Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ अषाढ १, आईतबार
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

८ घण्टा अघि
२

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

२३ घण्टा अघि
३

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

५ दिन अघि
४

“बच्छला सन्देश” पुस्तक विमोचन

५ दिन अघि
५

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

५ दिन अघि
६

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

६ दिन अघि
७

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

१ हफ्ता अघि
८

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

१ हफ्ता अघि
९

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

१ हफ्ता अघि
१०

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ हफ्ता अघि
११

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
१२

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो

४ हफ्ता अघि
३

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

३ हफ्ता अघि
४

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि
५

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

२ हफ्ता अघि
६

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
७

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

२ हफ्ता अघि
८

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

५ दिन अघि
९

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

४ हफ्ता अघि
१०

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

२ हफ्ता अघि
११

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

२ हफ्ता अघि
१२

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

२ हफ्ता अघि

बालबालिकालाई आत्महत्याबाट जोगाउन अभिभावकको भूमिका

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७८ मंसिर २२, बुधबार (३ साल अघि)
  • ११६६ पटक पढिएको
बालबालिकालाई आत्महत्याबाट जोगाउन अभिभावकको भूमिका

रामकुमार थापा।

नेपालमा आत्महत्या गर्नेको सङ्ख्या बढिरहेकाे छ । मनोपरामर्शकर्ताको रूपमा म कार्यरत जिल्ला धादिङमा आर्थिक वर्ष २०७७/७७८ मात्रै १४२ जनाले आत्महत्या गरेका छन् ।जसमध्ये १५ वर्ष मुनिका १० जना र १५ देखि ३० वर्ष उमेर समूहका ४६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । अघिल्लो वर्षको तुलनामा यो सङ्ख्या २८ प्रतिशत बढी हो । २०७६/२०७७ मा ९६ जनाले आत्महत्या गरेका थिए । आत्महत्या गर्नेहरूले विशेष गरी रातीको १२ बजेदेखि बिहानको ४ बजेको समयमा गरेको पनि प्रहरीले जनाएको छ ।

जुन अनुपातमा आत्महत्याको दर बढिरहेको छ । त्यस अनुसार जनचेतना फैलाउन ढिला भइसकेको छ ।हाम्रो समुदायमा युवा, वयस्क, प्रौढ र वृद्धवृद्धाले मात्र आत्महत्या गर्छन् भन्ने मानसिकता छ । तर पछिल्लो समय आत्महत्या गर्नेको सङ्ख्यामा बालबालिका पनि थपिएका छन् । त्यसैले उमेर पुगेकाले मात्र आत्महत्या गर्छन् भन्ने सोच्नु गलत हुन्छ ।

बालबालिका तथा किशोर किशोरीलाई के को तनाव हुन्छ र ? भनेर बेवास्ता गर्दा आत्महत्याबाट बालबालिकालाई बचाउन सकिएको छैन । सयौँ बालबालिकाले आत्महत्या गरिसकेका छन् । सबै काम अभिभावकले गर्ने हो । उनीहरूलाई केही पनि समस्या हुँदैन । घर व्यवहार चलाउन पर्दैन भनेर उनीहरूको भावना बुझ्न नसक्दा आत्महत्याको दर बढिरहेको विभिन्न अध्ययनहरुले समेत देखाएको छ । आत्महत्याले एउटाको जीवनलाई खतम पार्छ भने धेरैको जीवनमा र समाजमा ठुलो असर पारिरहेको हुन्छ ।

आत्महत्याको जोखिम 

धादिङ जिल्लामा २८ प्रतिशतले आत्महत्या गर्नेको सङ्ख्या बढेको गत आर्थिक वर्षको प्रहरीको तथ्याङ्कले देखाएको छ । बालबालिका प्रति हाम्रो ध्यान जान नसक्दा,उनीहरूलाई बुझ्न नसक्दा,उनीहरूको भावना नबुझ्दा र बालबालिका चाहिँ अभिभावकको (एस मेन) हो भन्ने सोचका कारण बालबालिकाहरूमा नकारात्मक विचारहरू प्रकट भएको पाइन्छ ।

अधिकांश परिवारमा बालबालिकाहरूले मनमा लागेको कुरा, परेको पिर र भावनाहरु भन्ने वा सुन्ने वातावरण भएको पाइँदैन । बालबालिकाको समस्या हो कि स्वभाव यस्तै हो भनेर अभिभावकले बुझ्न नसक्दा समस्याहरू बढिरहेका छन् । पारिवारिक झैँ झगडा हुनु, हिंसामा पर्नु, यौन दुर्व्यवहारमा पर्नु, विद्यालयमा समस्या हुनु (शिक्षक,साथीभाइ) पढाइमा सोचे जति प्रगति गर्न नसक्नु, आफ्नो नजिकको साथीले विद्यालय छाड्नु वा मृत्यु हुनु, कसैले यौनजन्य दुर्व्यवहार गर्नु र मन परेको केटा साथी वा केटी साथीबीच बिछोड हुनु, विद्यालय परिवर्तन हुनु, बालबालिकाको माग पूरा नहुनु, अभिभावकले अनावश्यक हस्तक्षेप गर्नु लगायतका कारणले पनि बालबालिकामा आत्महत्याको जोखिम बढेको देखिन्छ ।

आत्महत्या गर्नबाट बचाउन सकिन्छ

आत्महत्याको घटना हुन नदिन पहिला नै बालबालिकाहरूको खतरा जन्य सङ्केतहरू थाहा पाउन सकिन्छ । सबै अभिभावकहरूमा छुट्याउन सक्ने क्षमता नहुन पनि सक्छ । तर केही कुरा मात्र थाहा पाउन सकियो भने अभिभावकले आफ्नो बालबालिकालाई आत्महत्या गर्नबाट बचाउन सक्छन् ।

यसको लागि अभिभावकले आफ्ना बालबालिकाहरूको लागि समय दिनुपर्छ । हामी हाम्रो बालबालिकासँग बोल्न, उनीहरूको कुरा सुन्न, भावनाहरु बुझ्न समय नै हुँदैन । अलिकति भएको समय पनि अभिभावक सामाजिक सञ्जाल  र टेलिभिजनमा बिताउनुहुन्छ । सामाजिक सञ्जाल चलाउनै हुन्न, टेलिभिजन हेर्न हुन्न भन्न खोजेको होइन । तर समयको व्यवस्थापन गरेर आफ्नो बालबालिकालाई पनि समय दिन पर्छ ।

उनीहरूलाई अभिभावकले महत्त्व दिन जरुरी छ । जसरी अभिभावक र बालबालिकाबीच घुलमिल, हाँस खेल र रमाइलो हुने हो त्यो भएको देखिँदैन । राम्रोसँग बालबालिकासँग कुराकानी गर्‍यो, नजिक भयो र हाँस खेल गर्‍यो भने त्यति नै बालबालिकाले आफ्नो अभिभावकलाई आफ्नो ठान्छन् र नजिकिन्छन् । आफ्नो मनमा लागेको कुरा भन्छन् र आफ्नो भावनाहरु पनि व्यक्त गर्छन् ।

घरमा अभिभावकसँग बालबालिकाले आफ्नो मनको भावना भन्ने वातावरण कमै हुन्छ । त्यस कारण अब अभिभावकले नै त्यो वातावरण बनाउन पर्छ ।स्कुल मात्रै बालबालिकाको लागि सब थोक होइन । बालबालिकाको सबैभन्दा ठुलो स्कुल उसको घर र शिक्षक उसका बुवा आमा नै हुन् । बालबालिका संवेदनशील हुन्छन् । सानातिना कुराहरूले बालबालिकालाई प्रभाव पार्न सक्छ । आत्महत्या गर्ने अधिकांश व्यक्तिहरूले दोस्रो व्यक्तिसँग आफू मर्ने बारेमा कुरा गरेका हुन्छन् ।

तर हाम्रो समाजमा ‘मर्नेले भन्दै भन्दैन, भन्नेले मर्दै मर्दैन’ भन्ने गलत मानसिकताको कारण घटना बढिरहेको देखिन्छ । आफ्ना बालबालिकाले पनि मर्ने बारे कुरा गर्‍यो, मर्ने औजारहरू जम्मा गर्न थाल्यो र यसैबारे सोध्न थाल्यो भने अभिभावक चनाखो बन्नुपर्छ । आत्महत्या हुनुको पछाडि धेरै कारणहरू छन् । तर आत्महत्या हुनेबाट जोगाउन भने सकिन्छ ।

अभिभावकले ध्यान दिनुपर्ने कुरा

अभिभावकहरू आफ्ना बालबालिका प्रति बढी नै सतर्क हुनुपर्छ । उनीहरूको प्रत्येक व्यवहार, सोचाइ र भावनालाई नजिकबाट अवलोकन गर्नुपर्छ । आफ्ना बालबालिका पहिला र अहिलेमा के मा फरक छन्,कसरी दैनिकी बिताई रहेको छ भनेर सोच्नुपर्छ ।

आफ्ना बालबालिकाले निराशाका कुराहरू गर्न थाले, किन बाँच्नु पर्‍यो, मर्न पाए राम्रो हुन्थ्यो भन्न थाले, विद्यालयमा जान नमान्ने, सँगैका साथीहरूबाट टाढा हुने, खेल्न नजाने, एक्लै बस्ने, आत्महत्याको बारेमा अभिभावकहरूसँग सोध्न थाले भने, आत्महत्या सम्बन्धी चित्र बनाउने, सामाजिक सञ्जालमा आत्महत्या सम्बन्धी लेख्ने वा भिडियो शेयर गर्ने, पढाइमा कमजोर हुने, खाना खान मन नगर्ने, सरसफाईमा ध्यान नदिने र परिवारबाट टाढा हुँदै गए भने अभिभावकले यस्तो बेलामा विशेष ख्याल गर्नुपर्छ ।

यस्तो व्यावहार देखिएमा तुरुन्त मनोचिकित्सक, मनोविद् तथा मनोसामाजिक परामर्शकर्तासँग छलफल गर्नुपर्छ ।

सबैभन्दा पहिला बालबालिकाको साथी बन्ने कोसिस गर्नुपर्छ । उनीहरूसँग दैनिक १ घण्टा समय बिताउनुपर्छ । बालबालिकासँग खेल्ने, उनीहरूसँगै कथा बनाउने वा भन्ने उनीहरूको कुरा सुनिदिने, तिमीलाई अहिले कस्तो छ ? कस्तो लागिरहेको छ ? अप्ठेरो पर्दा तिमीलाई साथ दिने म छु नि भन्ने जस्ता कुराहरू भनिरहनु पर्छ ।

उनीहरूसँग नजिक हुने क्रियाकलाप गर्नुपर्छ । उनीहरूको कुरालाई ध्यान दिनुपर्छ र मैले बुझेको छु भनेर विश्वास दिलाउनुपर्छ । तिमीलाई केही सहयोग सहायता चाहिन्छ भने म छु भनेर विश्वास वा भरोसा दिलाउनुपर्छ ।

बालबालिकाको विश्वासमा घात पर्ने कुराहरू गर्नु हुँदैन । उनीहरूलाई सान्त्वना, भरोसा, उत्प्रेरणा र हौसला दिनुपर्छ । समय मिलाएर बालबालिकासँग घुम्न जाने वा नयाँ ठाउँमा लैजानुपर्छ ।

बालबालिकाहरूलाई तिमी गर्न सक्छौँ भनेर बारम्बार हौसला दिनुपर्छ । आफू पनि बच्चाको रोल मोडल अभिभावक बन्ने कोसिस गर्नुपर्छ । समस्याहरू बढ्दै गए भने तत्काल विशेषज्ञ तथा परामर्शकर्तासँग सम्पर्क गर्नुपर्छ ।

उज्यालो अनलाईनबाट

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • Binod Tamu Acstronomy Artical Thumbnail

    ज्योतिसशास्त्र के हो ? यसले हाम्रो जीवनमा प्रभाव पार्छ त ?

  • Rajesh koirala

    रोग के हो ? रोगको बर्गीकरण र रोग लाग्ने कारणहरु बारे जानकारी

  • Subas Khatiwada

    स्थानिय कच्चा पदार्थ प्रयोग गरी संन्तुलित दाना बनाउने तरिका

  • Sitaram koirala

    संकटमा संघियता

  • समाचार
  • १

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला
    ८ घण्टा अघि

  • २

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
    २३ घण्टा अघि

  • ३

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    ५ दिन अघि

  • ४

    “बच्छला सन्देश” पुस्तक विमोचन
    ५ दिन अघि

  • ५

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    ५ दिन अघि

  • ६

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    ६ दिन अघि

  • ७

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    १ हफ्ता अघि

  • ८

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    १ हफ्ता अघि

  • ९

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    १ हफ्ता अघि

  • १०

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution