गजुरी, २० बैशाख । गजुरी गाउँपालिकाको आयोजनामा गजुरी गाउँपालिका वडा नं ४ स्थित नेवारबॉसमा बाँसका सामग्री बनाउने एक महिनाको तालिम सुरु भएको छ ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गतको तालिम शुक्रबार देखि सुरु भएको हो । गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले एक कार्यक्रमका बिच उक्त तालिमको उद्घाटन गर्नु भयो ।
सो समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले स्थानीय स्रोत साधनको अधिकतम उपयोग गर्दै रोजगारी सिर्जना गर्न यस्तो तालिमले महत्वपूर्ण टेवा पुग्ने बताउनु भयो । सिपयुक्त जनशक्ति तयार पारेर उद्यमशीलता अभिवृद्धि गर्ने पालिकाको उदेश्य रहेको भन्दै अध्यक्ष श्रेष्ठले पालिकाले तालिम पश्चात उत्पादन भएका सामाग्रीहरुलाई बजारसम्म पुर्याउने आवश्यक सहयोग बताउनु भयो ।
तालिममा गजुरी गाउँपालिका भित्रका महिलाहरू, युवा र विपन्न समुदाय स्थानियहरुको सहभागीता रहेको छ । सहभागीहरूलाई बाँसबाट विभिन्न सामग्री—टोकरी, ,मुडा लगाएतका सामग्री बनाउन सीप प्रदान गरिने छ । प्रशिक्षकहरू मार्फत सैद्धान्तिक र प्रयोगात्मक दुबै खालका प्रशिक्षण दिइने छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |