धादिङ २० पुस
राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको एसईई परीक्षा केन्द्र स्तरबाटै गर्ने गरी तयारी गरेको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एसईई परीक्षा खारेज गर्न निर्देशन दिएको थियो । निर्देशनलगत्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अध्यादेशबाट संघीय शिक्षा ऐन ल्याउने तयारीमा लागेका छन् ।ऐन जारी गरी कार्यान्वयन गर्न ढिलो हुने भएकाले यो वर्ष केन्द्रबाटै सञ्चालन हुने भएको हो । आइतबार भएको बैठकमा अधिकांश बोर्डका सदस्यले प्रदेश सरकारले परीक्षा लिने विषय उठान भएको थियो ।
तर, ऐनमा प्रदेश सरकारले परीक्षा लिने विषय उल्लेख नभएका कारण सम्भव नभएको धारणा राखेका थिए । बैठकमा प्रदेश र स्थानीय तहको सहयोगमा केन्द्रबाट परीक्षा लिने विषयमा छलफल भएको थियो । ‘यो विषय लगातार तेस्रोपटक उठिसकेको छ, ऐनमा प्रस्ट उल्लेख भएको विषयलाई यो वा त्यो निकायले गर्ने भन्ने विषयमा निर्णय गर्ने मिल्दैन, यो वर्ष पनि केन्द्रले नै परीक्षा लिनेछ’ –एक सदस्यको भनाइ थियो । ‘संघीय शिक्षा ऐन ल्याएर प्रदेशलाई अधिकार दिए भइहाल्छ नि’, ऐनमै नभएको विषयमा विवाद गर्नु उचित नभएको भन्दै एक सदस्यले भने– ‘केन्द्रबाटै परीक्षा लिनेबाहेक अन्य निर्णय गर्नु हुँदैन ।’बोर्डको बैठकले परीक्षाको मिति मोडालिटीबारे अब बस्ने बैठकले निर्णय गर्ने छ ।नेपाल समाचारपत्र दैनिकबाट ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |