धादिङबेशी । नेत्रावती डवजोङ गाउँपालिकामा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
बैशाख १६ गते पालिकाको पाङ्गण तथा १७ गते वडा न १ को कार्यालय मार्पाकमा कार्यक्रम सम्पन्न गरे संगै यो बर्षको सार्वजनिक कार्यक्रम सम्पन्न भएको हो । पालिकाले यहि अघि पौष १९ गते वडा न ५ कटुन्जेमा यस बर्षको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको थियो ।
बिन्दुकेशरा मिडिया प्रा.ली.को समन्यमा भएको सार्वजनिक सुनुवाई कार्यक्रमलाई संस्थाका अध्यक्ष बद्री अधिकारीको नेतृत्वमा आएको टिमले सहजीकरण गरेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजाल,उपाध्यक्ष सितामाया चोदेन, प्रमुख प्रशाशकीय अधिकृत हरेराम शाहले नागरिकहरुले उठाएका सवालको जवाफ दिनु भएको थियो । नागरिकहरुले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगाएतको बिषयमा आफ्ना समस्याहरु राखेका थिए ।
नागरिकहरुको गुनासो सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले आगागी दिनमा समस्या समाधान गर्दै जाने प्रतिवद्धता ब्यक्त गर्नु भयो । उहाँले शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त आफुहरुले नियमित रुपमा सार्वजनिक सुनवाईको कार्यक्रम गर्दै आएको भन्दै नागरिकहरु प्रति आफु उत्तरदायी र जवाफदेहि भएको बताउनु भयो । उहाँले यस किसिमको आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |