सुनौलाबजार, २० बैशाख । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ मौरीडाँडामा भैरवी आमा समूहको भवन उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमको बिच आमा समुहको भवन नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक बिश्वकर्माले उद्घाटन गर्नु भएको हो ।
सो अवसरमा आमा समुहका सदस्यहरुलाई पोसाक र परिचयपत्र बितरण गर्नुको साथै ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि समेत रहनुभएका नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माले आमा समुहका सदस्यहको हक अधिकारको निमित्त आफु सधै प्रतिवद्धरहेको बताउनु भयो । कार्यक्रममा उप–प्रमुख बिश्वकर्माले बिगतमा पनि आफुले सहयोग गर्दै आएको र आगामी दिनमा पनि आफुले सक्ने सहयोग गर्ने बताउनु भयो । उहाले हाल धादिङदेखी फोस्रेटार जाने सडकलाई मुकुन्दशेन स्मृति मार्ग नामाकरण गरिएको समेत जानकारी गराउनु भएको थियो ।
आमा समूहको अध्यक्ष तारा बसेल नेपालीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा वडा नम्बर ६ का वडा अध्यक्ष भूपेन्द्र कुमार श्रेष्ठ, कार्यपालिका सदस्य एवम् आर्थिक समिति संयोजक लक्ष्मण रम्तेल र समाजसेवी भेषराज ठकुरी लगायतको आतिथ्यता रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |