चिल्ड्रेनपार्क आवासिय माविले विद्यार्थीलाई निर्वाचन प्रकृयाको जानकारी दिँदै विद्यालय नायक र सहनायकको निर्वाचन गराएको छ ।
निर्वाचनबाट विद्यालय नायक र सहनायकको छनौट गर्न विद्यालयको तर्फबाट चुनावको तयारी र प्रकृया पुरा गरेर शान्तपुर्वक निर्वाचन गराएको विद्यालयका प्रिन्सिपल षष्टीकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
५ सय ५३ जना मतदाता रहेको चिल्ड्रेनपार्क आवासिय माविमा ५ सय ३२ जनाले मतदान गरेका थिए ।
एकजना नायकका लागि ७ जना र एक जना सहनायकका लागि ३५ जना उम्मेदवार रहेको प्रिन्सिपल श्रेष्ठले जानकारी दिनुभयो । शुक्रबार भएको मत गणना आइतबार मतगणना गरि मंगलबार मत परिणाम सार्वजनिक गरिने विद्यालयले जनाएको छ ।
मतदाता र उम्मेदवार धेरै भएकोले निर्वाचन बारे विद्यार्थीलाई बुझाउनका लागि पनि व्यवस्थितसंग गणना र मत परिणाम सार्वजनिक गरिने कार्यक्रम तय गरिएको हो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |