धादिङ । नेकपा माओवादी केन्द्र निकट मजदुर संगठन अखिल नेपाल यातायात मजदुर संगठन धादिङको सातौ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
अखिल नेपाल ट्रेड युनियन महासंघ र अखिल नेपाल यातायात मजदुर संघको संयुक्त आयोजनामा १३६औँ मे दिवस अर्थात अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा अखिल नेपाल यातायात मजदुर संगठन धादिङको सातौ जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न भएको हो ।
उक्त सम्मेलनबाट प्रदिप भट्टको अध्यक्षतामा १९ सदस्ययीय जिल्ला समन्वय समिती रहने गरि गठन भएको छ । जसको बरिष्ठ उपाध्यक्षमा सविन अधिकारी, उपाध्यक्षमा राजकुमार सुबेदी,सचिवमा ठाकुर बुर्लाकोटी, सहसचिवमा खेमराज सिलवाल, कोषाध्यक्षमा रामचन्द्र तोलाङगी चयन हुनुभएको छ । सदस्यहरुमा हरि गुरुङ, किसान अधिकारी, सरोज भण्डारी, निर्मल तामाङ, राजन तामाङ, सुरेन्द्र श्रेष्ठ, रामकुमार गिरी, अष्टलाल तामाङ, मनोज अधिकारी, निरोज अर्याल लगायत चयन हुनुभएको छ ।
अखिल नेपाल ट्रेड युनियन महासंघ धादिङको अध्यक्ष शंकर तामाङको अध्यक्षता नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य राम बहादुर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त जिल्ला सम्मेलनमा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय सचिव संगीता वानिया, नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सहसचिव दल बहादुर बुुर्लाकोटी बिजय, पार्टी जिल्ला संयोजक मनराज भण्डारी, जिल्ला सल्हाकार संयोजक केशरी पन्त लगायत विभिन्न जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागीमा सम्पन्न भएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |