काठमाडौं, २५ पुस
देशका तीनवटा प्रदेशमा आज वर्षा हुने भएको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज आइतबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार बाँकी प्रदेशका केही स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ ।
साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । वर्षा तथा हिमपात मंगलबारसम्म पश्चिम हुँदै पूर्वसम्म आइपुग्ने महाशाखाले जनाएको छ ।
चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभाववाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |