बौद्ध धर्मावलम्बीले खोटाङको त्रि–धार्मिक स्थल हलेसीमा विश्व शान्ति पूजा गरेका छन् । विश्वभरका प्राणी जगतको सुख, शान्ति तथा दीर्घायुको कामना गर्दै बौद्ध धर्मावलम्बीले धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा सोमबारदेखि तीन दिनसम्म विश्व शान्ति पूजा गरेका हुन् ।
धर्मगुरु नाटा रिम्पोछे लगायत सय जनाभन्दा बढी बौद्ध धर्मगुरु लगायतले हलेसीको बसाहा गुफा नजिकै खेल मैदानमा पाल टाँगेर दैनिक पूजाआजा गरेका छन् । कोभिड–१९ को कहरका बीचमा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्दै हलेसीमा नवौं विश्व शान्ति पूजा गरिएको हलेसी विश्वशान्ति पूजा समितिका सचिव पासाङ ग्याल्जेन शेर्पाले बताए ।
धर्मगुरु नाटा रिम्पोछेबाट अभिषेक प्रदान गर्दै बुधबार विश्व शान्ती पूजा समापन गरिएको हो । कोभिडको महामारीका कारण केही वर्ष यता विश्व शान्ति पूजा हुन नसकेको जनाइएको छ ।
(क्याप्सन : हलेसीमा विश्व शान्ति पूजा गर्दै बौद्ध धर्मावलम्बी । तस्बिर : पासाङ ग्याल्जेन शेर्पा)
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |