नेकपा एमालेका नेता भीम रावलले नेपाली भूमि लिपुलेकमा सडक अघि बढाउनेबारे भारतीय प्रधानमन्त्रीको अभिव्यक्तिमा नेपाल सरकार मौन बसेको भन्दै आपत्ति जनाएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि लिपुलेकमा सडक अघि बढाउने सार्वजनिक अभिव्यक्ति दिँदा नेपाल सरकार किन मौन बसेको भन्दै उनले प्रश्न गरेका छन् ।
आइतबार राति ट्वीट गर्दै नता रावलले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली भूमि भएको अकाट्य प्रमाण रहेको उल्लेख गरेका छन् ।
उनले एमसीसी सम्झौताबारे प्रधानमन्त्री शेरबहादुर देउवा र केपी ओलीले वार्ता गर्ने तर देशको भूभाग अतिक्रमण परेकोबारे कुरा नगरेको भन्दै लज्जास्पद चरित्रको संज्ञा दिएका छन् ।
उनले भनेका छन्, ‘नेपालको लिपुलेकमा सडक अघि बढाउने भनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक भनाईमा नेपाल सरकार किन मौन? लिपुलेक,कालापानी र लिम्पियाधुरा नेपाली भूमि भएका अकाट्य प्रमाण छन्।एमसीसी सम्झौताबारे देउवा-ओली वार्ता गर्ने तर देशको भूभाग अतिक्रमणमा परेकोबारे कुरा नगर्ने, लज्जास्पद चरित्र!’
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |