काठमाडौं, १ माघ
योगाभ्यास र योगबारे जनचेतना जोगाउन सरकारले आज सातौँ राष्ट्रिय योग दिवस मनाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले ‘सर्वाङ्गीय विकासका लागि योग’ भन्ने नाराका साथ यसवर्ष योगाभ्यास र योगबारे जनचेतना जगाउन दिवस मनाउने भएको हो ।
विभागका निमित्त महानिर्देशक डा श्यामबाबु यादवका अनुसार कोरोना महामारीलाई मध्यनजर गर्दै यसवर्ष भने भर्चुअल रुपमा दिवस मनाइने छ । उनका अनुसार सातै प्रदेशमा भर्चुअलरुपमा योगाभ्यास र जनचेतनामूलक कार्यक्रम गर्ने जानकारी दिए ।
आइसोलेशनमा रहेका कोरोना संक्रमितलाई पनि योगाभ्यासमा सहभागी गराइने उनको भनाइ थियो ।
सरकारले २०७२ सालदेखि प्रत्येक वर्ष माघ १ गते योग दिवस मनाउन थालेको हो । यसवर्ष ‘सर्वाङ्गीय विकासका लागि योग’ भन्ने आर्दश वाक्यका साथ दिवस मनाउन थालिएको हो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |