Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ अषाढ १, आईतबार
Logo Logo
अर्थ/ब्यापार
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

८ घण्टा अघि
२

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

१ दिन अघि
३

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

५ दिन अघि
४

“बच्छला सन्देश” पुस्तक विमोचन

५ दिन अघि
५

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

५ दिन अघि
६

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

६ दिन अघि
७

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

१ हफ्ता अघि
८

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

१ हफ्ता अघि
९

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

१ हफ्ता अघि
१०

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ हफ्ता अघि
११

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
१२

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो

४ हफ्ता अघि
३

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

३ हफ्ता अघि
४

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि
५

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

२ हफ्ता अघि
६

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
७

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

२ हफ्ता अघि
८

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

५ दिन अघि
९

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

४ हफ्ता अघि
१०

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

२ हफ्ता अघि
११

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

२ हफ्ता अघि
१२

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

२ हफ्ता अघि

नागढुङ्गा सुरुङमार्ग पूर्वाधार निर्माणमै ‘ब्रेक थ्रू’

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०८१ बैशाख ४, मंगलबार (१ साल अघि)
  • ४२२ पटक पढिएको
नागढुङ्गा सुरुङमार्ग पूर्वाधार निर्माणमै ‘ब्रेक थ्रू’

धादिङबेशी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुप्रतिक्षित नागढुङ्गा सुरुङमार्गको सोमबार ‘ब्रेक थ्रू’ गर्नुभएपछि मुलुक पूर्वाधार निर्माणको नयाँ चरणमा प्रवेश गरेको धारणा सम्बद्ध विज्ञहरुले गरेका छन् ।

यद्यपि सोमबार छिचोलिएको यो सुरुङमार्ग प्रयोगमा आउन भने एक वर्षभन्दा बढी समय लाग्नेछ । यस अगाडिसम्म राज्यको आम जनतासम्म सडक सुविधाको पहुँच पुर्याउने लक्ष्य रहने गरेकामा अब आवागमनलाई छिटो र सहज बनाउने चरणमा प्रवेश गरेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल बताउनुहुन्छ । “करिब ९० जनता आफू बसेको ठाउँबाट बढीमा एक घन्टाको दूरीमा सडक भेटछन् भन्ने अध्ययनले देखाएको छ । त्यसैले अब बनेका सडकलाई बलियो र छरितो बनाउने काम सुरु गर्ने समय आइसक्यो”, उहाँको भनाइ छ ।

नागढुङ्गा सुरुङमार्ग त्यही कामको सुरुआत भएको पनि उहाँ बताउनुहुन्छ किनकि यससँगै अब निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग कुनै बाधा नपरे अबको एक वर्षभित्र छिचोलिन जानकारी पनि उहाँ दिनुहुन्छ । यसपछि बागलुङस्थित भिरकोटको सुरुङ मार्ग पनि निर्माणका लागि तयारी भइरहेको छ । निर्माणाधीन काठमाडौँ तराई दु्रत मार्गमा चार स्थानमा गरी झन्डै ६ किलोमिटर सुरुङमार्ग निर्माण हुँदैछ ।

त्यसैगरी, बिपी कोइराला राजमार्गको चियाबारी सुरुङ मार्ग पनि छिचोलिने तयारीमा छ । यसरी क्रमशः देशका विभिन्न ठाउँमा सुरुङ मार्गको आवश्यकता महसुस हुन थालेको महानिर्देशक ढकाल बताउनुहुन्छ । यद्यपि दुई सय मिटरसम्मका सुरुङ मार्ग सहजै सञ्चालन गर्न सकिने भए पनि त्यसभन्दा लामा सुरुङ मार्ग भने सुरक्षा, अक्सिजन र वातानुकूलन जस्ता धेरै विषय वस्तुको प्रबन्ध मिलाउनुपर्ने भएकाले खर्चिला हुने जानकारी पनि उहाँले दिनुभयो ।

नागढुङ्गा सुरुङ मार्गले पनि करिब यस्तै संवेदनशीलता बोकेको छ । आजको ब्रेक थ्रूपछि खनेर माटो आदि निकाल्ने काम सकिए पनि सवारी साधन पूर्ण रुपमा चल्न झन्डै एक सय जनाको जनशक्तिले निरन्तर काम गर्नुपर्ने परियोजनाको परामर्शदातृ संस्था निप्पन कोइका इन्जिनियर रमेशप्रसाद कोइराला बताउनुहुन्छ ।

बीचमा अन्य कारणले अवरोध नआएमा आगामी वर्षभित्र यो मार्ग पूर्ण रुपमा सञ्चालन हुने छ । यो सुरुङ मार्ग सञ्चालनमा आएपछि त्रिभुवन राजपथ सिस्नेखोलादेखि बलम्बुसम्मको दूरी तीन किलोमिटरले कम हुनेछ । सडकको दूरी तीन किलोमिटरले मात्र कम भए पनि सुरुङ मार्गको पश्चिमी प्रवेश विन्दुदेखि नागढुङ्गासम्मको उकालो र त्यहाँ हुने ट्राफिक जामलाई समेत हिसाब गर्दा एक व्यक्तिको झन्डै आधा घन्टा समय बचत हुने देखिएको कोइराला बताउनुहुन्छ । साथै यसले यसअघि अनुभव नभएको यातायातका लागि सुरुङ मार्ग बनाउने राष्ट्रिय क्षमता वृद्धि गर्नाका साथै प्रविधि हस्तान्तरणमा समेत सहयोग पुर्याउने कोइराला बताउनुहुन्छ । “अब नेपालीले पनि यस्ता सुरुङमार्ग बनाउन सक्छन् भन्ने स्थापित भएको छ”, उहाँले भन्नुभयो । हाम्रोजस्तो ८५ प्रतिशत पहाडी भूभाग भएको र नदीनालाका कारण कहीँबाट कतै जान उकाली ओराली गर्नुपर्ने र अनगिन्ती घुम्तीबाट गुज्रनुपर्ने बाध्यतालाई सुरुङमार्गले कम गर्न सक्ने उहाँ बताउनुहुन्छ । “कुनै पनि एक प्रस्थान विन्दुबाट गन्तव्यसम्म सिधा जोड्ने अवसर सुरुङ मार्गले दिन्छ”, उहाँ थप्नुहुन्छ । यसबाट बचत हुने समय र इन्धनको हिसाबले त सुरुङ मार्गको फाइदा बहुआयामिक देखिने पनि उहाँले बताउनुभयो ।

चार वर्षअघि सुरुङ गर्दा कसरी गर्ने भन्ने अन्योल भए पनि त्यसको अनुभवका आधारमा भविष्यमा नेपालमा थुप्रै सुरुङ बन्ने देखिएको धारणाको उहाँको छ । सुरुङ मार्गको डिजाइनमा संलग्न वरिष्ठ इन्जिनियर डा भोला घिमिरेका अनुुसार समग्र देशकै आत्मविश्वास उत्पन्न भएको छ । नेपालीमा अब सुरुङ खनेर विकास गर्ने आँट आएको बताउनुहुन्छ ।

अनुमानित समयबाट निश्चित समयतर्फ

ब्रेक थ्रू नहुँदासम्म दिनमा कति मिटर खनिन्छ र कहिले सकिन्छ भन्ने अनुमानमा चल्नुपर्ने अवस्थाबाट आजदेखि सुनिश्चितातर्फ लागेको कोइराला बताउनुहुन्छ । यातायातका लागि अत्याधुनिक यो सुरुङ मार्गमा अक्सिजनको निरन्तर आपूर्ति सबैभन्दा संवेदनशील विषय हो । यसका लागि १५ वटा जेट फ्यान आवश्यक हुने कोइराला बताउनुहुन्छ । यसका साथै कूल दुई हजार ६ सय ८८ मिटर दूरीमा चौबिसै घन्टा उज्यालो आवश्यक हुन्छ । बत्ती र अन्य संयन्त्रको सञ्चालनका लागि कूल दुई मेगावाट विद्युत् चाहिने भएकाले विद्युत् प्राधिकरणको मातातीर्थ स्टेसनबाट ११ केभिएको २४ घन्टे डेडिकेटेड लाइन ल्याउने व्यवस्था गरिएको जानकारी उहाँले दिनुभयो । साथै जेनेरेटरलाई पनि तयारी हालतमा राख्ने व्यवस्था समेत गरिएको उहाँले बताउनुभयो ।

यसबाहेक निरन्तर सञ्चार संयन्त्र तथा अग्नि नियन्त्रक यन्त्र र सुरुङभित्र जडान भएका अन्य संयन्त्र (टनेल फ्यासिटी) हरहमेसा तयारी हालतमा राख्नुपर्छ । आगलागी सुरुङ मार्गको सर्वाधिक जोखिमको विषय भएका कारण त्यसका लागि सर्वाधिक संवेदनशील निरन्तर सतर्क हुनुपर्छ । आगलागी भइहालेको अवस्थामा सुरुङभित्र जडित अग्निसमन यन्त्रको तत्काल प्रयोग गर्ने कन्ट्रोल रुमलाई तत्काल परिचालन गर्ने र आगलागीको अवस्थाको जानकारी सुरुङ मार्गमा रहेका र पस्दै गरेका सवारी साधनहरुलाई माइक र एफएम रडियोमार्फत तत्काल दिनेजस्ता कार्य हुनेछन् । त्यसपछि ट्राफिक व्यवस्थापन र डाइभर्सन तत्काल गराउने, सुरुङ मार्गमा राखिने भिजुअल बोर्डमा तत्काल आगलागी र सुरक्षासम्बन्धी सूचनाहरु डिस्प्ले गराउने र सबै सञ्चारमाध्यमम समेत कन्ट्रोल रुममार्फत यसबारेको जानकारी प्रेषित पठाउने व्यवस्था गरिने जानकारी दिनुहुन्छ ।

सुरुङको सुरक्षाका लागि सिसिटिभी क्यामेरा तथा सबै संयन्त्रको सञ्चालन गर्न एक कन्ट्रोल रुमसमेत सुरुङ मार्गको पूर्वी पोर्टल नजिक बन्दै छ । सामान्यतया सुरुङ मार्गभित्र एफएम रेडियोको तरङ्ग पुग्न नसक्ने भएकाले त्यहाँबाट गुज्रने यातायातका साधनहरुमा निर्बाध रेडियो बजून् भन्नका लागि रेडियो सिग्नल पु¥याउने सञ्जाल त्यहाँ स्थापना गरिनेछ । उल्लिखित सबै कार्यका लागि पर्याप्त जनशक्तिको व्यवस्थापन हुने उहाँले बताउनुभयो ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ/ब्यापार सम्बन्धि थप
  • rojagar mela

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

  • netrabati dabong gaupalikama education

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

  • neelkantha nagrpalika

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

  • bachhala sandesh

    “बच्छला सन्देश” पुस्तक विमोचन

  • समाचार
  • १

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला
    ८ घण्टा अघि

  • २

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
    १ दिन अघि

  • ३

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    ५ दिन अघि

  • ४

    “बच्छला सन्देश” पुस्तक विमोचन
    ५ दिन अघि

  • ५

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    ५ दिन अघि

  • ६

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    ६ दिन अघि

  • ७

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    १ हफ्ता अघि

  • ८

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    १ हफ्ता अघि

  • ९

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    १ हफ्ता अघि

  • १०

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution