Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ जेष्ठ ३२, शनिबार
Logo Logo
अन्तरवार्ता
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

१३ घण्टा अघि
२

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

५ दिन अघि
३

“बच्छला सन्देश” पुस्तक विमोचन

५ दिन अघि
४

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

५ दिन अघि
५

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

५ दिन अघि
६

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

१ हफ्ता अघि
७

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

१ हफ्ता अघि
८

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

१ हफ्ता अघि
९

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ हफ्ता अघि
१०

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
११

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
१२

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो

४ हफ्ता अघि
३

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

३ हफ्ता अघि
४

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि
५

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

२ हफ्ता अघि
६

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
७

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

२ हफ्ता अघि
८

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

५ दिन अघि
९

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

४ हफ्ता अघि
१०

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

२ हफ्ता अघि
११

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

२ हफ्ता अघि
१२

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

२ हफ्ता अघि

अनावश्यक भ्रममा नपरौँ,विकास भएको हेर्न एकपटक सिद्धलेक आउनुःप्रेमनाथ सिलवाल

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७८ मंसिर २७, सोमबार (३ साल अघि)
  • १८५४ पटक पढिएको
अनावश्यक भ्रममा नपरौँ,विकास भएको हेर्न एकपटक सिद्धलेक आउनुःप्रेमनाथ सिलवाल

धादिङ,२७ मंसिर।
धादिङको सिद्धलेक गाउँपालिकाको समग्र विकास निमार्ण(खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन,शुसासन लगायको विषयमा रेडियो कार्यक्रम जनतासँग प्रमुखमा गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालसँग रामकुमार थापाले गर्नुभएको कुराकानीको अस्मिता पोख्रेलद्धारा सम्पादित अंशः

१. नयाँ ओमिक्रोन भेरियन्ट आएको छ,सिद्धलेक गाउँपालिकाले तयारी कसरी गरीरहेको छ?
विगतमा जुन तरिकाले सजगता अपनायौँ त्यही तरिकाले अगाडि बढाएका छौँ । स्वास्थ्य क्षेत्रलाई सजग रुपमा राखेका छौँ,परिआएका कुराहरुलाई सामना गर्न पक्कै पर्छ ।

२. नयाँ ओमिक्रोन भेरियन्ट संक्रामक, हानीकारक र समस्याग्रष्त भनिएकाले पहिलाको भन्दा अलि राम्रो तयारी गर्नुपर्ने होकी ?
हाम्रो स्रोत र साधनले,जनशक्तिले भेटाएसम्म काम गर्ने हो। सिद्धलेक गाउँपालिकामा स्वास्थ्यमा काम गर्ने साथिहरु जति हुनुहुन्छ त्यसलाई परिचालन गर्ने काममा कुनै कमी पुग्न दिनुहुँदैन ।

तेस्रो मुलकबाट आउने जनताहरु र भारतबाट आउने जनताहरुलाई जुन किसिमले राखेका थियौँ अहिले परिआयो भने त्यो तरिकाले अगाढि बढ्नुपर्ने अवस्था छ ।प्रकोप उद्धार समिति भनेर पैसा खातामा जम्मा गरेको अवस्था छ ।सम्झौता हुन बाँकी रहेका योजनाहरुलाई कटाएर हाल्नुपर्ने हुन्छ ।तर त्यति पर त सोचेका छैनौँ भविष्यमा आयो भने कसरी न्युनिकरण गर्ने पूर्वतयारी गनुपर्छ । सबै जनताहरु बाँचिरहे विकास देख्ने समृद्धि देख्ने कुरा हो नि ।

३.आर्थिक वर्षको अर्धबार्षिक समिक्षा गर्ने हो भने ५/६ महिनामा पालिकाले कामलाई कसरी अगाडि बढायो ?
सिद्धलेक गाउँपालिकामा ६ हजार २ सय १२ घरधुरी,३१ हजार ३ सय १५ जनसंख्या छ । सबै जनताहरुको तिव्र इच्छा आकांक्षा भनेको मलाई हुनपर्छ भन्ने मान्यता बोक्नुभएको छ । सन्तुष्ट हामी छैनौ तर विकासको गति अगाडि बढाएका छौँ । कच्ची, धुलो सडकहरुलाई व्यवस्थित बनाउँदै लाने र विकासको खाका कोर्ने काम हामीले गरेका छौँ भन्ने लाग्छ ।

समग्र भौतिक संरचनाहरु अगाडि बढिसक्यो वडा कार्यालय भवन, स्वास्थ्य चौकी, गाउँपालिका भवन बनिसकेका छन् । हामी सके ६० किलोमिटर पुरै बाटो पिच गर्छौ यदि सकेनौँ भने ग्राभेल गरेर छोड्छौ भनेको थियौँ ।तर कोभिड १९ भएको थिएन भने कालो पत्रे पुरा हुँदैनथ्यो होला नाला बनाउने र ग्राभेल गर्ने काम ६० किलोमिटर गथ्र्यौँ ।कतिपय पैसाहरु ठेकेदारले बेलामा काम नगर्दिएको हुनाले राज्यमा फिर्ता भयो ।

कतिपय त आयो समग्र रुपले विकासका कामहरु तिव्र गतिले अगाडि बढेका छन् अब बाँकी ६ महिनामा भएका टेन्डरहरु सबै सक्छौँ ।ठेक्का भएर आएको बिलोको रकम बाँडफाँड गर्छौँ । खानेपानीलाई कसरी दिगोपना गराउने भनेर एउटा खाका कोरेका छौँ,सडकलाई १२ महिना कसरी चल्न सक्ने बनाउने, कृषिलाई कसरी सेवा सुविधा दिने र स्वस्थ्यलाई जनताले राम्रो सेवा सुविधा पाउने गरी कसरी जाने भनेर अगाढि बढेका छौँ । सबै कुराहरुलाई व्यवस्थापन गरेर जाने पक्षमा छौँ ।

फोन सम्पर्क
सुरेश गिरी,सिद्धलेक ७ :
अपाङ्गता दिवसको अवसरमा गाउँपालिकाले किन कुनै कार्यक्रमको आयोजना गरेन ?
वार्षिक कार्यक्रम बनाउने बेलामा गुणराज अध्यक्ष ज्युलाई के के कार्यक्रम छ ल्याउनुस अगाडि बढाउने कुरामा गाउँपालिका पछि पर्दैन भनेको थिए । वार्षिक कार्यक्रम बनाउँदा छुटेको भए कार्यक्रम गर्न आँटेको बजेट छुटाइदिनुस भनेको भए हिउदे गाउँसभामा अनुमोदन गर्ने गरेर छुटाइदिन्थे मलाई यो कुरा आएको छैन ।

प्रश्न
सिद्धलेक–७,सन्जय गिरी :अमिलि छापको बोरिङ गरेको पानी पिपलटारको वासिन्दाले कहिले पिउन पाइन्छ ? जरे अमन्टार आदमटार अमिलिछापको बाटो ग्राभेल गर्नुको सट्टा गहतेबेसी पुलबाट पिपलटार अमनटार आदमटार हुँदै अमिलिछापको बाटो ग्राभेल गर्नु भएको भए समग्रमा सबै गाउँ समेटिन्थ्यो कि ?
प्रदेशबाट एक करोड,गाउँपालिकाबाट एक करोड परेर जरेबाट अमिलिछापसम्म ग्राभेल गर्ने डे«न बनाउने कामहरु अगाडि बढेको छ। डिपिआर तयार भएको छ त्यसबाट बिलो आएको आदि पैसा हामीले प्रदेशमा फिर्ता पठाउन पर्छ।

गाउँपालिकाको आन्तरीक स्रोत पैसा हामीले खर्च गर्न पाउँछौँ ।त्यो बाटोलाई ग्राभेल गरेर अगाडि बढ्ने सोच छ यो हिउँदे अधिवेशनमा त्यसलाई अगाडि बढाएर जाने कुराकानी गरेका छौँ। र हामी तपाईहरुलाई खानेपानीबाट बन्चित गराउन हुँदैन भन्ने मान्यता राखेर अगाडि बढेका छौँ तपाइलाई खानेपानीको संकट भएको छ भने कुन ठाउँबाट लेराउँदा सुख सुविधा हुन्छ त्यसलाई पनि अगाडि बढाउने कुरा राख्न चाहन्छु ।

४.खानेपानीलाई दिर्घकालिन,व्यवस्थित कसरी बनाउने, एक घर एक धारो नपुगेको ठाउँमा खानेपानी दिनका लागि के गर्न सकिएला?
बैकल्पिक स्रोत व्यवस्थापन भनेर फोकस नेपालको १ करोड ८० लाख र गाउँपालिकाले केही व्यवस्थापन गरेर सबै खानेपानीको डाटा संकलन गर्दै छौँ । गाउँपालिकाले कानुन बनायो अब नियामावली बनाउने कुरा छ ।

सबै वडामा खानेपानी शाखा गठन गर्ने, गाउँपालिकामा कर्मचारी राखेर छुट्टै शाखा बनाउने, जनताहरु सबैले मिटर राखेको छ मिटरको पैसा वडा कार्यलयमा तिर्ने, वडा कार्यलयबाट संकलन भएर गाउँपालिकामा आउने, गाउँपालिकाले वार्षिक बजेट छुट्टाएर त्यसमा हाल्दिने, विग्रेका कुराहरु मोबाईल सिस्टमबाट व्यवस्थापन गर्ने यो भयोभने दिगोपन हुन्छ भनेर हामी लागेका छौँ ।केही समय लाग्ला तर योजना बनाएका छौँ गर्दै जादा यो साल सकेनौँ भने अर्को आउने जनप्रतिनिधिले त्यो अनुसार जानुपर्ने बाध्यता पनि हुन्छ ।

५.नीति विधि भन्दा पनि पे्रमनाथ सिलवाल र पार्टी विरुद्ध लागेको हो ?तपाईलाई के लाग्छ ?
एउटा व्यक्तिलाई विरोध गरीसकेपछि प्रमुख को हो त्यो व्यक्तिलाई निशाना बनाएपछि हाम्रो दिन आइहाल्छ भनेर साथिहरुले सोच्नुभएको छ । मलाई कुनै लोभ लालज छैन, वडाअध्यक्षहरु त्यहा कमाउन गएका होइनन् प्रमाण सहित आउन पर्यो कारवाही गर्नुपर्यो । शक्ति दल भएको भए ४ दल एक ठाउँमा बस्न पर्छ राजनिति लड्नलाई ? उहाँहरुको उद्धेश्य भनेको कसरी नेकपा एमाले तास्ने मात्रै हो ।

पालिकाभित्र एक जना एस पार्टिमा पालिकाको सदस्य गएको छ अरु दुई जना जिल्ला समन्वयबाट गएका हुन् बाँकी नेकपा एमालेमा रहेका छन् ।मेरो क्षमता नभएको भए, बदमासी गरेको भए ती साथीहरु अडिनिथिए ? मैले पक्षपात गरेको छैन म सबै सँग सहकार्य गरेर जान चाहन्छु तर पनि लोभिपापीहरुलाई दुई चार पैसा खाउ भनेर दिन जान्दिन, म आफु पनि खान्न दिन पनि जान्दिन । हामीले जे जति गरेका छौ पुरा त भएको छैन जनताको इच्छा र आकांक्षालाई तिव्र गतिमा अगाडि बढाउन सेकेका छैनौँ ।

तर समग्रमा सिद्धलेक गाउँपालिकामा केही भएको छ, केही गरेका छौँ देखिन्छ । राजनितिक पार्टी साथीहरुले सबै डिपबोरिङ सुक्यो भने हल्ला फिजाएका छन् । कुन ठाउँमा सुक्यो भनेर देखाउन प¥यो । के मैले भ्रष्टचार गर्ने, कमाउने नियतले गरेको हो र ? डाडाँबाट पानी निकाल्ने काम सानो हो स्याबास दिनुको सट्टा खायो सक्यो मात्र छ ।

सिद्धलेक गाउँपालिकाले के कति काम गरेको छ कसरी अगाडि बढेको छ जनताहरुलाई थाहा छ नि । अरुले भने पनि नभने पनि हामीले गरेको कामको मुल्याङकन जनताले हिजो लगाएका अविर माला कालोमा परिणत हुन दिएका छैनौँ । हाम्रो समयअवधि सकिदाँ जनतालाई सौँ ब्याज बुझाउँछौँ । एउटा वडामा विद्यालय, स्वास्थ्य चौकी, खानेपानी, सडक गरेर लगभग ३१ करोड गएको छ ।

६. अब प्रदेशबाट आउने पैसा दुवाली छेक्या जस्तै हुने भयो ?
हिजो जनताबाट निर्वाचित सरकार थियो हाम्रो भनसुन पनि लाग्थ्यो मैले प्रदेशबाट सालको झण्डै ८/१० करोड लेराए, संघबाट १ करोड ८० लाख लेराए सम्रग रुपले गाउँपालिकामा २०२५ करोड भित्रिएको थियो । अहिले सुनुवाई लाग्ने अवस्था छैन ।

पद प्रतिष्ठाको लडाई वास्तवमा जनताको न्याय घोटियो,गरिव तल्लो स्तरको जनताहरुको कम्युनिष्ट पार्टीको सिद्धान्त निति यो होइन। आज पैसा कहाँबाट लिने, सोझा जनतालाई झुक्काएर चुनाव जित्ने अब त्यो छैन जनताले विवेक प्रयोग गर्ने दिन आएको छ।

७. सिद्धलेक गाउँपालिकामा हजुरले गाविस र पालिका हुँदा नेतृत्व गनुभयो,साच्चै जनताको भावना के छ ?
जनताको भावना भनेको देशमा गाउँमा विकास होस् उनीहरुको चार पाँच वटा इच्छा छ, शुद्ध खानेपानी खान पाए हुन्थ्यो, स्वास्थ्यको लागि ठाउँ–ठाउँमा अस्पतालहरु स्थापना भए हुन्थ्यो, बर्खामा पनि राम्रो सडकमा हिड्न पाइयोस्, कृषिमा सुधार उन्मुख तरिकाले व्यवस्थापन भए अगाडि बढ्थ्यौ भन्ने इच्छा हुन्छ र गुणस्तर शिक्षा दिने व्यवस्था गर्दिए हुन्थ्यो भन्ने इच्छा हुन्छ ।

यी पाँच कुरालाई सिद्धलेक गाउँपालिका जनताहरुले कसरी सरल र सु–व्यवस्था तरिकाले सेवा पाइन्छ भनेर हिड्नुभएको छ । त्यो कुरालाई पुरा गर्न नसकेपनि केही न केही अगाडि बढाएको उहाँहरुको महसुस छ । सिद्धलेक गाउँपालिकामा हामी जनप्रतिनिध एक ढिक्का छौँ कमीकमजोरी भएको छ भने कमीकमजोरी औल्याएर अगाढि बढे देखि राम्रो हुन्छ जस्तो लाग्छ ।

८. अन्त्यमा के भन्न चाहनुहुन्छ ?
कोभिड १९ केही हदसम्म न्युनिकरण भएको छ तर पनि सजगता अपनाउनु पर्ने अवस्था छ । हरेक विकास निमार्ण कामहरुमा नकारात्मक आएको कुराहरुलाई म सरोकार व्यक्तिसँग टिका टिप्पणि गरिदिनुहोस् ।

राम्रा काम गर्नेलाई घेरा बन्दि रुपले अगाडि बढाएको हुनाले यस्ता कुराहरुमा अगाडि नबढ्नको लागि सिद्धलेक गाउँपालिका वासीहरु र देश विदेशमा रहनु भएका सिद्धलेक वासीका आदरणीय दाजुभाई दिदी बहिनिहरुलाई अनुरोध गर्छु ।

सु स्वास्थ्य रहनु आफ्नो परिवारलाई सुख सन्तोष दिलाएर अगि बढुनुस्।हामीलाई तपाईहरुले त्यहाँको पैसा सदुपयोग गर्न पठाउनु भएकोले त्यसलाई कसरी सदुपयोग गर्ने, जनताको हितमा कसरी लगाउने भन्ने तरिकाले हेरेका छौँ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अन्तरवार्ता सम्बन्धि थप
  • pustak barta Naya KC

    आफुले पढ्यौँ भने मात्र हामीले अरुलाई पनि पढ भनेर भन्न सक्छौँ : नारायण खत्री (नयन)

  • Pustak barta banner

    पुस्तक वार्ता

  • siddalekha gaupalika

    जनतासँग प्रमुख : सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा

  • 296122290_578696697303885_4023107694308928827_n

    जनतासँग प्रमुख कार्यक्रम :ज्वालामुखि गाउँपालिकाका अध्यक्ष यामनाथ दनै

  • समाचार
  • १

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
    १३ घण्टा अघि

  • २

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    ५ दिन अघि

  • ३

    “बच्छला सन्देश” पुस्तक विमोचन
    ५ दिन अघि

  • ४

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    ५ दिन अघि

  • ५

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    ५ दिन अघि

  • ६

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    १ हफ्ता अघि

  • ७

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    १ हफ्ता अघि

  • ८

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    १ हफ्ता अघि

  • ९

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    १ हफ्ता अघि

  • १०

    नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution