धादिङ १७ पुस
खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज धादिङको अध्यक्षमा गल्छि गाउँपालिका वडा नम्बर ८ निवासी राजेन्द्र बुढाथोकी निर्वाचित हुनुभएको छ।धादिङबेसीमा शनिवार सम्पन्न भएको भेलाले राजेन्द्र बुढाथोकीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो।नव गठित समितिको उपाध्यक्षमा हेमन्त बुढाथोकी,सचिवमा प्रकाश बुढाथोकी र कोषाध्यक्षमा कुमार बुढाथोकी निर्वाचित हुनुभएको छ ।
भेलाले रमेश बुढाथोकीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति र हरि बुढाथोकीको संयोजकत्वमा ५ सदस्यीय सल्लाहाकार समिति पनि चयन गरीएको छ।कार्यक्रम संयोजक राजेन्द्र बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा खप्तडी क्षेत्री सेवा समाज नेपालका केन्द्रिय अध्यक्ष विकेन्द्र कुमार बुढाथोकीको प्रमुख आतिथ्य रहेको थियो ।
खप्तडी बुढाथोकी क्षेत्री सेवा समाजका केन्द्रिय बरिष्ठ उपाध्यक्ष गणेश बहादुर बुढाथोकी लगायत विभिन्न जिल्लाबाट आउनुभएका समाजका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।भेलाको अवसरमा ७५ बर्ष नाघेका बृद्धबृद्धाहरुलाई सम्मान गरीएको छ ।
सम्मानित हुनेहरुमा तेज बहादुर बुढाथोकी,शिव बहादुर बुढाथोकी,टाप बहादुर बुढाथोक,िकेशर बहादुर बुढाथोकी र नर बहादुर बढाथोकीलाई दोसल्ला र टिका लगाएर सम्मान गरिएको थियो ।
कुल बंशको रक्षा गरौ,संस्कार र सस्कृतिकोको जर्गेना गरौँ भन्ने उदेश्यले सम्पन्न भएको भेलाले देशभरका बुढाथोकी बन्धुहरुलाई एकत्रीत गरि राष्ट्रिय भेला सम्पन्न गर्ने केन्द्रिय अध्यक्ष विकेन्द्र कुमार बुढाथोकीले जानकारी दिनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |