धादिङबेशी, २ जेठ। महालेखापरिक्षकको ६२ औ बार्षिक प्रतिवेदन अनुसार धादिङको स्थानिय तहमा बेरुजु कम गर्नेमा नीलकण्ठ नगरपालिका पहिलो स्थानिय तह भएको छ ।
आर्थिक वर्ष २०८०/०८१ को तथ्यांक अनुसार नीलकण्ठ नगरपालिकाले जम्मा ०.१२ प्रतिशत बेरुजु मात्र कायम राखेर जिल्लामा पहिलो मात्र नभई, बागमती प्रदेशमा दोस्रो, देशभरका नगरपालिकामध्ये तेस्रो र देशका ७५३ स्थानीय तहहरूमध्ये आठौँ स्थानमा पर्न सफल भएको हो ।
धादिङका १३ वटा स्थानिय तह मध्ये बेरुजु कमी गराई बेनिघाट रोराङ गाउँपालिका दोस्रो हुन सफल भएको छ । बेनिघाट रोराङ गाउँपालिकाले जम्मा ०.४५ प्रतिशत मात्रै बेरुजु कायम गरि धादिङमा दोस्रो भएको हो । त्यसैगरी धुनिबेशी नगरपालिकाले १.४८ प्रतिशत कायम गरि तेस्रो भएको छ । धादिङको सिद्धलेक गाउँपालिकाले १.५१ मात्रै बेरुजु कायम गरि जिल्लामा चौथो हुन सफल भएको छ ।
महालेखापरिक्षकको ६२ औ बार्षिक प्रतिवेदन अनुसार १.६२ प्रतिशत बेरुजु कायम गरि धादिङमा गल्छी गाउँपालिका पाचौ स्थानमा पर्न सफल भएको छ । त्यसैगरी नेत्रावती डवजोङ गाउँपालिका धादिङमा बेरुजु कम गर्ने स्थानिय तहमा छैटौंमा परेको छ । १.७८ प्रतिशत मात्रै बेरुजु कायम गरि ज्लालामुखी गाउँपालिका सातौमा परेको छ ।
धादिङको गजुरी गाउँपालिकाको आ.व. २०८०/०८१ मा २ं.४३ प्रतिशत बेरुजु रहेको छ । रुवी भ्याली गाउँपालिकाको २.६० प्रतिशत बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । त्रिपुरासुन्दरी गाउँपालिकाको ३.४१ प्रतिशत बेरुजु छ भने खनियाबास गाउँपालिकाको ३.६१ प्रतिशत बेरुजु देखिएको छ ।
त्यसैगरीे थाक्रे गाउँपालिकाको ४ प्रतिशत र गंगाजमुना गाउँपालिकाको ५.५४ प्रतिशत बेरुजु रहेको हालसालै महालेखापरिक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |