धादिङ,२२ पुस।
नेकपा एमाले धादिङको पुस २३ र २४ गते हुने ८ औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ।
आज(बिहिबार) पार्टी कार्यालय धादिङबेशीमा आयोजित पत्रकार सम्मेलनमा भोलि धादिङबेशी स्थित मदन आश्रित स्मृति भवनमा हुने जिल्ला अधिवेशनको आवश्यक तयारी पुरा भएको एमाले धादिङका प्रचार विभाग प्रमुख राधिका सापकोटाले जानकारी दिनुभयो।
उहाँका अनुसार अधिवेशनका लागि प्रतिनिधि छनौटको काम सम्पन्न भइसकेको छ। अधिवेशनमा ७ सय १ जना प्रतिनिधि सहभागी हुने सापकोटाले बताउनुभयो। अधिवेशनमा आयोजक कमिटीबाट ६९, १३ वटा स्थानिय तहबाट ५४५, सल्लाहार परिषदबाट १५, जनवर्गिय संगठनहरुबाट ३९ जना र मनोनित प्रतिनिधि समेत गरी ७ सय १ जना प्रतिनिधि सहभागी हुने सापकोटाले बताउनुभयो।
साथै अधिवेशनमा पार्टीको राजनितिक तथा राजनैतिक तथा सांगठनिक प्रतिवेदन एमाले धादिङका अध्यक्ष भूमी त्रिपाठीले प्रस्तुत गर्ने उहाँले बताउनुभयो। यसैगरी अधिवेशनको प्रमुख अतिथि एमाले स्थायी कमिटिका सदस्य एवम केन्द्रिय लेखा आयोगका अध्यक्ष डा.पुष्पराज कँडेललाइ आमन्त्रण गरिएको प्रचार विभाग प्रमुख सापकोटाको भनाइ छ।
त्यस्तै यस ८ औं जिल्ला अधिवेशनमा खुलासभा नहुने र प्रतिनिधिहरू मात्रै सहभागी हुने एमाले धादिङका अध्यक्ष भूमी त्रिपाठीले बताउनुभयो । अधिवेशनले अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, उपसचिव २ सहित एक तिहाई महिला सहभागिता सुनिश्चित गर्दै समावेशीलाई समेटेर १०५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने अध्यक्ष त्रिपाठीले बताउनुभयो। सकभर सहमतिमै नेतृत्व टुङ्याउन पयत्न गरिने तर सहमति नजुटे चुनावी प्रक्रियाबाट नेतृत्व टुङ्याउने त्रिपाठीको भनाई छ।
भोलि हुने देशव्यापी जिल्ला अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले एकसाथ भर्चुअल उद्घाटन गर्नुहुने भएको छ।ओलीले पार्टी केन्द्रीय कार्यालयको एक्सन रूमबाट भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।केही हिमाली जिल्लाबाहेक अधिकांशमा भोलि जिल्ला अधिवेशन उद्घाटन हुने एमालेले जनाएको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |