काठमाडाैं, १० पुस
राष्ट्रपति विद्यादेवी भण्डारीले चाडपर्वको माध्यमबाट राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको जनाएकी छन् ।
इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले विविध सांस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि हुने बताएकी हुन् ।
क्रिसमस डेजस्ता पर्वले सबै नेपालीबीच आपसी विश्वाकस, प्रेम र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै सभ्य र सुसंस्कृत समाज तथा समुन्नत नेपाल निर्माणतर्फ अग्रसर हुन सबैमा प्रेरणा प्रदान गर्ने उनले कामना गरेकी छन् ।
इसाई धर्मका संस्थापक प्रभु येशु ख्रीष्टको जन्मोत्सव आज नेपालसहित विश्वभर भव्य रुपमा मनाइँदै छ । येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस डे पर्व मनाउने गरिन्छ । नेपाल सरकारले आज सार्वजनिक बिदाकाे घाेषणा गरेकाे छ ।
यद्यपि शनिबार नेपालमा सार्वजनिक बिदा हुन्छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |