अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत उपलब्ध गराएको थप ६ लाख ६४ हजार खोपको मात्रा नेपालले प्राप्त गरेको छ । नेपालले कोभिड–१९ विरुद्धको थप ६ लाख ६४ हजार ५६० डोज फाइजर खोप आज नेपाल आईपुगेको स्वास्थ्य सेवा विभागले जनाएको छ।
विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाका अनुसार अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत उपलब्ध गराएको उक्त परिमाणको खोप अहिले भण्डारणका लागी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखिएको छ ।
नेपालले कोभ्याक्स सुविधामार्फत फाइजर खोपका १ लाख ६२० मात्रा कात्तिक महिनाको दोस्रो साता प्राप्त गरेको थियो । उक्त खोप यसअघि खोप लगाउन छुटेका १२ वर्षमाथिका दीर्घ रोगीहरूलाई उपलब्ध गराइएको थियो ।
त्यसैगरी बालबालिका लागि सरकारले थप ६० लाख ९०० डोज फाइजर खोप खरिद प्रक्रिया अघि बढाएको छ । स्वास्थ्य मन्त्रायले पुस ३ गतेदेखि ५७ जिल्लाका बालबालिकालाई मोडेर्ना खोप लगाउने अभियान सञ्चालन गरिरहेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |