Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ अषाढ १, आईतबार
Logo Logo
पर्यटन
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

१६ घण्टा अघि
२

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

१ दिन अघि
३

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

६ दिन अघि
४

“बच्छला सन्देश” पुस्तक विमोचन

६ दिन अघि
५

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
६

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

६ दिन अघि
७

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

१ हफ्ता अघि
८

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

१ हफ्ता अघि
९

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

१ हफ्ता अघि
१०

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ हफ्ता अघि
११

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
१२

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो

१ महिना अघि
३

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

३ हफ्ता अघि
४

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि
५

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

२ हफ्ता अघि
६

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
७

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

२ हफ्ता अघि
८

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
९

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

२ हफ्ता अघि
१०

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

४ हफ्ता अघि
११

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

२ हफ्ता अघि
१२

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

२ हफ्ता अघि

तंग्रिन नपाएका होमस्टे

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७८ मंसिर २१, मंगलबार (३ साल अघि)
  • ७११ पटक पढिएको
तंग्रिन नपाएका होमस्टे

दोस्रो लहरको कोरोना सुरू भएपछि भानु नगरपालिका–१३ मिर्लुङकोटको काखमा रहेको टुटेपानी सामुदायिक होमस्टे आठ महिना पाहुनाका लागि बन्द भयो । दोस्रो लहरको प्रभाव कम हुँदै जनजीवन सामान्य लयमा फर्किएपछि पछिल्लो साता होमस्टेमा बल्ल पाहुना राख्न थालिएको छ । १४ मंसिरदेखि होमस्टे पाहुनाका लागि खुला गरिएको हो ।

होमस्टे खुलेपछि अलिअलि पाहुना आउन थालेकाे होमस्टे व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गुरुङले बताए । तर, फेरी अर्काे भेरियन्टकाे हल्लाले त्रसित बनाएकाे उनी बताउँछन् । उनले भने, ‘त्यसले फेरी थला पार्ने हो कि भन्ने लागिरहेकाे छ ?’  आर्थिक अवस्था उकास्न ग्रामीण पर्यटन रोजेका सर्वसाधारणलाई दुई वर्षसम्म कोरोनाले थला पारेको गुरुङले सुनाए । पर्यटक बढेर लय समात्न नपाउँदै फेरी बन्द गर्नुपर्ने अवस्था आउने हाे कि भनेर चिन्ता थपिएको उनले बताए ।

गुरुङ समुदायको बाहुल्यता रहेकाे टुटेपानीमा ०७२ सालदेखि होमस्टे सञ्चालनमा आएको हो । २०७५ सालपछि भने यहाँ आन्तरिक र बाह्य पर्यटक नियमित जस्ताे पुग्न थालेका थिए । हाेमस्टेसँगै बसाइसराई राेकिएर गाउँ पाहुनाले गुज्जार हुँदै थियो । घरभरि पाहुना भरिभराउँ हुँदा गाउँले उत्साहित भएका थिए । गाउँमा पर्यटक बढ्न थालेपछि बजार झरेकाहरू पनि गाउँ फर्किएर होमस्टे सञ्चालन गर्न थालेका थिए । तर, गाउँ फर्किएर होमस्टेमा लागेकालाई झन बढी मार परेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष गुरुङले बताए । बामे सर्दै गरेको होमस्टेको पुर्वाधार विकासले पाहुनाविहिन हुँदा गति लिन नसकेको उनको भनाइ छ ।

टुनेपानीका हाेमस्टे व्यवसायीकाे अवस्था भन्दा फरक छैन् व्यास नगरपालिका–१३ मा रहेकाे आपस्वाँरा दलित सामुदायिक होमस्टेको । होमस्टेमा बिस्तारै बढ्दै गरेका पाहुनाको संख्या कोरोनाले ह्वात्तै घटाइ दियो । कोरोना संक्रमण दर उच्च विन्दुमा पुगेपछि पाहुनाविहिन भएपछि होमस्टे सञ्चालकहरू खेती किसानीमा लागेका छन् ।

विपन्न दलित समुदायको आर्थिक अवस्था उकास्न सुरु भएको होमस्टेमा विदेशी पाहुनाको आगमन निकैआशलाग्दो थियो । २०७६ सालको चैतबाट देशव्यापी निषेधाज्ञा सुरू भएपछि पाहुनाविहिन भएको होमस्टे अझै तङग्रिन सकेको छैन् । अहिले कोरोनाको डर घटेपछि होमस्टे खुला गरिएको त छ तर छिटफुट आन्तरिक पाहुनाबाहेक  विदेशी नआएको होमस्टे सञ्चालक रेशम विकले बताए । ‘हामीकहाँ आउने धेरैजसो पाहुना विदेशी हुन्थे । कोरोना महामारी सुरू भएपछि नेपाल घुम्न आउने विदेशी बन्द जस्तै भए । त्यसैको प्रभाव हामीले चलाएको होमस्टेमा देखिन्छ । कहिलेकाही आन्तरिक पाहुना आउँछन्, उत्साहजनक आगमन छैन्’, उनले भने । होमस्टेमा पाहुना नभएर फुर्सदिला भएका सञ्चालकहरू महामारीको दुई बर्ष पूर्वाधार सुधार र अर्गानिक उत्पादनमा लागेको विकले उल्लेख गरे ।

बन्दीपुरमा चहलपहल

बन्दीपुर बजार आसपासमा सञ्चालित होमस्टे दसैँ पछाडि पाहुनाले भरिएका छन् । दसैँको घटस्थापनापछि सुनसान बन्दीपुर बजारमा पर्यटकको निकै चहलपहल सुरू भएकाे थियो । बन्दीपुरमा पर्यटक बढेसँगै बजारसँगै रहेको बन्दीपुर सामुदायिक होमस्टेमा दैनिक ५० देखि एक सय ५० जनासम्म पाहुना राख्ने गरेको होमस्टे सञ्चालक सीता विकले बताइन् । ‘पाहुना बढेर कोरोना अगाडिकै अवस्थामा फर्किएला झैँ आशा पलाएको छ । दसैँदेखि पाहुनाको स्वागत सत्कारमा सञ्चालक दिदीबहिनीको व्यस्तता बढाएको छ,’ विकले भनिन्, ‘फेरी अर्को भेरियन्टकाे हल्ला छ । होमस्टे सुनसान हुने चिन्ताले सताएकोे छ ।’ यहाँकाे होमस्टे महिलाले मात्रै चलाएका हुन् । पहिलो र दोस्रो लहरको कोरोनाले होमस्टे बन्द भएपछि सञ्चालक महिलाको आयआर्जनको स्रोत बन्द भएको विकले बताइन् । ‘घरव्यवहार चलाउन मुस्किल भयो । पाहुनाविहिन हुँदा धेरै फुर्सदिला भयौँ,’ उनले सुनाइन् ।

कोरोना संक्रमण फैलनु अगाडिसम्म तनहुँमा गाउँ गाउँमा होमस्टे खोल्ने लहर चलेको थियो । गण्डकी प्रदेश सरकारले होमस्टेलाई दिने अनुदान जिल्लाका झण्डै ५० होमस्टेले लिएर पुर्वाधार विकास र प्रबद्र्धन गरेका थिए । अनुदान लिएर सुरू गरेका होमस्टे कोरोनापछि ठप्प छन् । कतिपय होमस्टेमा पाहुना शून्य छन् । चल्तीका होमस्टे टुटेपानी, आपस्वाँरा, पाथर्दी पनि पुरानै अवस्थामा फर्किन सकेको छैनन्  ।

चार बर्ष अगाडि सञ्चालन गरेर छोटो समयमा धेरै पाहुना भित्र्याउन सफल भिमाद नगरपालिका-९ भानुमतिको पाथर्दी सामुदायिक होमस्टेमा पनि पाहुना घटेका छन् । कोरोनाले थलिएको होमस्टे तंग्रिन सकेको छैन् । व्यवासायीक बाेयर जातकाे बाख्रा पालन अध्ययन अवलोकन गर्न र होमस्टे बस्नलाई हुलका हुल आउने पाहुना घटेर एकाधमा झरेको व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आले बताउँछन् । ‘कोरोना महामारीको समय पूर्वाधार विकास र सुधारमा सदुपयोग गरेका छौँ,’ उनले भने । पूर्वाधारमा सुधार भएकाले नयाँ भेरियन्टको प्रभाव हेरेर होमस्टे प्रर्वद्धनको कार्यक्रम थाल्ने योजना रहेको उनले जानकारी दिए ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
पर्यटन सम्बन्धि थप
  • mahostab

    धादिङ लोक–सांस्कृतिक महोत्सवमा आज यी कलाकार आउने

  • gagajamuna mawobadi

    माओवादी केन्द्र गंगाजमुना गाउँसमितिको अध्यक्षमा रामेश्वर सिंम्खडा चयन

  • rubi valley

    राजधानी नजिकको सुन्दर गन्तव्य रुवी भ्याली

  • benighat rorang

    वेनिघाटको ब्रोम्दिङ र थमभन्ज्याङको खुल्ला चरण क्षेत्रमा चिया खेती

  • समाचार
  • १

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला
    १६ घण्टा अघि

  • २

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
    १ दिन अघि

  • ३

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    ६ दिन अघि

  • ४

    “बच्छला सन्देश” पुस्तक विमोचन
    ६ दिन अघि

  • ५

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    ६ दिन अघि

  • ६

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    ६ दिन अघि

  • ७

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    १ हफ्ता अघि

  • ८

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    १ हफ्ता अघि

  • ९

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    १ हफ्ता अघि

  • १०

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution