काठमाण्डौ,१५ पुस।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिमपात र चिसोबाट जोखिममा परेकालाई सहयोग गर्न पालिकाहरुलाई निर्देशन दिएको छ।
बुधवार मन्त्रालयले सबै पालिकालाई परिपत्र गर्दै हिमाली र उच्च पहाडी जिल्लामा हिमपात तथा तराईमा शीतलहरले मानव जीवनमा जोखिम बढाएकाले तत्काल राहत र उचित प्रबन्ध गर्न सात सय ५३ वटै पालिकालाई निर्देशन दिएको हो ।
चिसो मौसममा असहाय तथा विपन्न, जेष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगी लगायतका व्यक्तिहरूको सुरक्षाको आवश्यकताअनुसार खाद्यन्न तथा लत्ताकपडा वितरण गर्न, दाउरा तथा कम्बलको भण्डारण गर्न तथा वितरण गर्न परिपत्रमा भनिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |