धादिङबेशी । विश्व वातावरण दिवस २०८२ को अवसरमा धादिङबेसीमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न संघसंस्था, विद्यालय, सुरक्षा निकाय तथा स्थानीय नागरिकहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रम अन्तर्गत सिरानबजारदेखि पुछारबजारसम्म सरसफाइ गरिएको हो। सरसफाइ अभियानमा डिभिजन वन कार्यालय धादिङ, भैरवी सहकारी संस्था, नेपाल रेडक्रस सोसाइटी, नीलकण्ठ बहुमुखी क्याम्पस, बैङ्कर्स संघ, टोल विकास संस्था, नीलकण्ठ नगरपालिका, सशस्त्र प्रहरी बललगायतका संघसंस्था तथा स्थानीयको उल्लेखनीय उपस्थिति थियो।
सोही अवसरमा नीलकण्ठ नगरपालिका–६ स्थित सुनौबजारको भैरवी मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम समेत सञ्चालन गरिएको थियो। ओखर, रुद्राक्ष, तेजपात, गोलमोहर, म्याग्नोस्टिकसहित १०० भन्दा बढी विरुवा रोपिएको डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यले जानकारी दिए।
यसै क्रममा भैरवी माध्यमिक विद्यालय परिसरमा पनि वृहत वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको थियो। विद्यालय प्राङ्गणमा १५० भन्दा बढी फलफूलका बिरुवाहरू रोपिएको छ।
कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख विष्णु प्रसाद आचार्य, जलाधार कार्यालयका प्रमुख प्रदीप नारायण श्रेष्ठ, तथा नीलकण्ठ नगरपालिका–६ का वडाध्यक्ष भुपेन्द्र श्रेष्ठसहित विद्यार्थीहरूको उपस्थिति थियो। उनीहरूले वातावरण संरक्षणको महत्त्वमा जोड दिँदै आगामी दिनमा अझ प्रभावकारी वृक्षारोपण तथा स्वच्छता कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |