ल्याएको बताएको छ।
आफ्नो १५औं वार्षिकोत्सवमा धेरै भन्दा धेरै प्रयोगकर्तालाई लाभ पुर्याउनका लागि टपअप, हवाई टिकट, बैंक लोड, इसेवा केयर, स्पिकर खरिद, होटल बुकिङ लगायतका विविध सेवाहरूमा आकर्षक अफर इसेवाले ल्याएको हो।
यी सबै अफरबारे थप जानकारी इसेवाको आधिकारिक सामाजिक सञ्जालमा उपलब्ध हुने पनि इसेवाले जनाएको छ।
इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भने, हामीलाई यो अवस्थामा आउन सहयोग गर्नुहुने सम्पूर्ण इसेवा प्रयोगकर्ता, एजेन्ट सञ्जाल, मर्चेन्ट, पाटनर्स बैंक, नियमक निकाय, कर्मचारी साथी, प्रेस र सम्पूर्ण शुभचिन्तकलाई आभार प्रकट गर्न चाहन्छौँ।
हामीले आगामी दिनमा इ–सेवाको मोबाइल एपलाई सम्पूर्ण आम मानिसको हरेक क्रियाकलापमा साथ दिनलाई थप विविध सेवाहरू अझ सुदृढ रूपमा लिएर आउने लक्ष्य लिएका छौँ।
डिजिटल कारोबारको प्रणालीलाई अपनाएर निरन्तरको यो साथका लागि सधैं आभारी रहेको पनि इसेवाले जनाएको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |