Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ जेष्ठ २७, सोमबार १९ : ५६ : १६
Logo Logo
खेलकुद
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

६ घण्टा अघि
२

“बच्छला सन्देश” पुस्तक विमोचन

६ घण्टा अघि
३

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

७ घण्टा अघि
४

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

१६ घण्टा अघि
५

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

२ दिन अघि
६

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

३ दिन अघि
७

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

३ दिन अघि
८

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

५ दिन अघि
९

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

६ दिन अघि
१०

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
११

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

१ हफ्ता अघि
१२

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो

३ हफ्ता अघि
३

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

२ हफ्ता अघि
४

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

१ हफ्ता अघि
५

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

१ हफ्ता अघि
६

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

६ दिन अघि
७

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

१ हफ्ता अघि
८

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

३ हफ्ता अघि
९

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

१ हफ्ता अघि
१०

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

१ हफ्ता अघि
११

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

१ हफ्ता अघि
१२

लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीको लायन वर्ष २०२५–२६ को अध्यक्षमा विक्रम विश्वकर्मा चयन

२ हफ्ता अघि

नेपालले विश्वकप खेल्दा क्रिकेट सुरु गरेका लोकेशको राष्ट्रिय टोलीसम्मको यात्रा…

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७८ माघ ६, बिहिबार (३ साल अघि)
  • २७० पटक पढिएको
नेपालले विश्वकप खेल्दा क्रिकेट सुरु गरेका लोकेशको राष्ट्रिय टोलीसम्मको यात्रा…

काठमाडौं, ६ माघ

विभागीय एपीएफ क्लबबाट टी-२० प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्दै गर्दा लोकश बमले सोचेका पनि थिएनन्, राष्ट्रिय टोलीको यात्रा । अर्काे विभागीय टाेली आर्मीबाट करारमा एपीएफ आएपछिको पहिलो खेलमा प्रदर्शन राम्रो पनि भएन । उमेरले अपरिपक्व देखिएका लोकशले मैदानमा भने आफूलाई धैय गर्दै परिपक्व भएको प्रमाणित गरिदिए ।

अनुभवी खेलाडीसरह लोकशले आफूलाई प्रस्तुत गरे । आक्रामक ब्याटर लोकेशले हिजो (बुधबार) सम्पन्न प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई उपाधि दिलाए । टोलीको सफलता र आफ्नो उत्कृष्ट प्रदर्शनसँगै राष्ट्रिय टोलीको ढोकासमेत खेले ।

यसअघि ३० सदस्यीय प्रारम्भिक प्रशिक्षणमा स्थान बनाउन नसकेका लोकेश बम प्रधानमन्त्री कप सकिएको भोलिपल्टै टोलीको अन्तिम १६ सदस्यीय टोलीमा स्थान बनाउन सफल भए । श्रीलंकन नागरिकसमेत रहेका राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुवुदु दासानायकेले आफ्नो रणनीतिमा लोकेशलाई योग्य देखे ।

यससँगै लोकेशले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाए । धनगढीका १९ वर्षीय ब्याटर लोकेशलाई प्रधानमन्त्री कपको सेमिफाइनलमा पूर्वक्लब आर्मीविरुद्ध आक्रामक ब्याटिङ गर्दै १८ बलमा ५० रन बनाउँदासम्म राष्ट्रिय टोलीको ढोका खोलिन्छ कि भन्ने लागेको थिएन । तर सोही खेलका कारण उनलाई राष्ट्रिय टोली नै नभए पनि क्याम्पसम्म कतै ‘कल’ हुन्छु कि भन्ने चहि पक्कै लागेको थियो ।

‘सेमिफाइनलभन्दा अगाडि टिममा पर्छु हाेला भन्ने लागेको थिएन । सेमिफाइनलमा जुन रन हाने, त्यसपछि मनमा थियो । राष्ट्रिय टोलीमा नभए पनि क्याम्पसम्म आउँछु कि भन्ने थियो,’ राष्ट्रिय टोलीमा स्थान बनाएपछि न्युज कारखानासँग खुसी साट्दै लोकेश भन्छन् ।

लोकेश सेमिफाइनलमा चौथो नम्बर ब्याटरको रूपमा आएर १८ बलमा अविजित ६६ रन बनाए । आक्रामक ब्याटिङ गरेका लोकेशले दुई चौका र नाै छक्का हिर्काए । यसअघि समूह चरणको खेलमा बागमतीविरुद्ध २४ बलमा ५० रन बनाए । जहाँ उनले १० चौका र एक छक्का प्रहार गरे ।

यो दुई अर्धशतकीय इनिङले नै लोकेशको भाग्य चम्कियो । प्रतियोगतामा लोकेश सर्वाधिक रन हान्ने खेलाडीमा छैटौं स्थानमा रहे । ६ खेल खेलेका उनले दुई खेलमा अविजित रहँदा १५२ रन बनाए । ६ खेलमा औसत ३८ रन बनाएका उनको सर्वाधिक रन ६६ हो । जहाँ दुई अर्धशतक प्रहार गर्दा १३ चौका र १३ छक्का प्रहार गरे । जसकारण उनी पहिलोपटक राष्ट्रिय टोलीमा परे ।

यता, लोकेशको प्रदर्शनबाट एपीएफसमेत दंग थियो । कप्तान शरद भेषवाकरसमेत लोकेशलाई ल्याउन सहमित दिए । एक प्रकारले शरद र एपीएफ सिंगो टिम लाेकेशको सफलतामा खुसी छ । ‘लाेकेश राम्रो खेलाडी हो । एपीएफलाई विश्वास गरेर आयो । हामीे ‘लक्की’ भयौं । यस्तो खेलाडीबाट च्याम्पियन भयौ । यसलाई क्लबमा ल्याउन कप्तान शरदको पनि हात रह्यो र क्लबका ल्यायौं । राष्ट्रिय टोलीबाट उसको राम्रो होस् भन्ने कामना छ,’ एपीएफ क्लबका व्यवस्थापक अमित मल्ल भन्छन् ।

लोकेश पहिलोपटक राष्ट्रिय टोलीमा पर्दा स्वाभाविक रूपमै खुसी भएको र दबाब भए पनि आगामी दिनमा कसरी खेल्ने त्यसतर्फ ध्यान दिने बताउँछन् । ‘राष्ट्रिय टोलीमा पर्छु भन्ने थिएन । बिहान नाम हेरेर थाहा पाएँ । राम्रो गरेको थिएँ । टोलीमा राख्छन् कि भन्ने थियो । राखेछन्,’ लोकेश भन्छन्, ‘टिममा परेपछि खुसी हुनु त स्वाभाविक हो । अलिकति दबाब पनि छ । टिममा पर्दा उत्साहित पनि छु । कसरी राम्रो गर्ने भनेर सोचिरहेको छु ।’

धनगढीका लोकेशले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा विश्वकप खेल्दा नेपाली टोलीको खेल हेरेका थिए । तत्कालीन समयका प्रशिक्षक यिनै पुवुदु हुन्, जसले लोकेशलाई पहिलोपटक आफ्नो नजर लगाएका छन् ।

नेपालले टी-२० विश्वकप खेलेको त्यही पहिलो अवसर थियो । जुन खेल हेरेरै लोकेशले आफ्नो खेल करियर अगाडि बढाएका थिए । लोकेशको पहिलो गुरु हुन् दीपेन्द्र चौधरी । जसले लोकसलाई पहिलोपटक ब्याट समात्न सिकाए । चौधरीकै सिकाइले लोकेश आक्रामक ब्याटर भएर राष्ट्रिय टोलीमा पुगेका छन् ।

‘मैले क्रिकेट सुरु गरेको नै नेपाल विश्वकपमा छनोट भएपछि, खेल हेरेर हो । त्यसपछि धनगढीमा दीपेन्द्र चौधरी सर आउनु भयो । उहाँले मलाई क्षमता देखेर बोलाए । उहाँबाट सिको गर्दै यू-१९ टोली पनि खेले । र, अहिले राष्ट्रिय टोलीमा परे । अहिले पनि मैले सरसँग (दीपेन्द्र) हेल्प मागिरहेका हुन्छु,’ आफ्नो बाल्याकालको गुरुलाई सम्झँदै लोकेश भन्छन् ।

लोकेशले अहिले नेपालको उमेर समूह यू-१९ टोलीबाट समेत खेलिसकेका छन् । यसअघिको प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिता आर्मीबाट खेले । पोखरा प्रिमियर लिग (पीपीएल) विराटनगर टाइटन्सबाट खेले । तर कुनै पनि प्रतियोगितामा आफूलाई प्रमाणित गर्न सकेनन् । प्रयास जारी राखे । मिहिनेत  गरिरहे । हार खाएनन् । गुमाउनु केही थिएन । पाउनु धेरै थियो । यही प्रधानमन्त्री कपमा आफूलाई सिद्ध गरे ।

‘मैले आफूलाई क्षमतावान देखाउनु थियो । जसरी हुन्छ रन हान्नुपर्ने थियो । भयो पनि त्यही आर्मीभन्दा अघि पिपिएल (विराटनगर टाइटन्स)बाट खेले । आर्मीबाट पीएम कप खेले । त्यहाँ कहिले पनि राम्रो हुन सकेन । एपीएफ आएपछि सफलता हासिल गरे,’ लोकेश आफ्नो सफलता सुनाउँछन् ।

यससँगै अब लोकेशका ध्यान ओमानमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोटमा हुनेछ । १७ देखि २४ फेब्रुअरीसम्म आयोजना हुने प्रतियोगितामा नेपालले समूह ‘ए’ मा आयोजक ओमान सहित फिलिपिन्स, क्यानडा, यूएई, बहराइन, आयरल्याण्ड र जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ । जहाँ लोकेशले आफूलाई प्रमाणित गर्नुपर्छ र राष्ट्रिय टोलीमा निरन्तरता पाउनेछन् । जुन लोकेशले समेत बुझेका छन् । त्यसअघि लोकेश प्रशिक्षक पुबुदुको सेटमा पर्नुपर्नेछ । ‘टिमको सेटमा स्थान पाउने वा नपाउने त्यो मेरो हातमा छैन । कोचको हातमा हुन्छ । उहाँले हेरेर निर्णय लिनुहुन्छ । अवसर पाए आफुलाई प्रमाणित गर्छु,’ उनले भने ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • neelkantha nagrpalika

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

  • bachhala sandesh

    “बच्छला सन्देश” पुस्तक विमोचन

  • siddalekh gaupalika 2

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

  • sahayatree samaj

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

  • समाचार
  • १

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    ६ घण्टा अघि

  • २

    “बच्छला सन्देश” पुस्तक विमोचन
    ६ घण्टा अघि

  • ३

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    ७ घण्टा अघि

  • ४

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    १६ घण्टा अघि

  • ५

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    २ दिन अघि

  • ६

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    ३ दिन अघि

  • ७

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    ३ दिन अघि

  • ८

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    ५ दिन अघि

  • ९

    नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय
    ६ दिन अघि

  • १०

    लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: dhadingsanchar@gmail.com

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution