धादिङबेशी २६ जेष्ठ । सिद्धलेक गाउँपालिका वडा नं. ३ सलाङ वसन्तमा पालिका स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । सिद्धलेक गाउँपालिकाको आयोजना र बिन्दुकेशरा मिडिया प्रा.लिको समन्वयमा आ.व. २०८१।०८२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख बक्ताको रुपमा गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, बिशेष बक्ताको रुपमा प्रमुख प्रशाशकीय अधिकृत राम प्रसाद शर्मा र बक्ताको रुपमा वडा अध्यक्ष ज्यूहरु,शाखा प्रमुख ज्यूहरु रहनु भएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माले सार्वजनिक सुनुवाइको महत्व र उद्देश्यबारे प्रकाश पार्नु भएको थियो । उहाँले यस्ता कार्यक्रमले जनताको आवाज सुन्ने र उनीहरूको सरोकारलाई प्राथमिकतामा राख्न सहयोग सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपस्थित नागरिकहरूले सडक, शिक्षा, खानेपानी, स्वास्थ्य सेवा, कृषि लगायतका विविध विषयमा प्रश्न, गुनासो तथा सुझावहरू प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख बक्ता तथा गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, बिशेष बक्ता तथा प्रमुख प्रशाशकीय अधिकृत राम प्रसाद शर्मा,बक्ता देव बहादुर पुलामी तथा शाखा प्रमुखहरुले नागरिकहरुले उठाइएको सवालको जवाफ दिनु भएको थियो ।
प्रमुख बक्ता गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले सार्वजनिक सुनुवाईमा आएका सुझावहरुलाई आगामी दिनका क्रमश कार्यान्वयन गर्दै जाने र आगामी दिनमा यस किसिमको कार्यक्रमलाई निरन्तरता दिँदै जाने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |