काठमाण्डौ,०७ माघ।
आज पनि मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ ।
आज पहाडी क्षेत्रका धेरै ठाउँमा सिमसिम पानी पर्ने मौसमविद् शान्ति कँडेलले बताउनुभयो। दिउँसो केहीबेर घाम देखिए पनि फेरि बादल लाग्ने उहाँले बताउनुभयो।अहिले प्रदेश–१ र वाग्मती प्रदेशका केही ठाउँमा हल्का पानी परिरहेको छ भने उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भइरहेको छ ।
यस्तै, राति पनि देशका एक/दुई ठाउँमा हल्का पानी पर्ने छ भने उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात हुने सम्भावना छ । पश्चिमी वायुको प्रभावका कारण भोलि र पर्सि पनि मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् ।
हल्का वर्षा र बादलका कारण देशभरको अधिकतम तापक्रम घटेको छ । अधिकतम तापक्रम अझै घट्ने मौसमविद् शान्ति कँडेलले बताउनुभयो । मौसम बद्ली भइरहेकाले न्यूनतम तापक्रम भने घटेको छैन । तर अधिकतम तापक्रम घट्दा पनि चिसो बढ्छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |