काठमाण्डौ,१२ पुस।
नेपालमा कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड नाघेको छ । आज सोमवारसम्म एक करोड एक लाख ६६ हजार पाँच सय चार जनाले पूर्ण मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो खोप योग्य जनसङ्ख्याको ५१ प्रतिशत हो ।
यस्तै एक करोड ३५ लाख ७३ हजार सात सय जनाभन्दा धेरैले कम्तीमा एक मात्रा खोप लगाएका छन् । नेपालमा अहिलेसम्म तीन करोड ९२ लाख तीन हजार नौ सय मात्रा खोप प्राप्त भएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामै थप पाँच लाख ६८ हजार जनाभन्दा धेरैले खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा पाँच लाख ६८ हजार तीन सय १९ जनाले खोप लगाएको विवरण प्राप्त भएको छ । सरकारले दैनिक तीन लाख मात्रा खोप लगाउने लक्ष्य लिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |