धादिङबेशी, ३१ जेष्ठ । धादिङको नेत्रावती डबजोङ गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका घोषणा गरिएको छ । शुक्रबार सेमजोङ स्थित पालिका परिसरमा एक कार्यक्रमको आयोजना गरि अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरिएको हो ।
कार्यक्रममा नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका घोषणा गर्नु भएको थियो ।
गाउँपालिकाभित्र रहेका ३२ सय ६५ घरधुरीमा गरेको सर्वेक्षण, अभिभावक शिक्षालगायत कार्यक्रमबाट विद्यालय बाहिर रहेका ७ जना बालबालिकालाई विद्यालयमा भर्ना गरिएपछि नेत्रावती डबजोङलाई निःशुल्क तथा अनिवार्य शिक्षा लागुभएको गाउँपालिका घोषणा गरिएको हो ।
घोषणासँगै गाउँपालिकाले यसलाई प्रभावकारी बनाउन गरीब तथा विपन्न परिवारका विद्यार्थीलाई निशुल्क पोशाक तथा शैक्षिक सामग्रीसमेत प्रदान थियो । कार्यक्रममा नेत्रावती डवजोङ गाउँपालिकाका उपाध्यक्ष सिता चोदेन,प्रमुख प्रशाशकीय अधिकृत हरेराम शाह,वडा अध्यक्षहरु, निर्वाचित जनप्रतिनिधिहरु,बिद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष, प्रध्यानाध्यापकहरु लगाएतको सहभागीता रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |