काठमाडौँ, ८ पुस
नायव महान्यायाधिवक्ता कृष्णजिवी घिमिरेले सरकारका त्रुटिपूर्ण निर्णयको प्रतिक्षा गर्दा सरकारी वकिलले अपजस व्यहोर्नुपरेको बताएका छन्। महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारका त्रुटिपूर्ण निर्णय र अनुसन्धानमा हुने ढिलाइका कारण पनि सरकारी वकिलले अपजस व्यहोनुपर्ने अवस्था रहेको बताएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी सो कार्यक्रममा उनले त्रुटिपूर्ण सरकारी निर्णय र कदमको प्रतिरक्षा गर्नुपर्ने र यसले सरकारी वकिलले अपजस व्यहोर्नुपरेको गुनासो गरेका हुन् । महान्यायाधिवक्ता कार्यालयले सरकारी फौजदारी मुद्दाको अभियोजन, प्रतिरक्षा गर्ने काम गर्छ ।
८ पुस २००८ कालीप्रसाद उपाध्याय पहिलो महान्यायाधिवक्ता नियुक्त भएको दिनलाई स्थापना दिवस मनाउने गरिएको छ । देशभर ९७ वटा सरकारी वकिल कार्यालय छन् ।
५ सयभन्दा बढी सरकारी वकिल छन् । महान्यायाधिवक्ता र सरकारी वकिलको कार्यालयमा कर्मचारी र सहायकसहित एक ५८७ जनशक्ति कार्यरत छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |