Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ अषाढ १, आईतबार
Logo Logo
कृषि तथा उद्योग
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

२0 घण्टा अघि
२

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

१ दिन अघि
३

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

६ दिन अघि
४

“बच्छला सन्देश” पुस्तक विमोचन

६ दिन अघि
५

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
६

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

६ दिन अघि
७

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

१ हफ्ता अघि
८

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

१ हफ्ता अघि
९

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

१ हफ्ता अघि
१०

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ हफ्ता अघि
११

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
१२

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो

१ महिना अघि
३

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

३ हफ्ता अघि
४

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि
५

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

२ हफ्ता अघि
६

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
७

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

२ हफ्ता अघि
८

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

६ दिन अघि
९

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

४ हफ्ता अघि
१०

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

२ हफ्ता अघि
११

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

२ हफ्ता अघि
१२

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

२ हफ्ता अघि

रासायनिक उत्पादनसँग अर्गानिक उत्पादनलाई प्रतिस्पर्धा गर्नै मुस्किल

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७८ माघ ३, सोमबार (३ साल अघि)
  • ५२० पटक पढिएको
रासायनिक उत्पादनसँग अर्गानिक उत्पादनलाई प्रतिस्पर्धा गर्नै मुस्किल

झापा, ३ माघ

कमल-२ का कृषक नवराज पौडेलले अर्गानिक तरकारी उत्पादन सुरु गरेको तीन वर्ष भयो । गाउँपालिकाले दिएको परामर्शबाट अर्गानिक उत्पादनको महत्त्व थाहा पाएपछि उनी अर्गानिक उत्पादनमा लागेका हुन् ।

१३ कठ्ठा जमिनमा तरकारी खेती गर्छन्, उनी । काँक्रा, काउली, बन्दा, टमाटर, सागलगायतका तरकारी बाली लगाउँदै आएका छन् । ‘मैले लगाउने सबै तरकारी बाली अर्गानिक नै हुन्छ,’ उनी भन्छन्, ‘बरू नफलोस् तर, अर्गानिक खेती नै गर्छु । अर्गानिक खेती गर्न थालेपछि सन्तुष्ट छु ।’

पहिला रासायनिक मल लगाउँदाको भन्दा उत्पादन केही खस्किएको छ । तर, स्वाद भने आकाश जमिनको फकर छ । अर्गानिक खेती गर्दै आएका नवराजलाई रसायनिक तरकारीसँग बजारमा प्रतिस्पर्धा गर्न निकै कठिन छ । आफूले उत्पादन गरेको अर्गानिक तरकारी केर्खा बजारमा लगेर आफैँ बेच्ने भएका कारण पनि रासायनिक तरकारीसँग प्रतिस्पर्धाको अनुभव उनीसँग राम्रै छ ।

‘रसायनिक विषादीको मूल्य पनि कम छ । हेर्दा हलक्कै पनि देखिन्छ । एउटै प्रकृतिको विषादी पनि अर्गानिकका लागि दुई हजार पर्छ भने त्यही प्रकृतिको रसायनिक विषादी दुई सयमै आउँछ,’ उनी भन्छन्, ‘अर्गानिक मल बनाउन पनि झन्झटिलो छ । रसायनिक मल लगाउँदा हलक्कै बढ्छ । हेर्दा राम्रो पनि देखिन्छ ।’

बजारमा अर्गानिक उत्पादनको मूल्य केही महँगो छ । तर, उपभोक्ताले भने रासायनिक तरकारी देखाएर अर्गानिक पनि किन त्यतिमा नआएको भन्दै प्रश्न गर्ने गरेको उनी बताउँछन् । जसका कारण रासायनिक तरकारीसँग प्रतिस्पर्धा गर्न निकै मुस्किल भएको उनी बताउँछन् ।

उपभोक्तामा अर्गानिक प्रतिको चेतना खासै विकास नहुँदा बजारमा प्रतिस्पर्धा गर्न नै मुस्किल भएको पौडेल बताउँछन् । ‘अर्गानिक तरकारी अलिक शिक्षितले मात्र किन्छन् । उनीहरुले यसको महत्त्व बुझ्छन् । तर, अरू सबैमा अर्गानिक प्रतिको शिक्षा पुगेको छैन,’ उनी भन्छन्,‘धेरैले धेर्दा त रासायनिक राम्रो छ । यसको किन धेरै मूल्य भयो भनेर बार्गेनिङ गर्छन् । जसका कारण हामीलाई बजारमा प्रतिस्पर्धा गर्न निकै मुस्किल छ । अर्गानिकको महत्त्व मात्र बुझ्ने हो भने हामीलाई धेरै सहज हुने थियो । अर्गानिक उत्पादनको महत्त्व बझुाउन राज्यले नै विशेष शिक्षा दिनुपर्ने आवश्यकता छ ।’

सरकारले अर्गानिक उत्पानदनका लागि छुट्टै बजारको व्यवस्था गरिदिए अर्गानिक उत्पादक कृषकलाई केही सहज हुने उनी बताउँछन् । झापामा अर्गानिक उत्पादनमा फड्को मारेको संस्था हो, दमक-३ को मानसरोवर कृषि सहकारी संस्था । यो संस्थाले अर्गानिक उत्पादनमा आफ्नो छुट्टै पहिचान बनाएको छ । पछिल्लो समय उपभोक्तामा अर्गानिक उत्पादनप्रति केही आकर्षण बढेको बताउँछन् संस्थाका अध्यक्ष, विश्वनाथ बराल । तर, रसायनिक उत्पादनसँग प्रतिस्पर्धा गर्न अझै केही मुस्किल रहेको उनको बुझाइ छ ।

‘अहिले अर्गानिक उत्पादन नै प्रयोग गर्नुपर्छ भन्ने त भएको छ । तर, रासायनिक उत्पादनसँग प्रतिस्पर्धा गर्न सबै हिसाबले गाह्रो छ । अर्गानिक मल उत्पादनमा उतिकै खर्च हुन्छ । जुन सरसायनिकमा हुँदैन,’ उनी भन्छन्, ‘त्यही कारण अर्गानिक उत्पादन केही महँगो पर्न पनि जान्छ ।’

अर्गानिक उत्पादन सुरु गर्ने बितिकै उत्पादनमा पनि केही ह्रास आउने बराल बताउँछन् । विगत लामो समययता प्रयोग हुँदै आएको रसायनिक मलले विरुवाका लागि चाहिने प्रांगारिक तत्व नै मरिसकेको उनले बताए । ‘विरुवालाई चाहिने १६ वटा खाद्य पदार्थ वर्षौँदेखि विषको प्रयोगले नस्ट भएको छ । विरुवालाई चाहिने जिवाणु विकास गर्न लामो समय लाग्छ । माटोमा खाद्य तत्व छैन । माटो सुधार्न तीन/ चार वर्ष लाग्छ,’ उनले भने, ‘माटो सुधारिएपछि ठूलो उत्पादन हुन्छ । विरुवा र फल राम्रो हुन्छ । अहिले तत्काल खोज्नेका लागि त गाह्रो छ । अहिले त माटो सुधार गर्दा उत्पादन पनि केही कम छ ।’ ठूलो परिणाममा अर्गानिक उत्पादन गर्दा बजारमा प्रतिस्पर्धा गर्न निकै मुस्किल पर्ने उनी बताउँछन् । मल उत्पादन महँगो हुने भएकाले अर्गानिक उत्पादनको मूल्य पनि महँगो हुने उनले बताए ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
कृषि तथा उद्योग सम्बन्धि थप
  • rojagar mela

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

  • netrabati dabong gaupalikama education

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

  • neelkantha nagrpalika

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

  • bachhala sandesh

    “बच्छला सन्देश” पुस्तक विमोचन

  • समाचार
  • १

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला
    २0 घण्टा अघि

  • २

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
    १ दिन अघि

  • ३

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    ६ दिन अघि

  • ४

    “बच्छला सन्देश” पुस्तक विमोचन
    ६ दिन अघि

  • ५

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    ६ दिन अघि

  • ६

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    ६ दिन अघि

  • ७

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    १ हफ्ता अघि

  • ८

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    १ हफ्ता अघि

  • ९

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    १ हफ्ता अघि

  • १०

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution