काठमाण्डौ,०८ पुस।
मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले गएको आइतवारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गरिएको थियो ।
मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्वल शेरचनले मर्मतसम्भारको काम सकिएपछि आजदेखि केबलकार सेवा फेरि सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।
केबलकार स्तरोन्नतिको काम भइरहेको उहाँले बताउनु भएको छ । कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागेको हो । चालु आर्थिक वर्षबाटै केबलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको कम्पनीले जनाएको छ। –रासस
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |