Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ जेष्ठ २१, मंगलबार १८ : २२ : १२
Logo Logo
अर्थ/ब्यापार
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१७ घण्टा अघि
२

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ दिन अघि
३

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

३ दिन अघि
४

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

३ दिन अघि
५

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

३ दिन अघि
६

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

४ दिन अघि
७

साझा प्रयासले कृषि क्षेत्रमा आएका चुनौतीहरुको सामना गर्न सकिनेछ : कृषिमन्त्री अधिकारी

४ दिन अघि
८

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

६ दिन अघि
९

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

६ दिन अघि
१०

लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीको लायन वर्ष २०२५–२६ को अध्यक्षमा विक्रम विश्वकर्मा चयन

१ हफ्ता अघि
११

मार्पाकमा “पाँचौं नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरीय हस्तलेखन प्रतियोगिता

१ हफ्ता अघि
१२

चिल्ड्रेनपार्क आवासीय माविमा नायक र सहनायकको निर्वाचन :मतगणना आइतबार मात्र

१ हफ्ता अघि

धेरै पढिएका

१

बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो

२ हफ्ता अघि
२

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ दिन अघि
३

धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

४ हफ्ता अघि
४

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

१ हफ्ता अघि
५

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

३ दिन अघि
६

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

४ दिन अघि
७

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

३ दिन अघि
८

धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

३ हफ्ता अघि
९

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

२ हफ्ता अघि
१०

नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

३ हफ्ता अघि
११

बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

३ हफ्ता अघि
१२

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

३ दिन अघि

रासायनिक मल किफायत गरी प्रयोग गर्न कृषकलाई आह्वान

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७८ पौष २५, आईतबार (३ साल अघि)
  • २२३ पटक पढिएको
रासायनिक मल किफायत गरी प्रयोग गर्न कृषकलाई आह्वान

काठमाडौँ, पुस २५ गते ।

सरकारले रासायनिक मलको अन्तर्राष्ट्रिय बजारमै अभाव र अत्यधिक मूल्यवृद्धि भएको जनाउँदै उपलब्ध मल किफायत (फारु) गरी प्रयोग गर्न कृषकलाई सुझाव दिएको छ । नेपालले मल आयात गर्दै आएका कयौँ मुलुकले कच्चा पदार्थ अभाव र आन्तरिक खपत देखाउँदै निर्यात गर्न नसक्ने भनेपछि मल अभाव हुनसक्ने पूर्वानुमान गरी उपलब्ध मल किफायत गरी प्रयोग गर्न आग्रह गरिएको हो ।

यद्यपि सरकारले अघिल्ला वर्षका तुलनामा यस वर्ष रासायनिक मल खरिदका लागि बजेट वृद्धि गरेको छ । अघिल्लो वर्ष रु. १३ अर्ब विनियोजन भएकामा यस वर्ष मलका लागि रु. १५ अर्ब छुट्याइएको थियो । रासायनिक मलको माग र आपूर्ति अवस्थाबारे जानकारी दिँदै मन्त्रालयका उपसचिव गङ्गादत्त आचार्यले भन्नुभयो, “यो वर्ष मल खरिदका लागि १५ अर्ब बजेट विनियोजन भएको छ, मुलुकभित्र रासायनिक मलको बिक्रीमूल्य यथावत् छ, खरिद मूल्य पोहोरको तुलनामा दोब्बरले बढेको छ ।”

रासायनिक मलमा मात्र भर नपर्न तथा प्राङ्गारिक मल प्रयोगमा बढवा दिन सुझाव दिँदै मन्त्रालयले रासायनिक मल एवं प्राङ्गारिक मलबीच सन्तुलन मिलाएर उत्तिकै खाद्यान्न उत्पादन वृद्धि गर्न सकिन्छ भन्नेमा ढुक्क हुन आश्वस्त तुल्याएको छ । अन्तर्राष्ट्रिय बजार मूल्य र अभावका कारण यस वर्ष पोहोरको भन्दा एक लाख मेट्रिक टन अर्थात् करिब तीन लाख मेट्रिक टनका लागि बोलपत्र आह्वान भएको छ । उक्त परिमाणको मल प्राप्त गर्न थप रु १३ अर्ब बजेट थप आवश्यक पर्नेछ । सरकारले हालसम्मकै वार्षिकरूपमा सबैभन्दा बढी अघिल्लो आर्थिक वर्ष चार लाख दुई हजार मेट्रिक टन रासायनिक मल आयात गरेको थियो ।

मुलुकमा वार्षिकरूपमा युरिया तीन लाख, डिएपी दुई लाख र पोटास २० हजार मेट्रिक टनको प्रभावकारी माग रहेको मन्त्रालयको भनाइ छ । अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा मुलुकको मलको माग धान्न करिब रु. ६० अर्बभन्दा बढी बजेट आवश्यक पर्ने छ । देशमा खासगरी धान, गहुँ, मकै, कोदो, उखु, चिया, तोरी र तरकारीका लागि मलको माग र खपत हुँदै आएको छ ।

मन्त्रालयले बालीनालीका लागि जति मल आवश्यकता पर्छ त्यति ल्याउन सकेको छैन । रासायनिक मलका लागि आवश्यक बजेट विनियोजन नहुने, ठेक्का समयमा नलाग्ने तथा लागिहाले पनि समयमा मल भित्र्याउन नसक्दा सिजनमा मल अभाव हुँदै आएको छ ।

अन्तर्राष्ट्रिय बजारबाट विभिन्न चरण पूरा गरेर ल्याउनुपर्ने भएकाले रासायनिक मल आयातमै पनि कतिपय व्यवधान छ । सामान्य अवस्थामा बोलपत्र आह्वानदेखि मुलुकभित्र मल आइपुग्न छ महिनाको अवधि लाग्छ । बाली लगाउने बेला (सिजन)मा समयमै माग भएको परिमाणमा मल दिन नसकेमा मल अभाव भएको मानिन्छ । धान, चिया, उखु र तरकारीलाई जेठदेखि असोज, गहुँ, उखु र तरकारीलाई कात्तिकदेखि पुस तथा चैतेधान, मकै र तरकारीलाई माघदेखि वैशाखसम्म आवश्यकतानुसार युरिया, डिएपी र पोटास मल चाहिन्छ ।

यस वर्ष साल्टट्रेडिङ कम्पनी लिमिटेडले एक लाख ९८ हजार र कृषि सामग्री संस्थानले एक लाख मेट्रिक टन रासायनिक मलका लागि ठेक्का गरेकाे छ । अपुग रकम अर्थ मन्त्रालयसँग माग भइसकेको छ । मन्त्रालयको रासायनिक मल आयातसम्बन्धी शाखाका निर्देशक आचार्य भन्नुहुन्छ, “अन्तर्राष्ट्रिय बजारमा मल अभाव छ, चीनले मल अभाव देखाउँदै मल निर्यात गर्ने भनेको छ, भारतमै पनि अभाव छ, उपलब्ध हुने सुनिश्चित कमजोर छ, मल पर्याप्त नभएकाले किफायत गरेर चलाउन कृषकलाई आह्वान गर्नुपरेको हो ।”

अहिले बोलपत्र भएन भने असारमा मल ल्याउन कठिन हुने जनाउँदै मन्त्रालयले केही दिनअघि संसदीय समितिलाई सबै कुरा सुनिश्चित भए बोलपत्र भएको मितिबाट मल खरिद गरी स्वदेश आइपुग्न करिब २९६ दिन लाग्ने जानकारी गराएको थियो । नेपालमा खासगरी चीन, भारत, मोरक्कोसहित खाडी मुलुकबाट ठेकेदारमार्फत मल गरिद गरी आयात गरिँदै आएको छ ।

मलको आवश्यकता सदाका लागि सम्बोधन गर्न मुलुकमै मल कारखाना स्थापनाका लागि अध्ययन भइरहेको जानकारी दिइएको छ । मल कारखाना स्थापनाका लागि आवश्यक कच्चा पदार्थका रूपमा ग्यास र विद्युत्को नियमित आपूर्तिको सुनिश्चिता हुनुपर्नेछ । कारखाना स्थापनाका लागि करिब रु. एक खर्ब २५ अर्ब बजेट लाग्ने पूर्वानुमान छ ।

सङ्घीय मन्त्रालय, प्रदेश र स्थानीय तहको समन्वयनमा रासायनिक मल अभावलाई सामना गर्न जैविक तथा प्राङ्गारिक मल प्रवर्द्धनात्मक कार्यक्रम अघि बढाउन लागेको जानकारी दिइएको छ । सरकारले हाल रासायनिक मलमा कृषकलाई प्रतिकिलो रु. १०० भन्दा बढी अनुदान दिँदै आएको छ । मुलुकमा सबैभन्दा बढी मल खपत प्रदेश नं २ मा हुने गरेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा हुन्छ । अनुदानको मल वितरण व्यवस्थापन निर्देशिकामा प्रत्येक स्थानीय तहले आगामी आर्थिक वर्षका लागि आवश्यक पर्ने अनुदानको रासायनिक मलको प्रकार र परिमाण खुलाई हरेक वर्ष माघ मसान्तभित्र प्रदेश कृषि मन्त्रालयमा पठाउने र सम्बन्धित प्रदेश मन्त्रालयले माग एकीकृत गरी फागुन मसान्तभित्र सङ्घीय मन्त्रालयमा पठाउने व्यवस्था छ ।

सो व्यवस्थानुसार चालु आव २०७८/७९ का लागि युरिया छ लाख ५२ हजार, डिएपी तीन लाख ६५ हजार र पोटास एक लाख ५८ हजार मेट्रिक टन मल माग भइआएको थियो । मन्त्रालयका अनुसार मलको माग र खपतलाई विश्लेषण गर्दा आवश्यक पर्ने जम्मा परिमाणको करिब ४० प्रतिशत मलखादको प्रभावकारी माग रहिआएको छ । रासायनिक मलको आयात प्रतिस्थापन गर्न सरकारले भकारो सुधारलगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

रासायनिक मल व्यवस्थापन : हालको अवस्था र भावी कार्यदिशाबारे जानकारी दिँदै मन्त्रालयले मलमा आत्मनिर्भर हुन जैविक तथा प्राङ्गारिक मल प्रवर्द्धनको खाँचो औँल्याएको छ । –रासस

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ/ब्यापार सम्बन्धि थप
  • neelkantha balmandir iso

    नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

  • lagu aausatha

    लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

  • bachar sang

    सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

  • cirket ko upathi neelkantha nagarpalika lai

    जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

  • समाचार
  • १

    नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय
    १७ घण्टा अघि

  • २

    लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ
    १ दिन अघि

  • ३

    सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग
    ३ दिन अघि

  • ४

    जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो
    ३ दिन अघि

  • ५

    धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण
    ३ दिन अघि

  • ६

    बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ
    ४ दिन अघि

  • ७

    साझा प्रयासले कृषि क्षेत्रमा आएका चुनौतीहरुको सामना गर्न सकिनेछ : कृषिमन्त्री अधिकारी
    ४ दिन अघि

  • ८

    बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त
    ६ दिन अघि

  • ९

    धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र
    ६ दिन अघि

  • १०

    लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीको लायन वर्ष २०२५–२६ को अध्यक्षमा विक्रम विश्वकर्मा चयन
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    २

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ३

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ४

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ५

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ६

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ७

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार
    ८

    आयुर्वेद तथा बैकल्पिक चिकित्सालय, धादिङको अध्यक्षमा बद्री प्रसाद कोइराला र सदस्यमा कृष्णराज अधिकारी मनोनित

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: dhadingsanchar@gmail.com

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution